गठबन्धन प्रतिगमनलाई रोक्न सफल भयो : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धनले प्रतिगमनलाई रोक्न सफल भएको बताउनुभएको छ।
बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमामा बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने प्रतिबद्धता जनाउनुभएको छ ।
चुनावी एजेण्डामै सीमित हर्दौना पुल
कपिलवस्तुको बाणगंगा नदी अन्तर्गत महाराजगन्ज नगरपालिका १० को हर्दौनामा पुल बनाउने विषय वर्षौँदेखि चुनावी एजेण्डामै सीमित हुँदैआएको छ ।
विकासको खाका गठबन्धनसँग छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग रहेको बताउनुभएको छ । मुलुकमा, शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निर्माण भएको उहाँले प्रष्ट पार्नुभयो ।
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
पाल्पाको तिनाउ –३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो ।
मेरो प्रतिस्पर्धामा कोही छैन : सचिव विष्ट
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले गुल्मी २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउनुभएको छ । निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) को राजनीतिक भविष्य पनि सकिने उहाँको दाबी छ ।
चिच्याएर वर माग्ने मेला सुरु
पाल्पाको सत्यवतीमा चिच्याएर ‘वर’ माग्ने मेला आज शुक्रबारदेखि सुरु भएको छ । पाल्पाको तिनाउ –४, सत्यवती ताल क्षेत्रमा चिच्याएर ‘वर’ माग्ने मेला सुरु भएको हो ।
बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।
विद्युत् पुग्यो, सेवा पुगेन
घोराही उपमहानगरपालिका वडा नम्बर ११ चाँचलामा विद्युत् पुगेको एक वर्ष बित्यो। विकट बस्तीमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को भित्री सक्राम हुँदै करिब छ किलोमिटर विद्युत् तार विस्तार भए पनि अझै सेवा सुरु हुन सकेको छैन। थ्री फेसको लाइन पुगे पनि स्थानीय सेवा प्रवाहमा जोडिन पाएका छैनन्।
सत्ता गठबन्धनलाई मत बदर हुने चिन्ता
पाल्पाका निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले मत बदर हुन नदिन छुट्टै टोली बनाएर मतदातालाई मत हाल्न सिकाएका छन्। जिल्लामा गठबन्धनका तर्फबाट विभिन्न दलका उम्मेदवार बनेकाले मत बदर हुने आकलनसहित मतदातालाई मत दिन सिकाउने गरिएको उम्मेदवारको भनाइ छ। खासगरी सत्ता गठबन्धनबाट पाल्पा क्षेत्र नं. २ मा तीन दलका उम्मेदवार भएकाले मतदातालाई शिक्षा दिन टोली खटाइएको नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो।
समानुपातिक मत संरक्षणमा दल
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले समानुपातिकतर्फको मत संरक्षण गर्न आन्तरिक रणनीतिमा लागेका छन् । विशेष गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको मत गठबन्धनकै साझा उम्मेदवारसँगै समानुपातिकतर्फको मत भने आ–आफ्नो दललाई माग्ने गरेका छन् । नेकपा (एमाले), राप्रपा र जनता समाजवादी पार्टीलगायत दलको तर्फबाट साझा उम्मेदवार छैनन् ।
गौतमबुद्ध विमानस्थलबाट हिमालयको चार्टर्ड उडान सुरु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले आज बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो ।
अग्रगमनका लागि पाँच दलीय गठबन्धन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले देशलाई अग्रगमन लैजान र राष्ट्रियताको संरक्षणका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका खाणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
फूल बेचेर विद्यार्थीले कमाए चार लाख
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीले पुष्प खेतीबाट चार लाख रुपियाँ आम्दानी गरेका छन् । विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत कृषि वन विज्ञान विषय पढ्ने विद्यार्थीले पुष्प खेतीबाट सो आम्दानी गरेका हुन् ।
नगद रकमसहित एक पक्राउ
कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ को मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।
मतदाताका घरघरमा उम्मेदवार
रमेश विश्वकर्मा गुल्मी, कात्तिक १७ गते। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै, आफ्ना कुरा मतदातालाई सुनाउने क्रम जारी छ। दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा पुगेका हुन्। चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा जानकारी गराउँदै आएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहनुभएका नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी केही दिनयता मतदातासँगै हुनुहुन्छ। उहाँ मतदाताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्दै आउनुभएको छ। भण्डारीसँग क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रतिस्पर्धामा हुनुहुन्छ। ज्ञवालीले पनि मतदाता भेटघाटलाई निकै तीव्रता दिनुभएको छ। यता प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ। चार प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले मतदातालाई भेट्दै मतदाताको कुरा सुनेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्न व्यस्त हुनुहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य चिन्तामणि पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका महासमिति सदस्य धनेन्द्र कार्की र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे प्रतिस्पर्धामा हुनहुन्छ। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा गठबन्धन दलको साझा उम्मेदवार नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ। देशसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा गठबन्धन दलको साझा उम्मेदवार माओवादी केन्द्रका गुल्मी जिल्ला संयोजक बुद्धि जिसी र एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिनेश पन्थी प्रतिस्पर्धामा हुनहुन्छ।
डुबानमुक्त गराउनेलाई मत : नरैनापुरवासी
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका अधिकांश मतदाताले डुबानमुक्त बनाउने र सिचाइँ तथा खाद्यन्न उपलब्ध गराउने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् ।
‘आश्वासन होइन विकास चाहियो’
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूका चुनावी गतिविधि बढ्दै गएका छन्। मतदातालाई आश्वासन बाँड्दै आउने निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि उम्मेदवारहरू सक्रिय रूपमा लागिपरेका छन्।
मुलुकमा समन्वयकारी नेतृत्वको खाँचो छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकलाई समन्वयकारी राजनीतिक नेतृत्वको खाँचो रहेको बताउनुभएको छ ।
लुम्बिनीमा बिजुली बसको सफल यान्त्रिक परीक्षण
लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्मयात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैङ्कले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने उद्देश्यसाथ पाँच वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको छ ।
रुपन्देही ५ का उम्मेदवार घरदैलोमा व्यस्त
रुपन्देही क्षेत्र नं ५ मा विभिन्न पार्टीका उम्मेद्वारले चुनावी एजेण्डाहरु पस्कदै आफनो क्षेत्रका मतदातासँग भेटघाट तथा छलफलमा व्यस्त रहनुभएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाबका लागि नेताहरुले आफ्नो क्षेत्रका मतदाताकहाँ भोट माग्न व्यस्त हुनुभएको हो ।
धानमा दाना नलागेपछि स्याङ्जाका कृषक चिन्तित
पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
निर्वाचन बिथोल्न पाइँदैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले वर्तमान व्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दललाई पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दललाई भए पनि निर्वाचन विथोल्ने अधिकार कसैलाई नभएको उहाँको भनाइ छ ।
दाङ–३ मा चुनावी गतिविधि तीव्र
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् ।