बुटवल पावर कम्पनीको सेवामा उपभोक्ताको गुनासो
रामपुर नगरपालिकाका सरोकारवालाले बुटवल पावर कम्पनी (बिपिसी) लाई विद्युत् सेवाको गुणस्तर सुधार गर्न आग्रह गरेका छन् । विद्युत् महसुल दर, भोल्टेजस्तर, प्रसारण लाइनमा देखिएको समस्याको विषयमा भएको छलफलमा सहभागीले गुणस्तर तत्काल सुधार गर्न माग गरेका हुन् ।
वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।
दाङ जिल्ला आइटिएफ तेक्वान्दो सङ्घमा पुन: थापा
दाङ जिल्ला आईटिएफ तेक्वान्दो सङ्घको अध्यक्षमा पुनः भीमबहादुर थापा चयन हुनुभएको छ ।
रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह
जिल्ला प्रशासन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । सडक राजमार्गमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने, ढुङ्गा खस्न सक्ने र सुख्खा पहिरो समेत गई यात्रु र सवारी साधनमा क्षति हुनसक्ने सम्भावना भएकाले प्रशासनले रात्रिकालीन सवारी सञ्चालन नगर्न आग्रह गरेको हो ।
कोहलपुर चौराहमा जनावरको मूर्ति
बाँके राष्ट्रिय निकुञ्जको प्रचार–प्रसार तथा प्रवर्धनका लागि बाँकेको कोहलपुर चौराहमा विभिन्न जङ्गली जनावरको मूर्ति स्थापित गरिएको छ ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
बर्दियामा डेङ्गुको बिरामी बढ्दै
स्वास्थ्य कार्यालय बर्दियाले, बर्दियामा गत वर्षको तुलनामा यस वर्ष डेङ्गु, कालाजार, स्क्रबटाइफसजस्ता रोगहरू बढ्दै गएको जानकारी गराएको छ ।
भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब
चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाका हुँदै भटमासको कच्चा तेल ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ ।
मध्यवर्ती क्षेत्र समिति अध्यक्षमा आचार्य
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा हेमन्तप्रसाद आचार्य निर्वाचित हुनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ११ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो ।
धमाधम लालपुर्जा वितरण गर्दै आयोग
भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि लालपुर्जा वितरण गर्ने काम तिव्र पारेको छ ।
सडक र चोकमा फेरि बढ्दै छाडा चौपाया
नेपालगन्जका विभिन्न मुख्य सडक र चोकहरूमा अहिले फेरि छाडा चौपायाको सङ्ख्या दिनदिनै बढ्न थालेको छ । सहरका अधिकांश मुख्य चोक र सडकमा अहिले फेरि छाडा घोडा, खच्चर र गाई गोरुको उपस्थिति बढ्दै गएको हो ।
जालसाजी गरेर जग्गा बिक्री
दाङमा सहकारीलाई भाडामा दिएको जग्गा जालसाजी गरेर बिक्री भएको छ । घोराही उपमहानगरपालिका–१४, सरस्वती टोल निवासी ६६ वर्षीय मुलजिता रोकाको नाममा
पहिरोले जोखिममा राजमार्ग
पाल्पाको तिनाउ–५, चर्चरेनजिकै गएको पहिरो व्यवस्थापन नहुँदा सो क्षेत्रको सिद्धार्थ राजमार्ग जोखिममा परेको छ । डेढ वर्षअघिदेखि चर्चरेनजिकै डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनको काम नहुँदा सडक एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ ।
सुनवल रोजगार शाखाद्वारा ७७ जनालाई रोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ ।
मासु पसल अनुगमन : भेटियो अस्वस्थ्यकर मासु
पश्चिम नवलपरासीको सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालित विभिन्न मासु पसलहरूमा गरिएको अनुगमनको क्रममा अस्वस्थ्यकर मासु भेटिएको छ ।
फरक क्षमताका नागरिकलाई सहायता
रामपुर नगरपालिकाले फरक क्षमता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराएको छ । नगरभित्रका ५९ जना फरक क्षमताका नागरिकलाई अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा सामग्री प्रदान गरेको हो ।
पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण
पाल्पाका ८ सय परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ ।
बाँकेमा ४४ प्रतिशत रोपाइँ
बाँके जिल्लामा ४४ प्रतिशत रोपाइँ भएको छ। पानीको अभावले असार १५ सम्म ११ प्रतिशत मात्र रोपाइँ भएको यो जिल्लामा केही दिन निरन्तर वर्षा भएपछि हालसम्म ४४.६ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले जानकारी दिनुभयो।
'खानेपानी योजना समयमै सम्पन्न हुन्छ'
लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले अधुरा र अलपत्र परेका खानेपानी योजनालाई प्राथमिकता दिएर निर्माण सम्पन्न गरिने बताउनुभएको छ ।
भूमिहीनहरूलाई लालपुर्जा वितरण
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आज पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ मा ६७ जना भूमिहीनलाई लालपुर्जा वितरण गर्नुभएको छ ।
थारू भाषाको पाठ्यपुस्तक निर्माण
घोराही उपमहानगरपालिकाले कक्षा तीनको लागि थारू भाषा पाठ्यक्रम निर्माण गरेको छ ।
लालपुर्जा वितरण गर्ने तयारी
बाँके जिल्लाका ५३ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ ।
बाल सुधारगृहमा अङ्ग्रेजी भाषा
एडभोकेसी फोरम नेपालले नौबस्ता बाल सुधारगृहसँगको सहकार्यमा विगत दुई महिनादेखि सञ्चालन गर्दै आएको तीनमहिने अङ्ग्रेजी भाषा सिकाइ कक्षा प्रभावकारी एवं उपयोगी भएको भाषा सिक्दै गरेका कानुनी विवादमा परेका बालकले बताएका छन् ।
असहज अवस्थामा पनि उत्कृष्ट नतिजा
गुल्मी सत्यवती गाउँपालिका–५ का अर्जुन भण्डारीलाई करिब आधा घण्टा हिँडेर सत्यवती माध्यमिक विद्यालय पुग्नु पथ्र्यो ।