दस प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न नगरपालिकाको निर्देशन
नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्था तथा सबै अस्पताललाई बिरामीलाई उपचार गर्दा १० प्रतिशत अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन गरेको छ ।
बर्दियाको जब्दीघाट पुल मर्मत नहुँदा स्थानीयलाई सास्ती
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भासिएको लामो समयपछि पनि मर्मत सम्भार वा पुननिर्माण नहुँदा सो क्षेत्रका सयौं सर्वसाधारणले ठुलो सास्ती खेप्नु परेको छ ।
बाँके कुष्ठरोगको जोखिममा
कुष्ठरोगको उपचारमा सक्रिय बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०-०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।
सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान
गुल्मीको धुर्कोट गाउँपालिका–२ पीपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुर्ख्याैली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
मुख्यमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतको भेट
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दैआएको सहयोगको बारेमा छलफल भएको बताइएको छ ।
रानीमहल जोखिममा
कालीगण्डकी नदीको धारले ऐतिहासिक रानीमहल दरबारको जगलाई निरन्तर कटान गरेको छ । कालीगण्डकी नदीको धार रानीमहल ठडिएको जगतर्फ सोझिँदा रानीमहल दरबार जोखिममा परेको सरोकारवालाको चिन्ता छ ।
सुपादेउरालीको भेटी सामाजिक काममा
सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ ।
बसाइँसराइले रित्तिँदै गाउँ
बसाइँसराइको लहर चल्दा गाउँघर नै रित्तिँदै जान थालेका छन् ।
तोरी फुलेर पहेँलै काउलेगाउँ
गढीलेकको काखमा अवस्थित करीव एक सय घरधुरीको बसोबास रहेको दाङको घोराही उपमहानगरपालिका(१ स्थित तोरी फुलेर पहेँलै देखिएको काउलेगाउँ ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
दुर्घटनामा दुईको मृत्यु
पाल्पामा पिकअप जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका –१, सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुन रहनुभएको छ ।
पोखरीमा १० हजार माछाका भुरा छाडिए
वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसाथ विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सैनामैना नगरपालिका –४ मा रहेको १२ बिघा पोखरीमा १० हजार माछाका भुरा छाडएका छन् ।
हडियाबाबा मेलामा भक्तजनको आकर्षण
नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रममा जारी हडियाबाबा मेलामा भक्तजनको आकर्षण बढ्दै गएको छ ।
सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडकको मर्मत
सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडक मर्मतसुधार भइरहेको छ । कालोपत्रे सडकमा परेको ठुला–ठुला खाल्टाखुल्टी टाल्ने काम गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
टिमुरबाट राम्रो आम्दानी
नौबहिनी गाउँपालिका–७ फोप्लीका कमल पुनमगरले यो वर्ष झन्डै पाँच मुरी टिमुर बेच्नुभयो । आफ्नै निजी खरबारीमा लगाएका टिमुर बेचेर ८० हजार रुपियाँ आम्दानी गर्नुभएको छ । उहाँले बर्सेनि टिमुर विक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
सोह्रसय बालबालिकाले स्वर्णप्राशन सेवा
बालबालिकाको मानसिक क्षमता बढाउने आयुर्वेद चिकित्सा पद्धति स्वर्णप्राशन एकै दिन सोह्रसय बढी बालबालिकाले सेवा लिएका छन् ।
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो ।
ट्रक दुर्घटनामा चालक घाइते
पाल्पामा ट्रक दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्याङ्जाको गल्याङ् –८ का २४ वर्षीय सन्दिप सुनारी रहनुभएको छ ।
सामुदायिक विद्यालयका पन्ध्र विद्यार्थीले एकै पटक निकाले एमबिबिएसमा नाम
बुटवल उपमहानरपालिका–१० मा अवस्थित सामुदायिक विद्यालय कालिका मानविज्ञान माध्यमिक विद्यालयका १५ जना विद्यार्थीले एकै पटक एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
सम्बन्धविच्छेद बढ्दा अभिभावकविहीन बन्दै बालबालिका
पाल्पामा पछिल्ला वर्षमा श्रीमान्/श्रीमतीबिच सम्बन्धविच्छेद गर्ने क्रम बढेको छ ।
मानसिक स्वास्थ्य समस्या समाधान गर्न कार्ययोजना तयार
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ ।
अनलाइन जुवा सञ्चालन गरेको अभियोगमा पक्राउ
अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रुपन्देहीले १४ जनालाई पक्राउ गरेको छ ।
भारतीय मलको भरमा कृषक, गहुँ खेतीका लागि डिएपी अभाव
धान भित्र्याएर गहुँ छर्र्ने बेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषकले भारतीय मलको भरमा खेती गर्दै आएका छन् ।