बर्दियामा पाटे बाघ मृत फेला
बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज (शनिबार) बिहान बाघ मृत फेला परेको हो ।
नयाँ उम्मेदवारलाई मौका दिनुपर्छ: मतदाता
पाल्पा क्षेत्र नं . २ मा एमालेबाट यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार पाउँदा पाल्पाली मतदाताहरू उत्साही भएका छन् ।
तिनाउ–दानवमा पुलैपुल
गृहमन्त्री बालकृष्ण खाणको पहलमा रुपन्देहीको तिनाउ र दानव नदीमा १० वटा पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । तिनाउ र दानवमा १० वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने सातवटा निर्माणाधीन रहेका छन् ।
निर्वाचनका बेला रोजगारीका लागि भारत जानेको लर्को
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकै छ । निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् भने चुनावको मुखमा रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान बाध्य छन्, नेपाली युवाहरु ।
बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा
बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
एमालेका ज्ञवाली र कांग्रेसका भण्डारीबीच मुख्य प्रतिस्पर्धा
यहाँ कांग्रेसका डा. चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच मुख्य प्रतिस्पर्धाको सम्भावना छ । वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसके कांग्रेसका भण्डारी जित्न सक्छन् ।
गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक
गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।
ग्रेडर मेसिन हाँक्दै अनिता
दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्र्याक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् ।
सिद्धबाबा सडकखण्ड सुधारको माग
पाल्पाका मतदाताले सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सडकखण्डलाई सुधार गर्न माग गरेका छन् । विभिन्न पार्टीका उम्मेदवारहरू चुनावी प्रचारका लागि घरदैलो आएको मौकामा मतदाताले यस्तो माग गरेका हुन् ।
सडक निर्माण तीव्र
पाल्पाको पश्चिम भेगको वैकल्पिक सकडमार्गका रूपमा रहेको सुँगुरेढुङ्गा–नेपाने सडकको कालोपत्रे गर्ने काम तीव्र रूपमा अघि बढेको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४, सुँगुरेढुङ्गादेखि वडा नं. ६ को नेपानेसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको हो । समपूरक कोषअन्तर्गत सङ्घ र पालिकाको बजेटबाट सडक कालोपत्रेको काम अगाडि बढेको हो । पाल्पा रैनादेवी छहराको सुँगुरेढुङ्गादेखि रूपन्देहीको सालझन्डीसम्म पुग्ने महìवपूर्ण सडकका रूपमा रहेको यो सडकखण्डको स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो ।
‘ह्याट्रिक’वाला विष्टलाई झाँक्रीको ‘डेब्यु’ चुनौती
नेपालको कम्युनिस्ट आन्दोलनमा फरक खालको छवि बनाएका नेता हुनुहुन्छ गोकर्ण विष्ट र रामकुमारी झाँक्री । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा लामो समय सङ्घर्ष गर्दै आउनुभएका विष्ट र नेत्री झाँक्रीको पहिचान युवामाझ लोकप्रिय छ । एमाले पार्टी विभाजनअघि विष्ट र झाँक्री दुवै माधव नेपाल–झलनाथ खनाल खेमामा हुनुहुन्थ्यो । पार्टी विभाजनपछि विष्ट एमालेमै बस्नुभयो । हिजो एउटै पार्टीबाट राजनीतिमा होमिनुभएका विष्ट र झाँक्री अहिले फरक पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाका लागि गुल्मी–२ बाट चुनावी मैदानमा उत्रनुभएको छ । यति बेला विष्ट र झाँक्रीको उम्मेदवारीको चर्चा देशभर चुलिएको छ ।
सबै पालिकामा नमुना मतदान
यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वतयारीसँगै गुल्मीका सबै पालिकामा नमुना मतदान गरिएको छ। दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचनको सरगर्मी पनि बढ्दै गएको छ। कात्तिक ५ देखि १७ गतेसम्म यहाँका सबै (१२ वटा) पालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो।
ज्येष्ठजनलाई भत्ता लिन सकस
निर्वाचनका क्रममा राजनीतिक दलहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेको छैन। सामाजिक सुरक्षा भत्ता लिन सहर तथा बैङ्क भएको स्थानमा जानुपर्ने बाध्यताले दुःख पाउने गरेका छन्। सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्लामा ज्येष्ठ नागरिकहरूले दिनभरि पैदल हिँडेर बजारमा रहेको बैङ्कसम्म पुग्नुपर्ने बाध्यता छ।
सीमा जिल्ला बाँकेमा हतियार सङ्कलनमा चुनौती
बाँके जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठूलै छ । तर, निर्वाचनका बेला ती हतियार प्रहरी एकाइमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ ।
बाख्रापालनबाट राम्रो आम्दानी
दाङको बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीका दलबहादुर खत्रीले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । दस वर्षअघि दाजुहरू हिमराज खत्री र एनुराज खत्रीसँग मिलेर सुरु गरेको लेकाली बाख्रापालन तथा दाना उद्योगमा अहिले साना, ठूला २१० बाख्रा छन् । दुई वर्षअघिदेखि उहाँ एक्लै यो व्यवसाय चलाउँदै आउनुभएको छ ।
अकबरेको अचार बनाउने तालिम सम्पन्न
महिलालाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिकाले महिलाहरूलाई अचार बनाउने तालिम दिएको छ ।
नेपाल–भारतका सुरक्षा अधिकारीको बैठक
आगामी मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठक सुरुभएको छ । भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न अधिकारीहरुबीच छलफल सुरुभएको अधिकारीहरूको भनाइ छ ।
धान ठटाउँदै मतदाता शिक्षा दिँदै
पाल्पाको रैनादेवी छहरामा युवाहरुले किसानलाई खेतमै गएर मतदाता शिक्षा दिने र धान काट्न सहयोग गर्ने गरेका छन् । कतिपयलाई चुनावको प्रचारप्रसारमा भ्याइनभ्याइ भए पनि किसानहरु अनाज स्याहार्न व्यस्त छन् ।
बाँके १ मा रोचक बन्दै प्रतिस्पर्धा
गठबन्धनका साझा उम्मेदवार युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य ढकालबीचको प्रतिस्पर्धा रोचक बनेको छ। बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गहतराज नेकपा (माओवादी केन्द्र)का नेता हुनुहुन्छ।
नमुना मतदान: अपेक्षाभन्दा धेरै मत बदर
आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत रुकुमपूर्वमा नमुना मतदान गरिएको छ। सोहीअनुसार नमुना मतदानमा देखिएका कमी–कमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ।
प्युठानमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते
पूर्णिमाको मेला हेरेर फर्किएको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिनुभयो ।
पहिलो पटक प्लाइउड निर्यात
बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।
कपिलवस्तुको ऐतिहासिक रामघाट मेलामा घुइँचो
कपिलवस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन मंगलबार वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला भर्न सोमबार रातिदेखि नै हजारौँ भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले टाढा टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गरेका हुन् ।
गिद्ध स्थानान्तरण
गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो ।