बुलिङ्टार दुर्घटनाका पाँच मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट सहित)
पाल्पाको रम्भा–१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ । ना६ख७५८० नम्बरको बस बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
संवेदनशील मतदान स्थलमा विशेष सुरक्षा
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँके जिल्लाका अधिकांश मतदान स्थललाई अति संवेदनशील मानेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ। भारतसँग सीमाना जोडिएका तथा विभिन्न कारणले संवेदनशील मानिएको बाँकेमा रहेका १३८ मतदान स्थलमध्ये १०८ लाई अति संवेदनशील मानेर सोहीबमोजिम सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मतदातामा देखिएन उत्साह
आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँमा चुनावी प्रचारप्रसारमा हिँडेका छन्। दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समूह बनाएर गुल्मीका विभिन्न टोलमा पुगेका देखिन्छन्।
तिहारमा तस्करी बढ्यो : सामान नियन्त्रणमा
चाडपर्व आएपछि नाकाबाट तस्करी र अवैध आयात निर्यात वृद्धि हुनेगरेको छ । तिहार सुरु भएपछि भारतबाट विभिन्न मालसामानको तस्करी भएको स्थानीयको भनाइ छ ।
१० वर्षपछि अभियुक्त पक्राउ
१५ वर्ष कैद सजाय भई फरार रहेका जबरजस्ती करणी मुद्दाका प्रतिवादी १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँची सितगंगा नगरपालिका वार्ड नं ६ बस्ने वर्ष २६ का शालिकराम थापालाई जिल्लाकै सितगंगा नगरपालिका वडा नम्बर ४ चक्लामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिनुभयो ।
विकासका लागि निर्धक्क भोट हाल्नुहोस् : मेटमणि चौधरी
सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गर्नुभएको छ ।
जसपाले घरदैलो अभियान तीव्र बनाउँदै
दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदैछ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा भोलि (शनिबार) एकैसाथ जसपाले घरदैलो सुरु गर्दैछ ।
मयुर नाच संरक्षणमा तीन पुस्ता
मयुर नाचमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा मयुर नाच संरक्षणका लागि १६ सदस्यीय टोली समेत तयार पारेर संरक्षणमा जुटेको हो ।
लोप हुन थाले दरै समुदायको घुमाउने घर
तनहुँमा घुमाउने घर देख्ने बित्तिकै दरै जातीको घर हो भन्ने पृथक् पहिचान गुम्ने खतरा भएको छ । दरै समुदाय परम्परागत घुमाउने घर बनाउन छाडेका छन् । आधुनिक घर बने बन्न थालेपछि हाल घुमाउने (बाटुले) घर विरलै देखिन्छ । आधुनिक संरचना भित्रिएसँगै परम्परागत घुमाउने घर लोप हुन थालेका हुन् । केही वर्ष अघिसम्म जिल्लाका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक–दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा सहर बजारतर्फ आकर्षित हुन थालेपछि र गाउँ गाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् ।
गुल्मीलाई विकास निर्माणमा नमुना बनाउने अवसर: उम्मेदवार श्रेष्ठ
गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं –२ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जिल्लालाई विकास निर्माणमा नमूना बनाउने बताउनुभएको छ । निर्वाचनमा विजयी गराई आम गुल्मेली जनताको सेवासँगै जिल्लालाई विकास निर्माणमा नमूना बनाउन अवसर प्रदान सबै मतदातासँग आग्रह गर्नुभएको हो ।
करेन्ट लागेर एक युवकको मृत्यु
कैलालीमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । गएराति घरमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर लम्कीचुहा नगरपालिका–४ का १९ वर्षीय कमल बजगाइँको ज्यान गएको हो ।
आलुखेतीमा महिला कृषकको आकर्षण बढ्दो
गुल्मीका ग्रामीण क्षेत्रका कृषक आलुखेती गर्न निकै व्यस्त छन् । जिल्लाको मुसिकोट नगरपालिकाका महिला कृषक समुहमा आबद्ध भएर आलु खेती गर्न उहाँहरु व्यस्त हुनुभएको हो ।
गौशालामा पुगेर गृहमन्त्रीले गर्नुभयो गोवर्द्धन पूजा
कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।
