बजार क्षेत्रका सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुर नगरपालिकामा धमाधम सडक स्तरोन्नति भइरहेको छ । कालीगण्डकी बेँसीको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बेझाँड बजार, बसपार्क र आसपासका क्षेत्रका नौ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र गतिमा चलेको हो ।
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु. ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ ।
नवलपरासीसहित तराई तथा मधेसमा आज होली मनाइँदै
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
टरिगाउँमा आउनै छाड्यो विमान
विसं २०११ देखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा पछिल्ला दुई महिनादेखि उडान रोकिएको छ ।
अनुगमन अभावमा बढ्दै सहकारी समस्या
स्थानीय तहले प्रभावकारी नियमन र अनुगमन नसक्दा सहकारी संस्थामा समस्या देखिन थालेको छ । गाउँपालिका र प्रदेश सरकारमातहतमा रहेका सहकारी संस्थामा नियमित अनुगमन र नियमन हुन नसक्दा पाल्पाका दुई वटा सहकारीको समस्या बाहिर आएको छ ।
गण्डकी कोरिडोरले बदल्यो जीवनचर्या
कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीका शोभाखर न्यौपाने (बाबुराम) ले एक दशकभन्दा बढी काठमाडौँमा बसेर होटल व्यवसाय गर्नुभयो ।
‘सार्वजनिक जीवनमा महिला’ फोटो प्रदर्शनी हुँदै
‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी फोटो प्रदर्शनी नेपालगन्जमा हुनेभएको छ । फोटो प्रदर्शनीबारे बिहीबार नेपालगन्जका सरोकारवालासँगको छलफल तथा भेटघाट गरिएको छ ।
‘ढुरहेरी’ को चीर दहन गर्दै थारू समुदाय
आज पहाडी क्षेत्रमा देशभर होली मनाइरहेका बेला तराईका थारू समुदायले चीर दहन गर्दैछन् । प्रकृति र भूमिसँग रमाउने भएकाले थारू समुदायको प्रकृतिसँग अत्यन्त नजिक सम्वन्ध रहेको अगुवाहरुको भनाइ छ ।
बाँके खजुराको एउटै वडामा १४ जना क्यान्सरका बिरामी भेटिए
जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग पहिचानका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँचका क्रममा १४ जना पाठेघर सम्बन्धी क्यान्सरका शंकास्पद बिरामी महिला भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराले जनाएको छ।
कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो
बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ ।
मौलिक फागु संरक्षणमा जुट्दै स्थानीय
लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् ।
चिडिमार र खटिक समुदायका लागि पक्की घर निर्माण
बाँकेको कोहलपुर नगरपालिका १४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अब पक्की घर पाउने भएका छन् ।
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबिच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पीडित पक्षद्वारा पूर्व पश्चिम राजमार्ग बन्द
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) फागुन२९ गते । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरिगाउँ चिसापानी सडक खण्डको बलाती भन्ने स्थानमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गराएका छन् । मानव वन्यजन्तु न्यूनीकरणका लागि दिगो समाधान खोज्नुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध गरेको स्थानीयवासीले जनाएका छन् । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरू ठप्प भएका छन् । सडक सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको छ । यता सडक अवरुद्ध खुलाउनका लागि स्थानीयसँग वार्ता गरी सडक खुलाउने प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, प्रशासन र स्थानीयवासी बिच वार्ता गरी राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनु भयो । गए राती ठाकुर बाबा नगरपालिका वडा नं २ बलातीका ७१ वर्षीय बोलीराम थारूको मृत्यु हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । रातीको समयमा घर छेउको खेतमा हात्तीले गहुँ खाई रहेको थाहा पाएपछि धपाउन बाहिर निस्किएका थारूलाई हात्तीले गर्दा मृत्यु भएको थियो ।अवरुद्ध राजमार्ग र मृतकको शव । तस्बिर: गोरखापत्र
होलीका लागि विशेष सुरक्षा सतर्कता
लुम्बिनी प्रदेशका जिल्लामा होलीका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका सबै जिल्लामा होलीका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने गरी विशेष सुरक्षा व्यवस्था अपनाइएको हो ।
गाउँ छाड्न मान्दैनन् वृद्धवृद्धा
उमेरले ८४ वर्ष पुग्नै लाग्नुभएका गुल्मी कालीगण्डकी–७, भुर्तुङका यमबहादुर गुरुङलाई गाउँ छाड्नै मन छैन । उहाँलाई सहरमा बस्न नपुगेर होइन, उहाँका चार जना छोरामध्ये एक जना भारत र अन्य तीन जना बुटवललगायतका सहरमा बस्नुहुन्छ ।
होली मिलनको तयारी
रुपन्देहीका थारू समुदायले हरेक वर्ष जस्तै यो वर्ष पनि होलीलाई उल्लासमय बनाउन होली मिलनको तयारी सुरु गरेका छन् ।
रोजगारी कार्यक्रम सञ्चालन
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरूका लागि नेपालगन्जमा एक सय दिनको न्यूनतम रोजगारी कार्यक्रम सञ्चालन गरिएको छ ।
कपिलवस्तु –११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकप उपाधि
कपिलवस्तु–११ ले सैनामैनाको मुर्गियामा भैरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउन खोज्नेलाई छुट नदिइने बताउनुभएको छ । उहाँले त्यस्ताविरुद्ध सडकबाट भण्डाफोर अभियान चलाउनेसमेत बताउनुभयो ।
साइकल दौडमा सागर र एन्जिला पहिलो
दाङको राप्ती गाउँपालिकाले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा बुधबार साइकल दौड प्रतियोगिता गरेको छ ।
एसइई परीक्षा : दाङमा ४७ परीक्षा केन्द्र निर्धारण
दाङमा एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय दाङका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष एसइई दिने एक हजार तीन सय ५६ जना विद्यार्थीको सङ्ख्या वृद्धि भएको हो ।
महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियु कार्यसमिति सर्वसम्मत
साविक राप्तीको जेठो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस दाङको स्ववियुका अध्यक्षमा दिपेशकुमार डिसी सर्वसम्मत चयन हुनुभएको छ। पाँच विद्यार्थी सङ्गठनको सहमतिमा अध्यक्षमा नेविसंंघका नेता डिसी अध्यक्षमा चयन हुनुभएको हो।
घोडाघोडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन कार्यक्रम स्थगित
कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशनपछि नेपाल विद्यार्थी संघले सहमति अनुसार माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीसहितको नामावली प्रकाशन गरेको आशङ्का गर्दै फागुन २६ गते निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो ।