दाङमा सङ्घ र प्रदेशमा गठबन्धनकै अग्रता
दाङ जिल्लाको तीन वटै सङ्घीय क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता रहेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता कायम गर्नुभएको छ ।
पाल्पाको दुई क्षेत्रमा एमालेकाे अग्रता
पाल्पाको प्रतिनिधि सभातर्फको दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । पाल्पा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नारायण आचार्यले अग्रता लिनुभएको हो ।
रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे अगाडि
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिनुभएको छ । वासुदेव घिमिरेले ६ हजार ३७० मत प्राप्त गर्नुभएको छ ।
बाँकेमा कांग्रेसको अग्रता, अथक र राई पछाडि
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह महामन्त्री किशोरसिंह राठौले अग्रता लिनुभएको छ ।
बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता
बाँकेको तीन वटै निर्वाचन क्षेत्रमा जारी रहेको मतगणनामा नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले अग्रता लिएका छन् भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक र पुर्वमन्त्री इश्तियाक राई पछाडि छन् ।
रुपन्देही क्षेत्र नं १ र ५ मा एमाले २ मा स्वतन्त्र, ३ मा कांग्रेस र ४ मा लोसपाको अग्रता
पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् ।
अर्घाखाँचीमा टोपबहादुर २१ सय मतले अगाडि
प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले दुई हजार १८७ मतले अगाडि रहनु भएको छ । १५ हजार २४६ मत गणना गर्दा आठ हजार १८२ सहित अग्रस्थानमा हुन्छ भने नेपाली कांग्रेस उम्मेदवार पुष्पा भुसालले पाँच हजार ९९५ मतले पछ्याउँदै रहनु भएको छ ।
शंकर पोखरेल १ हजार ३५२ मतान्तरले शर्मा भन्दा पछाडि
दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) महासचिव शंकर पोख्रेल माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा भन्दा १ हजार ३५२ मतान्तरले पछाडि परेका छन् ।
२४ सय मतले झाँक्रीभन्दा विष्ट अगाडि
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टको अग्रता कायम रहेको छ । विष्टले झाँक्रीलाई दुई हजार ४०४ मतले अगाडि रहेको छ ।
गुल्मी-२ मा एमालेका विष्टको अग्रता
गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण राज विष्टको अग्रता कायमै रहेको छ । यस क्षेत्रको मतगणना सुरु भएदेखि अहिलेसम्म विष्टको अग्रता कायम रहेको हो ।
नेपालगञ्जमै थन्कियो हुम्लाको चामल
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढिलासुस्ती र ढुवानीकर्ताको बदमासीले हुम्लाका जनताले खाने चामल अहिले नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीको जिम्मा पाएको तारा एयर सम्झौता गर्न नजानु र सडकबाट ढुवानी गर्ने जिम्मा पाएको एलबी सप्लायर्स सम्पर्कविहीन हुँदा हुम्लावासी चामलविहीन हुने अवस्था आएको छ ।
गुल्मीमा पुनः मतदान सुरु
गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती मावि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ ।
अदुवासँग धान साट्दै किसान
दाङको पहाडी क्षेत्र बङ्गलाचुली गाउँपालिका–२, मर्पेसका किसान खेतुलाल विकले १२ वर्षदेखि घुइया (पिँडालु), अदुवासँगै बेसार खेती गर्दै आउनुभएको छ ।
कोमल वलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता कायमै
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ ।
गृहमन्त्री खाणलाई सुरुवाती अग्रता
रुपन्देहीको क्षेत्र नं ३ मा गृहमन्त्री बालकृष्ण खाणले सुरुवाती अग्रता लिनुभएको छ । दिउसो २ बजेबाट यहाँ मतगणना सुरु भएको थियो ।
दाङ १ मा मेटमणि चौधरीको अग्रता
दाङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेकपा (एमाले) का नेत्री शान्ता चौधरीलाई पछि पार्दै अग्रता लिनुभएको हो ।
गुल्मी-२ मा मतगणना सुरु
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर २ मा सुरु भएको छ । जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा रहेको मतगणना स्थलमा मतगणनाको कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
नवलपुरमा ६६ प्रतिशत मत खस्यो, देवचुलीमा पुन: मतदान
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नवलपुरमा ६६.४९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ६६ दशमलब ४९ प्रतिशत मत खसेको हो ।
अर्घाखाँचीमा टोपबहादुर रायमाझीको अग्रता
प्रारम्भिक मतअनुसार प्रतिनिधि सभामा नेकपा (एमाले) का टोपबहादुर रायमाझीले प्रारम्भिक अग्रता लिनुभएको छ । २०६९ मत गणना गर्दा रायमाझीलाई ११८६ र नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले ७४७ मत प्राप्त गर्नुभएको छ ।
पाल्पा क्षेत्र नं. २ मा मतगणना सुरु
पाल्पा क्षेत्र नं २ को मतगणना सुरु भएको छ । दलका प्रतिनिधि तथा उम्मेदवारको बैठकपछि मतगणनाको कार्य सुरु भएको हो ।
दाङ –२ मा रेखा शर्माको अग्रता
दाङ निर्वाचन क्षेत्र नम्बर २ मा हँसिया हथौडा चिन्ह लिनुभएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेखा शर्माले अग्रता कायम गर्नुभएको छ । २७८० मत गन्दा उहाँले एक हजार ४५० मत प्राप्त गर्नुभएको हो ।
कपिलवस्तु ३ कांग्रेसका शाहको अग्रता
कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेक प्रताप शाहले अग्रता लिनु भएको छ ।
पाल्पामा ३ बजेदेखि मत गणना सुरु हुने
पाल्पाको मतगणना दिउँसो ३ बजेदेखि सुरु गरिने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ३ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।
गुल्मी –२ मा ४ बजेदेखि मतगणना सुरु हुने
आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं २ मा दिउँसो ४ बजेदेखि गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस क्षेत्रको मतगणना दिउँसो ४ बजेदेखि गरिने निर्णय गरेको हो ।