जसलाई महिला दिवसले छोएन.......
पाल्पा, फागुन २५ गते । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उहाँको बाध्यता हो ।झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उहाँको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उहाँले बताउनुभयो । तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिनुभएकी कुमालले भन्नुभयो, “महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।” यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उहाँले दैनिकी गुजारिरहनुभएको छ । “बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु”, शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।” तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आउनुभएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किनुभयो । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्नुहुन्छ । “भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ”, कुमालले भन्नुभयो ।यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आउनुभएको छ । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले अन्तरराष्ट्रिय महिला दिवसबारे सुन्नुभएका छैन । “हामीलाई त कामबारे मात्रै थाहा छ”, उहाँले भन्नुभयो । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आउनुभएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउनुहुन्छ । दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उहाँ भन्नुहुन्छ, “महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु रु एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।”जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन । श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।
बजार अनुगमन अब गाउँमा पनि
गुल्मीमा पहिले सहर बजार मात्रै केन्द्रित हुने गरेको बजार अनुगमन अहिले ग्रामीणस्तरमा पनि हुन थालेको छ । गाउँमा कमजोर अनुगमनको फाइदा उठाउँदै सहरबाट म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तुहरू गाउँमा पठाउने गरेको गुनासो बढ्दै आएपछि अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ ।
थारु पत्रकार संघको अध्यक्षमा सन्तकुमार चयन
थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । संघको शनिवार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि हुनुभएको हो । यसअघि उहाँ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
राइजिङ्ग स्टारले चुम्यो कोहलपुर गोल्डकप
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि राइजिङ्ग स्टार फुटबल क्लबले जितेको छ ।
मणिमुकुन्दलाई खुमबहादुर खड्का स्मृति भलिबल उपाधि
चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।
फोटो खिचेरै मासिक ३० हजार आम्दानी
कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशाेक लगायतका लहरै हरिया रुखहरू। हरेक दिन बिहान १० बज्ने वित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना युवाहरुको एक हुल आइपुग्छ न्यू रोडमा।
यो गठबन्धन निर्वाचनसम्म रहन्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहेको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसमा गोरखापत्रकर्मी गिरी सम्मानित
११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिद्वारा गोरखापत्रकर्मी साबित्री गिरी सम्मानित हुनुभएको छ ।
सरकार सबै पेसाकर्मीलाई प्रोत्साहित गर्दै अघि बढ्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आह्वान गर्नुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट पार्नु भएको हो ।
नेपाल भारत सिमानामा प्रहरीको संयुक्त गस्ती
बाँके जिल्लास्थित नेपाल भारत सिमानामा शान्ति सुरक्षा बलियो पार्नुका साथै अवैध आयात निर्यात र अपराधिक गतिविधि रोक्न प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेको छ।
बाँकेमा आठ वटा पुलमा बजेट अभाव
चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपियाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपियाँ मात्रै विनियोजन भएको छ ।
दूधको अवैध ओसारपसारले किसान मर्कामा
नेपालगञ्ज, फागुन २४ गते । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसान मर्कामा परेका हुन् । दुग्ध उत्पादक सङ्घका केन्द्रीय सदस्य इन्द्रप्रसाद लुइँटेलले खुला सीमा क्षेत्रबाट दैनिक एक हजार लिटर दूध अवैधरूपमा आयात भएको जिकिर गर्दै तत्काल यसको अन्त्य गर्न माग गर्नुभयो । “किसानले उत्पादन गरेको दूधबाट व्यापारीलाई भन्दा किसानलाई फाइदा हुनुपर्छ तर भारतबाट आएको अवैध दूधले यहाँको उत्पादनलाई विस्थापन गरेको छ”, उहाँले भन्नुभयो । लुइँटेलले रू ३० देखि ५० सम्ममा भारतबाट भित्रिएको अवैध दूधको मूल्य रहेको जानकारी दिँदै भारतबाट आउने कम गुणस्तरीय दूध सेवनबाट स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो । उत्पादनका आधारमा राज्यले सुविधा दिएर किसानलाई प्रेरित गर्न आग्रह गर्दै उहाँले अवैध रूपमा भित्रिएको दूधबाट राज्यले कर पनि नपाएको र किसान पनि मर्कामा परेको गुनासो गर्नुभयो । “कर्मचारीले नदेखेजस्तो गर्ने र प्रहरी पनि थाहा नपाएजस्तो गरेर अवैध दूधको आयात भइरहेको छ”, लुइँटेलले भन्नुभयो । लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीले दूधको अवैध ओसारपसार प्रहरी र कर्मचारीबीच समन्वय र सहकार्यमा जोड दिँदै नागरिकका हैसियतले कर्तव्य र दायित्व पूरा गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले अहिलेसम्म विभिन्न अभ्यास भएको तर त्यो पर्याप्त नभएकाले त्यसलाई नयाँ ढङ्गले छलफल गरेर न्यूनीकरण गर्न प्रयास गरिने बताउनुभयो । दुग्ध व्यवसायी पूर्णप्रसाद अधिकारीले भन्नुभयो, “दूधको व्यवस्थापन गर्न राज्यले नसक्ने हो भने पशुपालन पनि बन्द गरौँ ।” बाख्रापालक व्यवसायी प्रेमराज सुवेदीले पशुपालनको महत्त्व राज्यले बुझ्न नसकेको आरोप लगाउँदै पशुपालनबाट माटोको संरक्षण भइरहेको बताउनुभयो । “अखाद्य र रासायनिकतत्वले माटाको उर्वराशक्ति कमजोर भएको छ तर पशुपालनबाट त्ससको संरक्षण हुँदै आएको छ”, उहाँले भन्नुभयो ।
लैङ्गिक समानताको लागि सरकार प्रतिबद्ध: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनु भएको छ । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको हो ।
बिरानो बने पातका सुसेली..
कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हात हातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने प्रतियोगिता नै सञ्चालन गरेर यस्तो कलाको संरक्षण अभियान थालिएको छ । प्रतियोगिता हेर्न पुगेका बुढापाका आफ्नो विगत सम्झिएर रमाएका छन् ।
सबैभन्दा ठुलो चक्ला वन बाँकेमा
देशकै सबैभन्दा ठुलो चक्ला वन बाँकेमा रहेको छ । डिभिजन वन कार्यालय बाँकेका अनुसार जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ र ८ मा पर्ने शमशेरगन्ज–माधेवास चक्ला वन देशकै सबैभन्दा ठुलो
मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन घाइते
तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा
गुल्मीको रेसुङ्गा नगरपालिका-३, भाडगाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु गरिएको छ ।
बुटवलमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम
बुटवल उपमहानगरपालिका–११स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडक खण्डमा पर्ने प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।
‘दुर्घटना न्यूनीकरणका लागि सबै सचेत हुनुपर्छ’
बाँकेको नेपालगन्जमा शुक्रबार बिहान दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि बृहत् ट्राफिक सचेतना र्यालीको आयोजना गरिएको छ ।
स्रोत नखुलेको २८ लाख ९० हजार रकमसहित चार जना पक्राउ
इलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगङ्गा नगरपालिकाबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपियाँ बरामद गरेको छ ।
चोरीमा संलग्न चार जना पक्राउ
दाङमा प्रहरीले सुनका गरगहना चोरीसँगै बिक्रीवितरणमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
तीन दिन भयो, निभाउनै मुस्किल
तीन दिनदेखि लागेको डढेलोले पाल्पाका चार सामुदायिक वनमा ठुलो क्षति पुर्याएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ र २ स्थित चार सामुदायिक वनमा तीन दिनदेखि लागेको डढेलोले १६८ हेक्टर वन क्षेत्र सखाप बनाएको छ ।
मोतीविन्दुको शल्यक्रिया
तिलगङ्गा आँखा अस्पताल काठमाडौँका चिकित्सकको टोलीले बाँकेको कोहलपुरमा ४४२ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।
अवैध उत्खनन र ओसारपसार
गत केही समययता बाँके जिल्लामा नदीजन्य पदार्थको अवैध दोहन र ओसारपसार बढेको पाइएको छ ।