गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने
मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी खटिने भएका छन् ।
प्रविधिले घटाउँदै छ लागत
पाल्पा माथागढी–३, कसेनीका किसान यानसिंह चिदीले केही वर्षअघिसम्म धान पराल थनक्याउन मान्छे र गोरु प्रयोग गर्नुहुन्थ्यो । तर, अहिले उहाँ कृषि प्रविधिको प्रयोग गरेर धान र पराल थन्क्याउनुहुन्छ । कृषि प्रविधिको प्रयोगले किसानलाई सुविधा मात्र दिएको छैन, कृषि लगानीसमेत घटाएको उहाँको अनुभव छ । प्रविधिको प्रयोगले धान पराल थन्क्याउन मान्छे र गोरुका लागि गरिने लगानी र समयको समेत बचत भएको चिदीको भनाइ छ । धान–पराल थन्क्याउन मान्छे र गोरुको खर्चभन्दा प्रविधिको खर्च सस्तो र सहज हुँदै गएको उहाँले बताउनुभयो ।
संविधान च्यात्ने प्रपञ्चविरुद्ध सचेत बनौं : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले संविधान च्यात्ने षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ ।
जनताको शिर झुक्न दिने छैन : श्रेष्ठ
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले गुल्मेली जनताको शिर नझुक्ने गरी काम गर्ने बताउनुभएको छ। उहाँले विकास आफ्नो पहिलो एजेण्डा भएकोसमेत प्रष्ट पार्नुभएको छ।
'अफ्रिकन स्वाईन फिभर'द्वारा मरे तीन सय बंगुर
स्याङ्जामा अफ्रिकन ‘स्वाईन फिभर’ देखिएको छ । जिल्लाको पुतलीबजार नगरपालिकाको वडा नम्बर १४ मा पालिएका बंगुरमा अफ्रिकन स्वाईन फिभर देखिएको हो । यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो ।
रोल्पामा लडेर एकको मृत्यु
गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।
धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।
रुपन्देही १ मा विश्वकर्मा र भुषालबीच प्रतिस्पर्धा
रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी बनेर मैदानमा हुनुहुन्छ ।
आगामी पाँच वर्ष विकास निर्माण वर्ष
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी पाँच वर्ष विकास र निर्माणको वर्ष हुने बताउनुभएको छ। बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा उहाँले गएको वर्षमा विकासका धेरै आधार तयार पार्न सरकार सफल भएको दाबी गर्दै आगामी पाँच वर्ष विकास र निर्माणका वर्ष हुने बताउनुभयो।
दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण
गुल्मी र स्याङ्जा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बनेको छ ।
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज
गुल्मीको पश्चिमी ग्रामीण भेगमा पर्ने मदाने गाउँपालिका –१ अग्लुङ्गमा झोलुङ्गे पुल निर्माण भएपछि त्यहाँका स्थानीयलाई सहज भएको छ । अग्लुङ्गको दुई खोला छहरा खोला र सङ्रेङ्ग खोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यार्थी र सर्वसाधारणलाई आपत् बापतमा सहज भएको हो ।
रुपन्देही–३ मा बालकृष्ण खाणलाई जनमुक्तिको पनि समर्थन
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले पनि समर्थन गरेको छ ।
विकास हुँदा कोही विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बिकास हुँदा कोही पनि नागरीक बिस्थापीत हुन नपर्ने बताउनुुभएको छ । रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
स्थानीयको व्यवस्थापनपछि करिडोरको काम अघि बढ्छ : नेता पौडेल
पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रुपन्देही –२ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले तिनाउ किनारका स्थानीयहरूको उचित व्यवस्थापनपछि मात्रै तिनाउ दानव नदी करिडोरको काम अघि बढ्ने बताउनुभएको छ ।
कारको ठक्करले शिशुसहित तीन जनाको मृत्यु
रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदैगरेको कारले ओमसतिया –४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।
गुल्मी क्षेत्र नं. २ मा विष्ट र झाँक्री मुख्य प्रतिस्पर्धी
गुल्मी क्षेत्र नं २ मा पहिलेको नेकपा (एमाले) मा सहयात्रीको रूपमा काम गर्नुभएका दुई नेताहरू अहिले चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तत्कालीन एमाले र नेकपामा रहँदा एउटै पार्टीमा रहेर काम गर्नुभएका एमाले सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीबीच अहिले प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा हुनेभएको हो ।
पाल्पाली ढाकाको आकर्षण बढ्दै
पाल्पाली ढाकाबाट बनेका सामग्री ‘कोसेली’ (उपहार)का रूपमा प्रयोग हुने क्रम बढेको छ । तानसेन घुम्न आउने मानिसले पाल्पाली चिनोका रूपमा आफन्तलाई ढाकाबाट बनेका चोली, पछ्यौरी, सारी, टोपी, इस्टकोट, पर्स, हाते झोला कोसेलीका रूपमा लैजाने गरेका हुन् ।
बेरोजगारी समस्या समाधान गर्छौं : नेता पौडेल
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री एवम् रुपन्देही २ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णु पौडेलले एमालेले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बेरोजगारी समस्या समाधानमा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।
निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका योजना : गृहमन्त्री खाण
नेपाल सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधि सभा उम्मेदवार समेत रहनुभएका बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्रमा दीर्घकालीन महत्त्वका योजना समावेश गरेर चुनावी संकल्पपत्र सार्वजनिक गर्नुभएको छ ।
विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा मन्त्री गहतराज
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा पदका लागि बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा हुनुहुन्छ । लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उहाँ गृहजिल्ला बाँके पुग्नुभएकाे हाे ।
शनिबार पर्वत पुगे दुई हजार बढी पर्यटक
तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए। ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन्।
कोहलपुरमा पतिपत्नी भेटिए रुखमा झुन्डिएको अवस्थामा
बाँकेको कोहलपुर–१३ मा पतिपत्नि रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पावर्ती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था आइतबार दिउँसो फेला परेका हुन् ।
निरन्तर चुनावी मैदानमा ज्ञवाली र भण्डारी
गुल्मीमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारी २०६४ सालदेखि प्रतिनिधि सभाको निर्वाचनमा निरन्तर प्रतिस्पर्धामा रहनुभएको छ ।