एयरपोर्ट बिस्तार सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको टरिगाउँ एयरपोर्टको बिस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको बिहीबार स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले एयरपोर्टको निरीक्षणपछि अब विस्तार गर्दै ७२ सिटे हवाइजहाज बस्न सक्नेगरी एयरपोर्टको धावनमार्ग बिस्तार गर्न आवश्यक रहेको बताउनभयो ।
मातृशिशु मृत्युदर घटाउन प्रशिक्षण
प्रसुती अवस्थामा उचित समयमा प्रेषण (रिफर) नगर्दा भएको मातृशिशु मृत्युदरमा कमी ल्याउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा युएस एडको सहयोगमा १० पालिकाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको हो ।
बन्दुक देखाएर लुटपाट
बुधवार राति १२ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित विरेन्द्रजंङ्ग शाहीको घरमा अज्ञात समूहले प्रवेश गरि बन्दुक देखाई घरका सबैलाई बन्धक बनाएर लुटपाट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पढ्नका लागि बाटोको सकस
सडक, गोरेटो तथा पुल अभावमा ग्रामीण बस्तीका बालबालिकालाई विद्यालय पुग्न घण्टौँ समय लाग्ने गरेको छ। प्राथमिक तहको शिक्षा आर्जनका लागि पनि निकै सङ्घर्ष गर्नुपरेको छ। दाङ राप्ती गाउँपालिका–९ घोसखोलाका वीरेन्द्र गाहा मुलाबारीमा रहेको विद्यालय पुग्न दैनिक तीन घण्टा हिँड्ने गर्छन्। कक्षा ६ मा अध्ययनरत वीरेन्द्रका लागि तीन घण्टाको हिँडाइ पढाइका लागि भन्दा सास्ती धेरै भएको छ। जंगल र पहाडको बाटोमा तीन घण्टा हिँडेर विद्यालय पुग्नु आफैँमा सकस र जोखिम छ।
व्यवस्थित लमही बनाउने योजना अधुरै
लमहीलाई व्यवस्थित सहर बनाउने योजना अलपत्र परेको छ। लमहीलाई व्यवस्थित बनाउन लमही नगर विकास र स्थानीय सरकारले विभिन्न योजना बनाएका थिए। तर कार्यान्वयन हुन सकेको छैन। यहाँको समग्र विकासका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जग्गाको पुनर्संरचना योजना (प्रि–स्ट्रक्चर प्लान) बनाउनुभएको थियो। २०४५ सालमा भौतिक योजना मन्त्रालयले बाबुराम भट्टराई आबद्ध कन्सल्टेन्सीलाई सो कामको जिम्मा लगाएपछि लमहीको नक्साङ्कनको जिम्मा उहाँले पाउनुभएको थियो।
दशैं मनाउन दैनिक तीन हजार नेपाली घर फर्किंदै
हिन्दुहरुको महान पर्व दशैँ नजिकिएसँगै भारतमा रोजगारी गर्न गएका सयौं नेपाली चाडपर्व मनाउन नेपाल फर्किन थालेका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली अहिले दशैं–तिहार मनाउन सो संख्यामा नेपाली स्वदेश फर्केका हुन् ।
नागरिकता विधेयकको पक्षमा प्रदर्शन
कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नु भएपछि प्रदर्शनकारीले उहाँको विरोध गर्नुभएको हो ।
प्युठानका ८९० उम्मेदवारलाई जरिवाना
स्थानीय तह निर्वाचन खर्च विवरण नबुझाउने प्युठानका जनप्रतिनिधि तथा उम्मेदवारलाई जरिवाना तोकिएको छ । उम्मेदवार बनेर तोकिएको समयमै निर्वाचन खर्च विवरण नबुझाएका ८ सय ९० जनालाई कारबाही स्वरुप जरिवाना तोकिएको जिल्ला निर्वाचन कार्यालय प्युठानका निर्वाचन अधिकारी देवीराम पाठकले जानकारी दिनुभयो ।
विपन्नलाई विद्युत महसुल छुट
तानसेन नगरपालिकाका एक हजार ८१५ विपन्न परिवारले न्युनतम विद्युत् महशुलमा छुट पाउने भएका छन्। नगरभित्रका विपन्न समुदायका एक हजार ८१५ घरपरिवारलाई २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको हो।
