‘निर्वाचन क्षेत्रमा नयाँ योजना ल्याउँछु’
सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ देउखुरीमा ठूला र महत्त्वाकाङ्क्षी योजना ल्याउने बताउनुभएको छ। उहाँले पोडवे, कोरिडोर, केबलकार, सुरुङमार्ग र नयाँ विमानस्थल जस्ता योजना ल्याउने बताउनुभएको हो। दलित सचेतना अभियानको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालमै पहिलो पटक अभ्यास गर्ने गरी पोडवेको परिकल्पना गरिएको बताउनुभयो।
एक प्रहरी जवानको मृत्यु, डीएसपीसहित पाँच घाइते
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज शनिबार दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको थियो ।
रासायनिक मलका लागि सरकारले १६ अर्ब अनुदान छुट्याएको छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रुपियाँ रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ ।
पोखरा विमानस्थलको दुई प्रतिशत मात्र काम बाँकी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गत चैतमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । चैत महिनामै हस्तान्तरण गरिए पनि आयोजनाको दुई प्रतिशत काम भने अझै बाँकी छ । बाँकी काम सम्पन्न गरेर सन् २०२३ जनवरी १ तारिखमा विमानस्थल सञ्चालनमा ल्याउने योजना छ ।
लागू पदार्थको विक्री वितरण र सेवनको गढ बन्दै कोहलपुर
नेपाल–भारत नाकाको जमुनाहा र नेपालगञ्जमा लागूऔषध ओसारपसार, सेवन र विक्रीमा अत्यधिक कडाइ गरिएपछि कोहलपुर लागू पदार्थको गढ बन्न पुगेको छ ।
सुरही खोलामा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज
नारद कोहारतौलिहवा, साउन २८ गते । कपिलबस्तुको शिवराज नगरपालिका -१ सुरही खोलामा शंकास्पद वस्तु फेला परेको छ । गर्मी छल्न पौडी खेल्न गएका स्थानीयहरूले शङ्कास्पद बम जस्तो देखिने वस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरही पुल नजिकै फेला परेको सो वस्तुलाई नेपाली सेनाले शनिबार डिस्पोज गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई केही समय अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।ठूलो आवाजमा डिस्पोज भएको उक्त वस्तु फेला परेर ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुरबहादुर खड्काले बताउनुभयो । शुक्रबार जानकारी प्राप्त भएको र शनिबार बिहान गोरुसिङ्गेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले सो वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।तत्कालीन द्वन्द्वकालमा उक्त वस्तु त्यहाँ छुटेको हुनसक्ने अनुमान गरिएकाे छ । सुरक्षालाई मध्यनजर गरी उक्त वस्तु डिस्पोज गरिएको उहाँले बताउनुभयो ।
परीक्षा दिन आउने परीक्षार्थीलाई बस्ने समस्या
शिक्षकको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि परीक्षा दिन कपिलवस्तु आएका परीक्षार्थीलाई कपिलबस्तुमा बास बस्न समस्या भएको छ । विभिन्न जिल्लाबाट लाइसेन्स परीक्षा दिन आएका अधिकांश परीक्षार्थीले सो समस्या भोग्नुपरेको हो ।
घरमै गएर घटना दर्ता गर्दै नगरपालिका
जिल्लाको रेसुङगा नगरपालिकाले घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने अभियान चलाएको छ । नगरपालिकाले यस आर्थिक वर्षमा लिएको नीति तथा कार्यक्रमअनुसार नागरिकको घरमै गएर ब्यक्तिगत घटना दर्ता गर्ने कार्यक्रमलाई अभियानकै रुपमा चलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो ।
जीप दुर्घटनामा प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
बेल र गुडरुङ नदीको कटानले दरखसवा गाउँ उच्च जोखिममा
कपिलबस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण वर्षौंदेखि दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा छन् । दुवै नदीले पुर्व र पश्चिमबाट वर्षौंदेखि गाउँबस्ती नजिकै कटान गरे पनि नदी नियन्त्रणको खासै प्रयास नहुँदा स्थानीय बासिन्दा वर्षाको समयमा रातभर जाग्राम बस्न बाध्य भएको बताउँछन् ।
संस्कृति धान्दै छन् युवा
दाङको लमही नगरपालिका–५ निवासी प्रेम कालाथोकी शुक्रबार बिहानै नदीमा पुगेर अग्रजको सिको गर्दै नुहाउन थाल्नुभयो । अघिपछिका नुहाइ र शुक्रबारको नुहाउने प्रक्रिया नै फरक । “जनैपूर्णिमाको नुहाउने प्रक्रिया नै फरक हुँदो रहेछ, नुहाउँदा साबुन स्याम्पुभन्दा जौ, तिल, खरानी, दुबो, पाती, गोबर लगाउनुपर्ने मन्त्र वाचन गर्ने अग्रजले जसो गर्नुहुन्छ, त्यही गर्दै नुहाइयो,” प्रेमले भन्नुभयो । परम्परा र संस्कृति लोप हुने अवस्थामा गइरहेका बेला केही वर्षयता युवापुस्ताले पनि परस्परा, संस्कृति र अध्यात्मतर्फ चासो बढाउन थालेका छन् । पुराना पुस्ताको सिको गर्दै नयाँ पुस्ताले संस्कृति धान्न थालेकोप्रति अग्रज पनि खुसी देखिन्छन् ।
ट्राफिक प्रहरीले थाल्यो तीव्र गतिमा चल्ने सवारीलाई कारबाही
ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन “राडार गन”ले तीव्र गतिमा चलाउने सवारी साधनलाई कारवाही गर्न थालेको हो । करिब एक किलोमिटर टाढाबाट नै तीव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ ।
बाँकेको नरैनापुर गाउँपालिका सुख्खा क्षेत्र घोषणा
लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा धान रोपाईलगायत पानीको अभावमा अन्य खेतीबारी हुन नसकेपछि बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन भीड
राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले बारअनुसार स्थानीय तहको तालिका बनाएको छ । दैनिक ४० जनाले सेवा लिने गरी टोकन व्यवस्था गरेर कार्यालयले सेवा दिए पनि सेवाग्राहीले भने परिचयपत्र बनाउन सास्ती भोग्दै आएका छन् । “४० जनाको टोकन हुँदो रहेछ, एक जना सेवाग्राहीले भन्नुभयो, प्रशासनमा आइपुग्दा टोकन सकिएको हुन्छ,” राह
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल
बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ ।
बाँकेमा ८३ जना सक्रिय संक्रमित, दैनिक सङ्क्रमित बढ्दै
पछिल्लो समय बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । अहिले बाँकेमा ८३ जना सक्रिय संक्रिमतको संख्या पुगेको छ । केही दिन यता दैनिक संक्रमित फेला पर्नेक्रम बढ्दैगएको छ ।
सडक निर्माण सम्पन्न नहुँदा आवतजावत गर्नेलाई सास्ती
नारायणगढ–बुटवल पूर्ब–पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्ड विस्तारको काम कछुवा गतिमा चलिरहेको छ । यसले सडक वरिपरिका बासिन्दालाई बढी सास्ती भएको छ । सो सडकखण्ड भएर आवतजावत गर्नेलाई पनि दुःख भएको छ । घाम लाग्दा धुलोको समस्या र पानी पर्दा हिलोको समस्याले स्थानीयहरु पीडित भएको बताएका छन् ।
रामपुर अस्पतालले नयाँ भवनबाट सेवा दिएपछि बिरामीलाई सहज
