ट्र्याक खोलेर पनि बनेन सीमा सडक
दाङको राजपुर गाउँपालिकाको सीमा सडकको निर्माण कार्य पूरा नहुँदा सीमा क्षेत्रका नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ। दस वर्षपहिले जनश्रमदानबाट सडकको ट्र्याक खोले पनि उक्त सडकको निर्माण कार्य अहिलेसम्म पूरा हुन सकेको छैन। लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष समपुरक योजनाअन्तर्गत एक करोड ५० लाख रुपियाँ विनियोजन गर्दै आइरहेको छ। स्थानीय सरकारले कार्यान्वयन गर्ने उक्त योजना ढिलो टेन्डर खोलिने र वर्षा लागेपछि रकम फ्रिज हुने गरेको राजपुर गाउँपालिका–७, भैँसही नाका निवासी पूर्ण रोकाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, वैशाखमा टेन्डर खोल्ने काम हुन्छ, असारभित्र सक्नुपर्छ निर्माण सामग्री खरिद ढुवानीको मेसो मिलाउँदैमा समय बित्छ। काम थोरै मात्र हुन्छ।

महिला क्याम्पस सञ्चालन तयारी
मधेशी र मुस्लिम छात्रालाई लक्षित नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेजले यही शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने भएको छ। पूर्वाञ्चल विश्वविद्यालयमा छवटा विषयमा कक्षा सञ्चालनका लागि अनुमति माग गरिएकोमा चारवटा स्वीकृत भई आएपछि कक्षा सञ्चालनको तयारी गरिएको कलेज प्रमुख रवीन्द्र कर्णले जानकारी दिनुभयो।
भुक्तानी नपाउँदा उपभोक्ता मारमा
दाङको लमही नगरपालिकाबाट गत आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न भएका योजनाको रकम भुक्तानी नहुँदा उपभोक्ता समस्यामा परेका छन्। टोल विकास संस्थाको तर्फबाट निर्माण कार्य गरेका झन्डै दुई सय योजनाको रकम भुक्तानी गर्न बाँकी छ। लमही नगरपालिकाले नगरभित्रका उपभोक्ताले कार्य सम्पन्न गरेका विभिन्न योजनाको नौ करोड ५० लाखभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।
ग्राहकलाई सीमा पारी नजान व्यवसायीको आग्रह
दसैँ तिहारको चाडपर्वको मुखमा सीमा पारी गएर नेपाली उपभोक्ताले किनमेल गर्न थालेपछि व्यवसायीहरूले जमुनाहा नाकामै पुगेर अवरोध गरेका छन् । स्वदेशमै सामाग्री खरिद गर्न आग्रह गर्दै व्यवसायीहरू नाका पुगेका हुन् ।
पर्यटक आकर्षण गर्न विशेष प्याकेज घोषणा
विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात् असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष ‘अफर’ दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरका छन् । ‘पर्यटनका लागि पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महŒव दिँदै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाको सहकार्यमा यस्तो प्याकेजको घोषणा गरिएको हो ।
कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पक्राउ
कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
संविधानभन्दा माथि कोही छैन : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले संविधानभन्दा माथि कोही नभएको बताउनुुभएको छ । संघीय संसदको दुवै सदनले पारीत गरेर राष्ट्रपतिसमक्ष पठाएको नागरिकता बिधेयक प्रमाणीकरण नभएको संकेत गर्दै जनताले बनाएको संविधान र कानुनभन्दा कोही माथि हुन नसक्ने बताउनुुभएको हो ।
सीमापारि दशैँको रौनक, वारि सुनसान
दशैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दशैँको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् ।
बस र ट्रक एक आपसमा ठोक्किँदा एकको मृत्यु, ४९ घाइते
कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।
दूध उत्पादन पकेट क्षेत्र घोषणा गर्न माग
बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाको दुईवटा वडाका अधिकांश किसानले व्यवसायीक पशुपालन गरिरहेका छन्। पालिकाको वडा नम्बर ५ र ६ का किसानले गरेको पशुपालनबाट यी दुई वडामा मात्रै करिब एक हजार लिटर दूध दैनिक उत्पादन हुन्छ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।
राजनीतिकर्मीले त्याग गर्न बुद्धबाट सिकौं : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्धले जस्तै त्यागको भावना लिएर अगाडि बढे राजनीतिकर्मीले पनि सफलता चुम्न सक्ने बताउनुुभएको छ ।
जनप्रतिनिधि र कर्मचारीलाई कानुनी ज्ञान दिँदै चन्द्रकोट
चन्द्रकोट गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन कानुनी शिक्षा प्रदान गरेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । भर्खरै निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो अधिकार र कर्तव्य अन्र्तगत कानूनी ब्यबस्थाका बारेमा जानकारी गराउँदा कार्य सम्पादन, सभा सञ्चालनमा स्पष्टता हुने केसीको दाबी छ ।
राजमार्ग विस्तारमा ढिलाइ
सिद्धार्थ राजमार्ग विस्तार कार्यमा ढिलासुस्ती भएको छ। सडक विस्तारका लागि भन्दै दुई वर्षअघि सडक छेउका घर तथा टहरा भत्काइए पनि निर्माण कार्य हुन सकेको छैन। सडक डिभिजन कार्यालय पाल्पाले तीन वर्षअघिदेखि नै सडक विस्तार गर्ने नाममा सडक छेउका घर तथा टहरा हटाउन सुरु गरेको थियो। बगनासकालीको आर्यभञ्ज्याङदेखि राईडाँडासम्मका घर तथा टहरा हटाइएका थिए।
पाल्पामा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना
बडा दशैं, भाइटीका तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय पाल्पाले चाडपर्वलक्षित नागरिक सहायता कक्षको स्थापना गरेको छ । जिल्लाको तानसेन बसपार्क, रामपुर, हार्थोक र आर्यभन्ज्याङमा सहायता कक्ष स्थापना गरीएको हो । सुरक्षा योजना बनाइ जिल्लामा भित्रिने तथा बाहिरिने सर्वसाधरणको सुरक्षाको लागी स्थापना भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले बताउनुभयो । पन्थले चाडपर्वको समयमा सिट क्षमता भदा बढि यात्रु नबोक्न, तोकिएकोभन्दा धेरै भाडा नलिन आग्रह गर्नुभयो ।
गुल्मीमा विचित्रको गुफा [फोटोफिचर]
गुल्मीको धुर्कोट गाउँपालिका वस्तुमा अवस्थित विचित्र गुफा प्राकृतिक आकृतिहरुको कलात्मक बुट्टाले भरिएको छ । यो गुफा २०४५ साल असार ५ गते पत्ता लागेको थियो । स्थानीय बासिन्दाले ढेडु (बाँदर) लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । नेपालको महत्वपूर्ण राष्ट्रिय सम्पदा, शिवधामको रुपमा कल्पित सुन्दर एवम् मनमोहक विचित्र गुफा धुर्कोट गाउँपालिका–५ वस्तु कमलावनमा अवस्थित छ । कमलावन वस्तु कालिकास्थान एवम् धनार्जीको बीचमा पर्छ ।
विकाससँगै नागरिकको जीवनमा परिवर्तन आवश्यक छ : झाँक्री
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले विकाससँगै नागरिकको जीवनमा परिर्तन हुनु आवश्यक रहेको बताउनुभएको छ।
नदीमा माछा मार्न गएका पुरुष बेपत्ता
पुथाउत्तरगङ्गा गाउँपालिका –८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता हुनुभएको छ । हिजो बिहीबार बिहान माछा मार्न गएका मल्ल साँझसम्म घर नफर्केपछि खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।
नागरिकता विधेयकमा सरकारको कमजोरी : नेता भट्टराई
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
दशैँ–तिहारलाई ग्रामीण सडक मर्मत गरिँदै
हिन्दुहरूको महान् पर्व विजयादशमी तथा शुभदीपावलीलगायतका चाडपर्वलाई लक्षित गरी मालिका गाउँपालिकाले ग्रामीण स्तरका सडक मर्मत गर्न थालेको छ। देश तथा विदेशबाट पर्व मनाउन गाउँमा आउने धेरै हुने र सहज रूपमा यात्रा होस् भनेर ग्रामीण स्तरका सडक मर्मत र सफा गर्ने कामलाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
चाडबाड लागेको सङ्केत : लेकबाट बेँसी झरे गोठाला
रुकुमपूर्वको भुमे गाउँपालिका–३ राम्लीलेकका गोठालाहरू भैँसी तथा गाईबस्तुसँगै औल (बेँसी) झर्न थालेका छन्। शरदयाम नजिकिएसँगै लेकमा चिसो बतास चल्न थालेपछि गोठालाहरू बेँसी झर्न थालेका हुन्। समुद्री सतहबाट करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको राम्लीलेकसँगै रिकाधुरी, साउने भदौरे लेक र बुकिपाटनबाट पनि गाईबस्तु तथा भैँसीहरू औल झारिएका छन्।