स्वर्गद्वारी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित
जिल्लाका पाँच वटा क्याम्पसमध्ये एउटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ भने चार वटा क्याम्पसमा मतदान चलिरहेको छ ।
बाँकेका तीन क्याम्पसमा मतदान सुरु, एकमा निर्वाचन स्थगित
बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ ।
दाङमा मकै उत्पादन बढ्यो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् ।
बबई नदी र घुस्रा गाउँ
दाङ, चैत ५ गते । दाङको घोराही उपमहानगरपालिका–७ स्थित घुस्रा गाउँ, बबई नदी र आसपासको भूभाग । तस्बिरः रासस
गुइँठाले धानेको चुल्हो
रुपन्देहीको ग्रामीण क्षेत्रका अधिकांश स्थानमा खाना पकाउनका लागि गोबरको गुइँठा प्रयोग गर्ने गरिएको छ । जिल्लाका सबैजसो पालिकाका ग्रामीण क्षेत्रका कतिपय नागरिकले अहिले पनि खाना पकाउने इन्धनको रूपमा गोवरको गुइँठाको प्रयोग गर्ने गरेका छन् ।
फोटो प्रदर्शनीमा महिला योगदानको चर्चा
फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालको इतिहासमा महिलाहरुले दिएको योगदानको चर्चा समेटिएको प्रदर्शनी हेर्न अहिले सर्वसाधारणको चासो बढेको छ ।
नवलपरासीमा चिनी मिलले पैसा नदिएपछि किसान मर्कामा
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईन्डिष्ट्रिज प्रालिले उखु खरिद बापतको ५ करोड बढि रकम भुक्तानी नदिएपछि किसानहरु मर्कामा परेका छन् ।
छ वर्षमा पनि बनेन पाँच सय मिटरको सडक
नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नति सुरु भएको करिब ६ वर्ष बिते पनि अहिलेसम्म निर्माणको काम पूरा हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका सवइञ्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्नेगरी ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्छ : डा. भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्ने बताउनुभएको छ ।
पिएम कपमा लुम्बिनीको चौथो जित
प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले पिएम कपमा चौथो जित हासिल गरेको छ ।
६४ लाख बढी रुपियाँको अवैध सामान बरामद
कपिलवस्तुको नेपाल–भारत सीमाबाट एक महिनामा ६४ लाख बढीका राजस्व छलेर ल्याएका सामग्री बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुको टोलीले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्दा विभिन्न अवैध सामग्री पक्राउ परेको हो ।
बस दुर्घटनामा १४ जना घाइते
घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदैगरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर –१७ र १८ नम्बरको सिमानामा पर्ने बेल्झुण्डीनजिक मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा
नवलपरासी पश्चिममा चैत ७ गते बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जानकारी दिएको छ ।
पिएम कपमा लुम्बिनीद्वारा मधेश प्रदेशलाई १५९ रनको मध्यम लक्ष्य
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आज टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएर मधेश प्रदेशलाई १५९ रनको विजयी लक्ष्य दिएको हो ।
गुल्मीमा एसइई दिने विद्यार्थी सङ्ख्या वृद्धि
गुल्मीमा निरन्तर तीन वर्ष ओरालो लागेको एसइई दिने विद्यार्थीको सङ्ख्या यस वर्ष उकालो लागेको छ।
बाँकेमा एकै महिनामा ६५ फरार प्रतिवादी पक्राउ
प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
आइसियु र एचडियुका लागि जनशक्ति अभाव
बर्दिया अस्पतालमा करोडौँ खर्चमा बनेको एचडियु र आइसियु कक्ष सञ्चालनमा आउन सकेका छैनन् । पाँच वर्षअघि कोरोनाको समयमा बर्दिया अस्पताल र बर्दिया जिल्लाका पालिकाको लगानीमा बनेका सुविधासम्पन्न आइसियु र एचडियु वार्डहरू अलपत्र परेका छन् ।
बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु
बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा बालबन्दीबिच भएको कुटाकुट, विवाद र आगजनी जस्ता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
लागुऔषधसहित दुई जना पक्राउ
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित बाँकेका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१ बस्ने २० बर्षीय बिजयजंग शाही र ३० बर्षीय लोकबहादुर सोमै मगर रहेका छन् ।
कारबाहीबाट २९ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनामा ३६ सयभन्दा बढी सवारीसाधन कारबाही गरी २९ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
राप्ती विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जन डा. उपमा शर्माले आइतबारदेखि प्रतिष्ठानबाट न्युरो सर्जरी सेवा सुरु गरेको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो।
लुम्बिनीका स्पिनर चम्किँदा बागमती ६७ रनमा अलआउट
स्पिनर चम्किएसँगै प्रधानमन्त्री कप एकदीवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदशेमाथि ४८ रनको सानदार जित हासिल गरेको छ ।
शिक्षकको मागलाई तत्काल सम्बोधन गरौं : डा. भण्डारी
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नु जरुरी रहेको बताउनुभएको छ। सत्यवती गाउँपालिकाको जोहाङ्ग खैरेनीमा भएको नेपाली कांग्रेस क्षेत्र नम्बर–१ गुल्मीको प्रथम क्षेत्रीय सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
बाँके निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान विस्तार गरिने
बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा घाँसे मैदान क्षेत्र बढाइने भएकाे छ ।