रेखीराम रानापाल्पा, साउन २६ गते । पुरानो भवनबाट सेवा दिँदै आएको जिल्लाको पूर्वी भेग रामपुरमा रहेको रामपुर अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको छ । वि.स. २०७२ सालमा ५० शैय्याको रुपमा स्तरोन्नति भएको अस्पतालको व्यवस्थित भवन नहुँदा पुरानै भवनबाट सेवा दिइएको थियो । नेपाल सरकारको १८ करोड ५० लाख रुपियाँको लागतमा अस्पतालको नयाँ भवन बनेपछि सेवा सोही भवनबाट सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७२/७३ को पुसबाट निर्माणकार्य सुरु गरिएको भवन ढिला गरी सम्पन्न भएपछि सेवा सुचारु गरिएको उहाँले बताउनुभयो । भवनको बाहिर ट्रस र भुइँमा टायल बिछ्याउने काम अझैँ बाँकी छ । बाँकी काम समेत आगामी असोजभित्र सकिने अस्पतालले जनाएको छ । नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेलले जानकारी दिनुभयो । नयाँ भवनमा बहिरङ्ग सेवा सुरु गरेपछि दैनिक एक सयभन्दा बढी सेवाग्राही थपिएको उहाँले बताउनुभयो । नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीको सङ्ख्या समेत बढेको अस्पतालले जनाएको छ । नयाँ भवनको पहिलो तल्लामा सञ्चालन भएको सेवा नागरिकले सहज रुपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानीलगायतको सुविधा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
ग्रामीण भेगलाई सडक सञ्जालमा जोड्ने पक्की पुल
पुल नभएर सास्ती खेप्दैआएका कपिलवस्तुका ६ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीयहरु लाभान्वित भएका छन् । लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटर सम्मका पुल निर्माण भएका छन् ।
गुल्मीमा कोरोना संक्रमण सय नाघ्याे, एकै दिन ३३ जनामा संक्रमण पुष्टि
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । बुधबार मात्रै गुल्मी जिल्लामा ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । बुधबार ७७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । यो सङगै जिल्लामा कुल सक्रिय संकमितको संख्या ११२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
लेकमा गोठालाको रमझम
वरिपरि गोठै गोठको छरछिमेक। चारैतिर हरियाली तथा मडारिएको कुहिरो। चरीको चिरबिर आवाज, गोठालाहरूले बजाउने बाँसुरीको सुरिलो धुन। गाईभैँसी, भेडा/बाख्रा र घोडा/खच्चड चरनमा सराबरी। एउटा छुट्टै समाज, एउटा पृथक संस्कार। मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरूको यायावर (फिरन्ते) जीवनजस्तो लाग्ने फरकपन। विश्व आधुनिक पुँजीवादी युगमा प्रवेश गरेको छ तर यहाँका अधिकांश मानिस पुरानै पेसामा रहेका छन्। मौसमअनुसार पशुचौपायलाई लेक/बेँसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यहीँ पुगेर बस्तुभाउ चराउँछन्। लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको जनजीवन सकसभित्र हर्षका भाव अनुभूति गरी यसरी नै चलिरहेको छ।
गोरखापत्रकर्मी कोहार सम्मानित
गोरखापत्रका तौलिहवा समाचारदाता नारद कोहार विकास पत्रकारिता पुरस्कार २०७९ बाट नगदसहित सम्मानित हुनुभएको छ । कपिलबस्तु नगरपालिकाले नगरको समग्र विकासमा पत्रकारिताको माध्यमबाट सहयोग गरेकाले उहाँलाई सम्मानित गरेको नगर प्रमुख सुदीप पौडेलले जानकारी दिनुभयो ।
वर्षौंदेखि थन्किाएका विद्युतीय गाडी दशैंअघि नै चलाइने
वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैं अगावै सञ्चालनमा आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ । विद्युतीय गाडी सञ्चालन गर्न बनेको कार्यदलले अहिले आफ्नो कामलाई तीव्रता दिएसँगै गाडी सञ्चालनको आशा पलाएको छ ।
छोरीसँग प्रेम गर्नेलाई शिक्षकले कुटे
दाङमा छोरीको प्रेमीलाई घरमा बोलाएर एक जना शिक्षकले निर्घात कुटपिट गरेका छन् । विद्यार्थी कुट्ने छोरीका बुवा पाटेश्वर यादव लगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।