पत्रकार रानाको निधन
बुटवललाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय पत्रकार टेक मास्की रानाको बुधवार विहान निधन भएको छ । नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य समेत रहेका पत्रकार रानालाई एक महिना अघि डेंगु संक्रमण भएको थियो ।
रुकुम पूर्वमा गोरु जुधाई प्रतियोगिता
रुकुम पूर्वको महत गाउँमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिन्छ।
खरको छानोमुक्त अभियान सफल भयो : मन्त्री चौधरी
लीलाधर ओलीघोराही, कात्तिक ८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो पहलमा देशभरका खरका छानो मुक्त अभियान सफल भएको बताउनु भएको छ । उहाँले देशभर खरले छाएको छाना हटाएर टिन लगाउने काम अन्तिम चरणमा पुगेको भन्दै यस्तो बताउनुभएकाे हो । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनबाट उम्मेदवार समेत रहनुभएका मन्त्री चौधरीले घोराही उपमहानगरपालिका– १ काडाखुट्टीमा भएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले टिनको छानो लगाउन बाँकी ८ हजार ३ सय घरमा टिन लगाउनका लागि बजेट विनियोजन गरिसकेको बताउनुभयो । मन्त्री चौधरीले आफू संसद् भएर गएपछि खरको छानो हटाउने र भूमिहीनलाई जग्गा दिने कार्यक्रम भएको दाबी गर्नुभएको छ । दस वर्षसम्म बसेको ठाउँ सम्बन्धित भूमिहीनलाई पुर्जा दिने काम अन्तिम चरणमा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।
बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने
शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरेर बाँकेमा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै देउसीभैलोको समय निर्धारण गरेको छ । बाँकेमा राति १० बजेसम्म मात्र देउँसी भैलो खेल्ने समय निधारुण गरिएको प्रहरीले जनाएको छ ।
खाल्डाखुल्टी र धुलोले दुर्घटनाको जोखिम (फोटो फिचर)
घोराही–लमही सडक खण्डमा परेका खाल्डाखुल्टी र धुलोका कारण दुर्घटनाको जोखिम बढेको छ।
गाई संरक्षणका लागि मुठ्ठीदान अभियान
गुल्मीमा गाईहरुको संरक्षणका लागि मुठ्ठीदान अभियान सुरु गरिएको छ । जिल्लाको ऐतिहासिक, धार्मिक, पौराणिक, देवगीरी, एवम् अमृतभूमिको रुपमा परिचित रेसुंगा गौशालामा रहेका गाई संरक्षणका लागि मुठ्ठिदान अभियान सुरु भएको हो ।
रुपन्देहीको विकास देश विकासको आधार : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले मुलुकको करिब मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशिला खडा गर्ने बताउनुभएको छ । गौतमबद्धको जन्मस्थल लुम्बिनी स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहीयानाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत यहाँ भएकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उहाँको भनाइ छ ।
बाँकेमा ३० दशमलव १ प्रतिशत गरिबी
बाँके जिल्लामा ३० दशमलव १ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ । जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र छवटा गाउँपालिका छन् । ती सबै स्थानीय तह गरिबीको सूचीमा परेका हुन् ।
पुल निर्माण भएपछि घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य
गुल्मी जिल्लाको पश्चिमी ग्रामीण भेगमा पर्ने मादने गाउँपालिका वडा नं. १ सङ्ग्रेङ्ग खोलामा निर्माण भएको झोलुङ्गे पुल हो । यो झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविसको वडा नं. ४ धारा धनुबस्ने र वडा नं. ९ ओख्ले दहको जुकेपानीलाई जोडेको छ ।
फर्निचर उद्योगमा लागेको आगो सात घण्टापछि नियन्त्रण
दाङको घोराहीमा फर्निचर उद्योगमा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका– १५ स्थित उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगसँगै एउटा खाजा घरमा राती साढे १२ बजेदेखि लागेको आगलागी बिहान साढे सात बजेतिर नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो
पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो ।