बचेरा हुर्काउँदै दुर्लभ चरा भुँडीफोर गरुड (फोटो फिचर)
महाराजगन्ज नगरपालिका –५ उदयपुर गाउँको आकाशमा ठूला चरा आकाशको परिक्रमा गरिरहेका छन् । विश्वमा दुर्लभ रहेको भुँडीफोर गरुड आलोपालो गर्दै परिक्रमा गर्छन् । गाउँको दुर्गा भवानी आधारभूत विद्यालयको छेउमा रहेको अग्लो कर्माको रुखमा ७ वटा भुँडिफोर चराले गुँड लगाएका छन् । गुँडमा हुर्किदैगरेका बचेराको रक्षा गर्न भालेपोथी आलोपालो कुर्ने गर्छन् ।
गुलजार ए अदबद्वारा उर्दु मुशायरा आयोजना
बाँकेका उर्दु साहित्यकारहरुको साझा संगठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ ।
न्यायोचित सिट बाँडफाँट नभए एक्लै चुनावमा : महामन्त्री सिंह
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलमा न्यायोचित सिट बाँडफाँट नभए आफ्नो दल एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । गृह जिल्ला प्युठानमा आज प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
देशलाई बलियो शक्तिको खाँचो छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङ शाखाले आइतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । देशको विकास र समृद्धिका लागि देशलाई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।
कृष्णनगर भन्सारबाट ६५ प्रतिशतले बढ्यो निर्यात
। कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट हुने निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयको निर्यात हालसम्मको सबैभन्दा उच्च रहेको बताइएको छ ।
एक हप्तादेखि किशोर बेपत्ता
रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१२ गर्खाकीका एक किशोर बेपत्ता भएका छन् । पुथाउत्तरगङ्गा–१२ गर्खाकीका १६ वर्षीय विज्ञान पुन एक हप्ता देखि बेपत्ता भएका हुन् ।
बाँकेको तीनवटै निर्वाचन क्षेत्र ‘ग्रिन जोनमा’
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै जिल्लामा निर्वाचनको माहोल तातिँदै गएको छ। विशेषगरी विभिन्न पार्टीका चर्चित अनुहार (भीआईपी)ले ‘टिकट पाउने र जित्ने’ कुराको सम्बन्धमा बढी चर्चा हुने गरेको छ। सर्वसाधारणले चिया पसलदेखि लिएर विभिन्न सभा–समारोहमा समेत चुनावी चर्चा गर्ने तथा आफ्नै किसिमको अड्कलबाजी गर्न थालेका छन्। पश्चिम नेपालको केन्द्र मानिने बाँकेमा चुनावी माहोलले बिस्तारै लय समात्न थालेको छ। विभिन्न दलहरूले उम्मेदवार सिफारिस गर्न थालेसँगै गठबन्धनबाट को कस्ले टिकट पाउँछ र कस्ले चुनाव जित्छ भन्ने कुरालाई मतदाता एवं सर्वसाधारणले निकै चाँसोका रूपमा हेरेका छन्।
सुत्केरी भैँसीलाई भत्ता
सिस्ने गाउँपालिकाले कृषकलाई प्रोत्साहन स्वरूप ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको छ । पछिल्लो समयमा भैँसी पालन कृषक कम हुँदै गए पछि त्यसलाई प्रवर्द्धन गर्नका लागि सिस्ने गाउँपालिकाले यस वर्ष देखि जिल्लामै पहिलो पटक ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको हो ।
बाँके गठबन्धनका लागि ‘ग्रिन जोन’ भएको दावी
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचनको माहोल देशभरि तात्दैगएको छ । विशेषगरी भिआइपी उम्मेदवार उठ्ने निर्वाचन क्षेत्रको चर्चा बढी हुनेगरेको छ ।
दशैं नजिकिएसँगै फस्टाउँदै सीमापारीका बजार
दशैं नजिकिंदै गर्दा स्थानीयहरु सीमापारी सुनौली बजारमा सामग्री किनमेलका लागि जानेक्रम बढेको छ । नेपाली बजार महंगो भन्दै सस्तो पाइने आशमा स्थानीयहरु सीमापारी जानेगरेका छन् ।
भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
गुल्मीमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको हो । गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको छ ।
बुटवल उपमहानगरको सडक–फुटपाथ खाली गर्न आग्रह
बुटवल उपमहानगरपालिकाले सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीन दिने अल्टिमेटम समेत दिइएको छ ।
दशैं नजिकिए पनि नेपालगन्ज सुनसान, रुपैडिहामा नेपाली उपभोक्ताको घुइँचो
हरेक वर्षझै यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगञ्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । तर, सीमापारी रूपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुँइचो लाग्न थालिसकेको छ ।
आर्थिक सङ्कटमा सामुदायिक क्याम्पस
सदरमुकाम खलङ्गास्थित प्युठान क्याम्पस स्थापनाको दुई दशक पार नगर्दै आर्थिक सङ्कटमा फसेको छ। महेन्द्र माध्यमिक विद्यालयले उच्च शिक्षा पठनपाठनका लागि २०६४ भदौ १९ गते यो क्याम्पस स्थापना गरेको हो। मानविकी सङ्कायबाट पठनपाठन सुरु गरेको यो क्याम्पसमा अहिले शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको पनि पठनपाठन हुने गरेको छ। क्याम्पसको ऋण करिब ४५ लाख रुपियाँ पुगेको छ। कलेजमा विद्यार्थीको सङ्ख्या कम हुँदै जाँदा क्याम्पसलाई आर्थिक समस्या परेको क्याम्पस प्रमुख कल्पना खड्का बताउनुहुन्छ। क्याम्पसले विद्यार्थीबाट भर्ना शुल्क, त्रिभुवन विश्वविद्यालय र मल्लरानी गाउँपालिकाबाट अनुदान पाउँदै आएको छ। यस जिल्लाकै जेठो क्याम्पस स्वर्गद्वारी बहुमुखी क्याम्पसका प्रमुख गुञ्जबहादुर खड्काले सामुदायिक क्याम्पसलाई राज्यले नहेरेको गुनासो गर्नुभयो। “प्रत्येक वर्ष अप्ठ्यारो पर्दै गएको छ,” उहाँले भन्नुभयो, “राज्यको नीति नै भएन कसरी अगाडि बढाउने भन्ने भनेर।”
भूमि आयोगद्वारा कामलाई तीव्रता
भूमि आयोगले पूर्णता पाएसँगै दाङका स्थानीय पालिकाले भूमि व्यवस्थापनको काम थालेका छन्। जिल्ला भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मी आयोगले पूर्णता पाएसँगै भूमिसम्बन्धी कामलाई निरन्तरता दिएको बताउनुहुन्छ। जिल्लाका धेरैजसो पालिकाबाट अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरूका लागि लालपुर्जा वितरणको प्रक्रिया थालिएको जानकारी उहाँले दिनुभयो। पालिकाहरूले तथ्याङ्क सङ्कलनदेखि जग्गा नापजाँच गरेर लालपुर्जा दिने अवस्थासम्मका प्रक्रिया पूरा गरिरहेका छन्। लामो समयदेखि रोकिरहेको राप्ती गाउँपालिकाले अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरूलाई निस्सा वितरण कार्य सुरु भएको छ। अव्यवस्थित बसोबासका लागि पहिलो चरणमा निस्सा वितरण प्रक्रिया पु-याएर भूमिहीनलाई लालपुर्जा वितरण गरिने पालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो। हालसम्म बसोबास र भोगचलन गर्दै आएको जग्गा प्रमाणको रूपमा
कामभन्दा प्रचार बढी
स्थानीय तहमा जनप्रतिनिधिहरू आएको एक सय दिन पुगेको छ तर पनि जनप्रतिनिधिले एक सय दिनमा आमनागरिकले अनुभूति गर्ने गरी नयाँ काम गरेको आभास हुन सकेको छैन। इच्छाशक्ति भएमा थोरै समयमा धेरै काम गर्न सकिने उदाहरण धेरै छन्। दाङ जिल्लाका स्थानीय जनप्रतिनिधिहरूले सय दिनको अवधिमा ‘आहा!’ भन्ने गरी कुनै काम नगरेको स्थानीयहरू बताउँछन्। २०७९ साल वैशाख ३० मा स्थानीय तहको चुनावका क्रममा उम्मेदवारहरूले विकास निर्माण तथा मतदाताको सेवाका नाममा अनेक नारा र प्रतिबद्धता प्रचारमा ल्याए पनि यो एक सय दिनमा जनप्रतिनिधिहरू आफैँ अन्योलमा परेका छन् ।
ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन हुँदै
गुल्मीको सत्यवती गाउँपालिका ठूलोलुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिनेभएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समुह सत्यवति गाउँपालिका ३ लाई कफी प्रशोधन उद्योग तथा मेसिनरी औजार हस्तान्तरण गरिएको हो ।
दुई सय उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी
रमेश विश्वकर्मा गुल्मी, भदौ २४ गते । स्थानीय तहको निर्वाचन भएको दुई महिना भन्दा लामो समय हुँदासम्म पनि गुल्मीमा झण्डै दुई सय जना उम्मेदवारले चुनावी खर्च विवरण बुझाएका छैनन्। निर्वाचन भएको एक महिनाभित्रमा निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारले चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भएता पनि हालसम्म यस जिल्लाका १९९ जना उम्मेदवारले चुनावी खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ। जिल्ला निर्वाचन कार्यालयबाट पटक–पटक उम्मेदवारलाई आफ्नो चुनावी खर्च विवरण बुझाउनको लागि सूचना प्रवाह गरेतापनि उम्मेदवाहरुले सूचनाको बेवास्ता गरेको पाइएको छ। निर्वाचन खर्च विवरण बुझाउन अटेरी गर्ने उम्मेदवारलाई पाँच लाख रुपियाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेदवार थिए। उक्त उम्मेदवारमध्ये समयमै ५४५ जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो। समयमै खर्च विवरण नबुझाएका उम्मेदवारका लागि दोस्रो पटक सूचना जारी गरिएको थियो। भदौ पहिलो हप्तासम्म समयमै खर्च विवरण नबुझाएका उम्मेदवारमध्ये ४९९ जनाले स्पष्टीकरण सहित खर्च विवरण बुझाएका थिए। अहिलेसम्म ४६४ जना उम्मेदवारले गाउँपालिकामा सूचना टाँस गरेर चुनावी खर्च विवरण सार्वजनिक गरेको बताइएको छ। त्यस्तै, जिल्ला समन्वय समितिका १८ जना उम्मेदवारमध्ये ८ जनाले मात्रै समयमै निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। अझै १० जना उम्मेदवारले खर्च विवरण पेस गरेका छैनन्। जिल्लाभरका १०५ जना कार्यपालिकाका उम्मेदवारमध्ये ४० जनाले मात्रै समयमै निर्वाचन खर्च विवरण बुझाएका छन्। ६५ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन सकेका छैनन्। निर्वाचन आयोगले भदौ २३ गतेदेखि एक हप्ताभित्रमा खर्च विवरण बुझाउन बाँकी रहेका गाउँ तथा नगर कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारले स्पष्टीकरणसहित खर्च विवरण बुझाउन र सार्वजनिक गर्न सूचना जारी गरिएको कार्यालय प्रमुख माया कुँवरले बताउनुभयो। निर्वाचन आयोगले उम्मेदवारका लागि नगरपालिका प्रमुख तथा उपप्रमुखले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो। त्यस्तै, नगरपालिकाका वडाध्यक्ष एवम् अन्य सदस्यले दुई लाखसम्म र गाउँपालिकाका वडाध्यक्ष अन्य सदस्यले एक लाख ५० हजारसम्म, जिल्ला समन्वय समिति प्रमुख तथा उप–प्रमुखले ५० हजार र अन्य सदस्यले २५ हजारसम्म, नगर कार्यपालिका तथा गाउँ कार्यपालिका सदस्यले २५ हजारसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले सीमा निर्धारण गरेको उहाँले बताउनुभयो।
नेपालगन्ज डेंगु रोगको उच्च जोखिममा
पश्चिम नेपालको केन्द्रविन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा छ । भारतसँग सीमा जोडिएको सो शहरमा डेंगुका रोगी भेटिनेक्रम बढ्दै गएपछि नेपालगञ्ज डेङ्गुको उच्च जोखिममा परेको हो ।
रुकुम पूर्व अझै सञ्चार सम्पर्कविहीन
घर गाउँमा सञ्चारको सुविधा कहिले आउँछ ? घरदेखि टाढा रहेका आफन्त तथा अरू इष्टमित्रसँग खबर आदानप्रदान गरी कहिले धित पुग्ने गरी फोनमा कुरा गर्न पाइएला ? कहिले भरपर्दो टावर बन्ला र हाम्रो समस्या टर्ला ?
घरेलु उद्योगमा महिलाको आकर्षण बढ्दाे
अझै पनि स्वरोजगार हुने महिलाको सङ्ख्या कमी नै छ तर केही वर्षयता भनेँ आफ्नै ठाउँमा उद्योग चलाएर स्वरोजगार हुने रोजगार नै दिन सक्ने महिलाको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
सम्बन्ध विच्छेदका मुद्दा वृद्धि
अर्घाखाँचीमा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको छ । अपरिपक्व उमेरमा विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीजस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा सङ्ख्या वृद्धि भएको जनाइएको छ । सम्बन्धविच्छेद गर्नेमा ८० प्रतिशत ४० वर्षमुनिका दम्पती रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत ३४९ वटा मुद्दा दर्ता भएकामा २०६ वटा मुद्दा सम्बन्धविच्छेदका रहेका अदालतका स्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा आएका मुद्दामध्ये झन्डै ६० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका छन् ।
गाउँ ब्लकको जग्गालाई लालपुर्जा
बाँकेको कोहलपुर नगरपालिका–४ स्थित गोहवा र बेलनपुरमा गाउँ ब्लकका १०१ जनालाई लालपुर्जा वितरण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी र वडाध्यक्ष मुबारक अलि गुजरले संयुक्त रूपमा पुर्जा वितरण गर्नुभयो । नगरप्रमुख आचार्यले कोहलपुरमा जग्गा वितरणको काम सुरु भइसकेको र केही महिनामा सबै वडामा लालपुर्जा वितरण हुने बताउनुभयो । “अहिले जग्गा नाप्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “अबको केही महिनापछि सबै वडामा पुर्जा वितरण हुन्छ ।” उपप्रमुख सुवेदीले कोहलपुरका–३ वडामा गाउँ ब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिसकेको बताउनुभयो । नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले गाउँ ब्लकमा उपभोग गरी बसिरहेकालाई छानबिन गरी लालपुर्जा उपलब्ध गराइएको बताउनुभयो ।
सहकारीमा बढ्यो चोरी
पाल्पा जिल्लामा सञ्चालित सहकारी संस्थाहरूमा चोरी हुने क्रम बढेको छ । सहकारी संस्थाहरूको सेफ, गेट, ढोका र दराज फोडेर नगद तथा जिन्सी सामग्री चोरी भएका छन् । सीसीक्यामरा जडान गरिएका सहकारीमा समेत चोरी हुन थालेपछि चोरी घटना रहस्यमय हुन थालेको छ । ती घटनामा संलग्न कोही व्यक्ति पक्राउ पर्न सकेका छैनन् । “सहकारी चोरी भयो भनेर उजुरी आएका छन्,” जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, “तर कोही पनि पक्राउ परेका छैन ।”