भेरी अस्पतालमा ६० बिरामी डायलासिसको पालो पर्खँदै
पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेसिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् ।
निर्वाचनपिच्छे फेरिन्छ जनमत
प्युठान राजनीतिक नेतृत्व जन्माउने जिल्लाका रूपमा चिनिन्छ। नेपालमा कम्युनिस्ट आन्दोलनको जग बसाल्ने नेताहरूमध्ये केही प्युठानकै छन्। नेता मोहनविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा र सूर्य थापालगायत कम्युनिस्ट नेता अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन्। नेतैनेता भएको प्युठानमा चुनावको इतिहास भने रोचक छ।
कोइलाबास पर्यटकीय गन्तव्य
नेपाल भारतसँग सीमा जोडिएको दाङको कोइलाबासमा आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड बढ्न थालेको छ। कोइलाबास नेपाली ग्राहकको पुरानो बजारले चिनिन्छ। लमही–कोइलाबास हुलाकी सडक निर्माण कार्य सम्पन्न भएपछि यहाँको आन्तरिक पर्यटक बढ्न थालेको हो। नेपालको पहाडी क्षेत्रको अवलोकनका लागि भारतीय नागरिकसमेत सो क्षेत्रमा आउने गरेका छन्।
भीम अस्पतालमा सेवाग्राही बढे
भैरहवा क्षेत्रको पुरानो सरकारी अस्पताल भीम अस्पतालको क्षमता ५० शय्याको छ तर अस्पतालले दैनिक १२० जनासम्म बिरामीलाई सेवा दिँदै आएको छ। सो अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताले बहिरङ्ग सेवामा दैनिक १७५ जना तथा प्रयोगशाला, सर्जरी र प्रसूतिमा पनि सेवाग्राही बढिरहेको बताउनुभयो। अस्पतालले थप विशेषज्ञ सेवाहरू सर्जन, अर्थोपेडिक, जनरल फिजिसियन र रोडियोलोजीको विशेषज्ञ सेवा दिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। सिटी स्क्यान, ब्लड बैङ्क ल्याबमा पनि थप सेवाहरू र सरकारी सेवाबाहेकका अन्य सेवा पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो।
ग्यास वितरणमा ढिलाइ
घोराही उपमहानगरपालिका–१६, करौंतीडाँडामा निर्माण गरिएको फोहोरबाट ग्यास उत्पादन गर्ने ग्यास प्लान्ट उद्घाटन भएको करिब छ महिना भइसक्दा पनि नागरिकले ग्यास पाउन सकेका छैनन् । “उद्घाटन भएपछि अब ग्यास पाउने आशा गरेका थियौँ तर अहिलेसम्म ग्यास पाइएन,” घोराही उपमहानगरपालिका–१६, करौंतीडाँडा निवासी खुसीराम चौधरीले भन्नुभयो, “सोध्दा छिट्टै पाउनुहुन्छ भन्नुहुन्छ तर कहिले पाउने हो, अझै निश्चित छैन ।”
बाँकेमा दुर्घटना रोक्न चाडपर्वलक्षित अभियान सुरु
नजिकिंदै गरेको दशैं–तिहार लगायतका चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी बाँकेले दैनिक चेकजाँचलाई तिव्र पारेको छ । जिल्लामा दुर्घटना हुन नदिन बाँके ट्राफिक प्रहरीले मापसे जाँच, सवारी जाँच, यात्रु क्षमता जाँच लगायतमा ध्यान दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले बताउनुभयो ।
बाँकेका क्रसर उद्योगको छड्के, दुई ट्याक्टर नियन्त्रणमा
बाँकेका विभिन्न नदी र खोलाबाट व्यापक रुपमा अवैध तरिकाले नदीजन्य पदार्थ सङ्कलन र ओसारपसार भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति बाँकेले मंगलबार बाँकेका नदी, खोला र क्रसर उद्योगको छ्ड्के अनुगमन गर्दा त्यस्तो पाइएको समितिले जनाएको छ।
बाँकेमा तीन लाख ३२ हजार मतदाता
बाँकेमा स्थानीय तहको निर्वाचनपछि २ मतदानस्थल थप भएको छ । यसैगरी स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार ७५८ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाभर १३८ मतदानस्थल कायम गरिएको छ ।
गुल्मीमा तीन वर्षमा २४९ जनाद्वारा आत्महत्या
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामसम्बन्धी जिल्ला प्रहरी कार्यालय गुल्मीले आयोजना गरेको सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा १७३ जना पुरुष र ७६ जना महिलाले आत्महत्या गरेका खुलासा गर्नुभयो ।
पहिलो कार्यकाल सफल : मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशलाई सक्षम, सुन्दर र समृद्ध प्रदेश बनाउने अभियानमा प्रदेश सरकारको पहिलो पाँचवर्षे कार्यकाल सफल भएको बताउनुभएको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले चारवटा गौरवका आयोजना शुभारम्भ गरेको जानकारी दिँदै मुख्यमन्त्री केसीले यी आयोजनाले प्रदेशको मुहार परिवर्तन गर्ने उल्लेख गर्नुभयो।
ट्रमा सेन्टर निर्माण धमाधम
लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा राखेको दाङ लमहीस्थित ट्रमा सेन्टर निर्माणको काम धमाधम भइरहेको छ। ट्रमा सेन्टरको जग निर्माण सम्पन्न गरी ‘स्ट्रक्चर’ बनाउन सुरु गरिएको छ। २९ करोड २३ लाख १७ हजार लगानीमा ट्रमा सेन्टर भवन बन्दै छ। सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो। लामा एन्ड गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालिले भवन निर्माण गरिरहेको छ। सो आयोजना निर्माणका लागि २०७७ साल चैत २४ गते सम्झौता भएको थियो। २०७८ वैशाख ३ गतेबाट काम सुरु गरेको कम्पनीले आगामी वर्ष असार ३ गतेभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ।
सम्झौताअनुरूप काम गर्दैनन् गैसस
पाल्पाका अधिकांश स्थानीय तहले गैरसरकारी संस्थासँगको साझेदारी कार्यक्रमहरू आफूखुसी सञ्चालन गरेको पाइएको छ। यहाँका छवटा स्थानीय तहले ‘हेफर प्रोजेक्ट नेपाल’ नामक संस्थासँगको साझेदारीमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका हुन्। हेफरसँग तीन वर्षअघि भएको साझेदारीमा कृषि, पशु विकास तथा उद्यमशीलता विकास परियोजना सञ्चालनमा छ। सो परियोजनामा गैरसरकारी संस्थाले २५ प्रतिशत लगानी बेहोर्ने उल्लेख छ तर हेफर प्रोजेक्टले परियोजना सञ्चालनका लागि कुनै पनि रकम लगानी नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। हेफर प्रोजेक्टले आफ्नै कर्मचारीलाई तलबभत्ता र तालिम दिएको खर्चलाई साझेदारी रकम देखाउने गरेको पाइएको छ।
सुक्खाग्रस्त क्षेत्रमा खाद्यान्न अभाव
धान खेतीको समयमा वर्षा नहुँदा रोपाइँ हुन नसकेको बाँकेको नरैनापुर गाउँपालिकामा खाद्यान्नको अभाव हुन थालेको छ । स्थानीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको सो गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्न अभाव भएको भन्दै राहत माग्न आउनेको सङ्ख्या बढ्दै गएको सो गाउँपालिकाले जनाएको छ ।
कफी प्रशोधन उद्योग निर्माण
गुल्मीको सत्यवती गाउँपालिका, ठूलो लुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समूहलाई कफी प्रशोधन उद्योग तथा मेसिन औजार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, गुल्मीले मिश्रित कफी उत्पादक कृषक समूहलाई २३ लाख ५३ हजार ३१६ रुपियाँको कफी प्रशोधन उद्योग निर्माण गरिदिएको हो ।
कपिलवस्तु कारागारबाट ६ जना कैदी रिहा
संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका ६ जना कैदी सोमबार रिहा भएका छन् । कैद मिनाहा भएका सबै कैदी कपिलबस्तुका रहेका छन् ।