नागरिकता बनाउन दुई महिनापछि पालो
नागरिकता बनाउनेको चाप बढेपछि कपिलवस्तुको इलाका प्रशासन कार्यालय चन्द्रौटामा दुई महिना पालो कुर्ने बाध्यता भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने क्रममा स्टिकर नभएका, पुरानो भएका, अक्षर नबुझिने खालका नागरिकता परिचयपत्रको सिस्टमले नलिएपछि प्रतिलिपि बनाउने चाप बढेको हो ।
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डखण्ड अवरुद्ध
गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
बौद्ध शिक्षा पढ्न भन्दै भारत पुगेका १६ बालबालिकाको उद्धार
बौद्ध शिक्षा पढ्न भन्दै भारत पुराइएका १६ जना बालकको उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृह नेपाल र भारत देहरादुनको हेल्थ क्रस संस्थाको सहयोगमा भारतको कर्नाटकको बौद्ध विहार पुराउन लगेको अवस्थामा उत्तर प्रदेशबाट ती बालकको उद्धार गरिएको हो ।
कर्मचारीकाे छैन काम गर्ने जाँगर, चल्छ प्रशासन प्राविधिककाे भर
जिल्लाको केही स्थानीय तहहरूले प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा लगाएका छन् । पशु प्राविधिक, स्वास्थ्य क्षेत्रका प्राविधिक कर्मचारी तथा कृषि प्राविधिकलाई प्रशासनिक काममा लगाएको बताइकाे छ ।
प्रहरीद्वारा बुधबार ४६ जना फरार आरोपी पुनः गिरफ्तार
जिल्ला प्रहरीका कार्यालय स्याङ्जाले एकै दिन ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । ५ वर्षको अवधिमा विभिन्न मुद्धाका फरार प्रतिवादीहरुलाई बुधबार एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।
आयुर्वेद स्वास्थ्य विस्तार गरिँदै
सङ्घीय संरचनासँगै स्थानीय तहमा पनि आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुग्न थालेको छ। प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्रसँगै नागरिक आरोग्य केन्द्र, औषधालय, विस्तारित सेवा केन्द्रबाट सेवा प्रवाह गरिएको केन्द्रका निमित्त प्रमुख शिशिर पोखरेलले बताउनुभयो। “पहिले जिल्लाको तीन ठाउँबाट मात्र यो सेवा उपलब्ध थियो,” उहाँले भन्नुभयो, “अहिले सरुमारानी गाउँपालिकाबाहेकका पालिकामा सेवा पुगेको छ।” गएको दुई आर्थिक वर्षमा स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना भएका हुन्।
एक कर्मचारी, दुई कार्यालय
पाल्पा अस्पतालमा अहेवका रूपमा कार्यरत स्वास्थ्यकर्मी अरुण कार्कीले दुईवटा सरकारी कार्यालयबाट तलब भत्ता बुझ्ने गरेको पाइएको छ। उहाँले पाल्पा अस्पताल र तानसेन नगरपालिकाबाट एकै समयमा हाजिर गरी तलब बुझ्ने गर्नुभएको हो। विगत पाँच वर्षदेखि अस्पतालमा कार्यरत कार्की गत वर्षको फागुनदेखि तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा पनि कार्यरत रहेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो।
निर्माण कार्य अधुरो छाड्नेलाई कारवाही हुन्छ : मन्त्री राई
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने बताउनुभएको छ । बाँकेको जानकी गाउँपालिका –३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
बुटवलमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार
बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनि टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको हो ।
अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ ।
नवौं राष्ट्रिय खेलकुदका लागि असोज ८ देखि नेपालगञ्जमा छनोट प्रतियोगिता
पौडी छनोट खेलका लागि तयारी अवस्थामा रहेको देशकै दोस्रो ठूलो पौडी पोखरी । तस्विर - सिराज खान । नेपालगञ्ज
क्याट–वाकको लयमा आहारा खोज्दै जल अप्सरा (फोटो फिचर)
चिरिच्याट्ट परेको जिउ डाल । लामो पुच्छर जस्तो देखिने प्वाँख । कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । ‘जल अप्सरा (पिजन्ट टेल्ड ज्याकाना)’ लाई देखेपछि जो सुकैलाई पनि मोहित बनाउँछ । अहिले प्रजनन्को समय भएकाले प्रकृतिले अझ सिङ्गारिएको हुन्छ ।
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे ।
राजनीतिक विवादले एम्बुलेन्स सेवा बन्द
नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच चालकका विषयमा कुरा नमिल्दा पाणिनि गाउँपालिकाको दुइटा एम्बुलेन्स विगत पाँच महिनादेखि बेवारिसेजस्तै बनेका छन्। ती एम्बुलेन्सको चालक नियुक्तिका लागि एमाले र कांग्रेसले आ–आफ्नै दाबी गरेसँगै बिरामी बोक्ने एम्बुलेन्स आफैँ थला परेका हुन्। पालिकाको अघिल्लो कार्यकालमा खरिद गरिएका ती एम्बुलेन्सहरू मैदानमा अलपत्र छन्। चालक पुरानै राख्ने वा नयाँ नियुक्त गर्ने विषयमा सहमति नहुँदा सञ्चालनमा समस्या भएको पालिका प्रवक्ता एवं ७ का वडाध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो।
मोतीपुर औद्योगिक क्षेत्र विवाद ड्रोनबाट जग्गा नापजाँच
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने र कसैलाई पनि विस्थापित नगर्ने गरी हालै मात्र गृहमन्त्री बालकृष्ण खाणको पहलमा कार्यदल बनेको थियो । सो कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो ।
औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने सहमति
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।
मदन भण्डारी राजमार्गमा पुल नहुँदा सास्ती
मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा खोला मार्गमा परिणत भएको छ । सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ ।
युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नम्बर १ बाट सिफारिस
मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ ।
पुरानै अनुहार दोहोर्याउँदै छन् पार्टी
मङ्सिर ४ गतेलाई निर्धारित प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक पार्टीहरूले पुरानै अनुहारलाई उम्मेदवारमा सिफारिस गरेका छन्। मतदाताले युवा तथा नयाँ अनुहारको आशा गरे पनि गुल्मीमा भने नयाँ अनुहार देख्न नपाउने आधार स्पष्ट भएको छ। पार्टीहरूले पुरानै नेताहरूलाई केन्द्र र प्रदे
चार लेन सडक निर्माणमा ढिलाइ
बबईदेखि तुलसीपुरसम्मको चार लेन सडक निर्माण कार्यको अवधि सकिएको एक वर्ष पुगेको छ तर सडक निर्माणको १० प्रतिशत मात्रै उपलब्धि देखिएको छ। २०७५ माघ १४ गते सम्झौता भई २०७८ जेठ ६ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। करिब २८ किलोमिटर रहेको यो सडकखण्डमा सहरी क्षेत्रमा चार लेन र अन्यत्र दुई लेन रहेको छ। भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालयका अनुसार एक अर्ब रुपियाँ बजेट लागतमा सम्पन्न गर्न आयोजना सुरु भएको थियो।
खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती
रुपन्देही सैनामैनाको ईगुरिया खोलामा पुल नबन्दा मानवीय क्षति भइरहेको छ । सो खोला तर्नेक्रमा पन्ध्र वर्षमा १० जनाको ज्यान गएको स्थानीयको भनाई छ । गत चार बर्षअघि रुपन्देही सैनामैना नगरपालिका ४५ वर्षिय हरिहर मल्लाह ७ बर्षिया छोरी लिएुर घर फर्किदा सो खोलाले बाउछोरीलाई बगाएको थियो । खोलामा पुल नहुँदा जोखिम मोलेर तर्नुको बिकल्प नरहेको स्थानीयले बताएका छन् ।
पाल्पा र स्याङ्जाको सङ्गम राम्दीमा नयाँ पुल बन्दै
पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ पुल बन्ने भएको छ । लुम्बिनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्गका रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी धाममा नयाँ पक्की पुल बन्न लागेको हो ।
लगानीकर्ताको खोजीमा अर्जुन सरोवर
दाङको अर्जुन खोलामा ड्याम बाँधेर सरोवरको रुपमा विकास गर्ने योजना जति चर्चा भए पनि कामको सुरुवात हुन सकेको छैन । लमही नगरपालिका र यस क्षेत्रका अगुवाको पहलमा अर्जुन क्षेत्रको रुपमा विकास गर्ने गरी प्रारम्भिक स्थलगत अध्ययन पनि भएको छ ।
बाघको आक्रमणबाट एकको मृत्यु
बाँके र बर्दिया निकुञ्ज वरिपरिका क्षेत्रमा आएर बाघले मानिसमाथि आक्रमण गर्नेक्रम छोडेको छैन । बर्दियामा बाघको आक्रमणबाट स्थानीय झुठारु थारूको मृत्यु भएको छ ।