उदाउँदो सूर्यलाई अर्घ दिएर नेपालगन्जमा छठ पर्व सम्पन्न
स्थानीय बागेश्वरी मन्दिरको प्रसिद्ध तलाउ किनारमा मङ्गलबार बिहानै पुजन सामग्रीसहित सयौंको सङ्ख्यामा भेला भएका महिला र पुरुषहरुले उदाइरहेको सूर्यलाई अर्घ दिएर चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ सम्पन्न गरेका छन् ।
दाङमा दसैँतिहारमा १२ लाखसहित ८८ जुवाडे पक्राउ
दसैँतिहारको बीचमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी जुवा खेल्दै आएका ८८ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ११ लाख ८६ हजार रुपियाँ बरामद गरेको छ ।
उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व समापन
नेपालको पूर्वी जिल्लामा एक दशक अघिसम्म सिमित रहेको छठ पर्व अहिले छठ समावेशी, एकता र सदभावको पर्व बन्दै गएको छ ।
तराई–मधेशमा छठ पर्वको भव्य समापन
लोकआस्थाको महान् पर्व छठ मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिएर तराई–मधेश क्षेत्रमा भव्यताका साथ समापन भएको छ ।
उद्योग बन्द, मजदुर कामविहीन
तिहारको भोलिपल्ट देशभर घर घरमा उज्यालो थियो । रुपन्देहीका उद्योगमा भने अन्धकार छायो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि विद्युत् काटेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा उद्योग बन्द भएका छन् ।
ट्रकको ठक्करबाट बालिकाको मृत्यु
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
तिहारमा ३० जुवाडे पक्राउ, १७ लाख बरामद
बाँकेमा तिहार अवधिभर जुवा खेलिरहेका ३० जना जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
तोडफोडमा संलग्नलाई कारबाही गरिनुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।
सुनवल महोत्सवमा महिला उद्यमीलाई निःशुल्क स्टल
पश्चिम नवलपरासीको सुनवलमा आयोजना गरिएको पाँचौं सुनवल महोत्सवमा महिला उद्यमीका उत्पादनलाई प्राथमकिता दिइने भएको छ ।
तुलसीपुरमा अझै ७६ कैदीबन्दी फरार
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७६ कैदीबन्दीहरु अझै फरार रहेका छन् ।
पहेँलपुर धानखेत
गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारस्थित परूवाफाँटमा पाकेर काट्न तयार भएको पहेँलपुर धानखेती ।
मृगौला पीडित गायक निर्मोहीलाई आर्थिक सहयोग
दुबै मृगौला फेल भएर थला पर्नु भएका वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई उपचार सहयोगार्थ एक लाख ७१ हजार २११ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ।
बबई नदी पुल : निर्माण सकिने बेला तिस प्रतिशत काम
निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणको काम सम्पन्न हुने अवधिसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । नेत्रलाल मार्ग अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदीमा पुल निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको म्याद सकिन १० दिन मात्र बाँकी रहँदा पुलको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत मात्र भएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ ।
ज्यान जोखिममा हालेर नदी वारपार
बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा बर्सौंदेखि ज्यान जोखिममा राखेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् । राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी वारपार गर्नुपर्ने हुन्छ । सीमापारि भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले पनि तीन पालिकाका स्थानीयले डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ
धर्म निरपेक्षताले सबै पर्वलाई सम्मान गर्यो : सभामुख घर्ती मगर
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले “विभिन्न चाड पर्वले नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभएको छ ।
मन्त्रिपरिषदको निर्णय नै मान्दैनन् गुल्मीका स्थानीय तह
नेपाल सरकार मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय, अर्थमन्त्रालयको ७ गते र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई गुल्मीका स्थानीय तहहरुले कार्यान्वयनमा ढिलासुस्ती गरेका छन् ।
छठ पर्वले समानता र एकताको सन्देश बोकेको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
सस्तोमा धान बेच्दै किसान
व्यापारीले धानको मूल्य नदिएपछि बर्दियाका किसान सस्तोमा बेच्न बाध्य भएका छन् । सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा एक हजार रुपियाँ कम मूल्यमा किसानले धान बेच्न बाध्य छन् ।
प्रियासनको उपन्यास ‘कालो मन’ सार्वजनिक
पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२ औं कृति ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
रेन्जर धिताल र पत्रकार शाही कुटिए
बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जप्रति राप्ती सोनारी गाउँपालिकाका स्थानीय आक्रोशित भएका छन् ।
गुल्मीमा कफीको जातीय परीक्षण
गुल्मीमा पहिलो पटक कफीको जातीय परीक्षण गरिएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिद्वारा ३८ जातमा कफीको जातीय परीक्षण गरेको हो।
भैरहवामा ६ महिनापछि अन्तर्राष्ट्रिय उडान सुरू
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज थाई एयर एसियाको जहाज १७ यात्रु बोकेर अवतरण भएको छ।
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ ।
जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित
राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।