वालिङ-चापाकोट जोड्ने पक्की सडक
स्याङ्जाको वालिङ-७, केवरेस्थित वालिङ-चापाकोट जोड्ने पक्की सडक र सडकको आसपास खेतमा रोपिएको धान बाली ।
उच्च र कास्की जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट
उच्च अदालत पोखरा र कास्की जिल्ला अदालत दुवैको मुद्दा फर्छ्यौट दर बढेको छ । उच्च अदालतमा आर्थिक वर्ष ०८१/०८२ मा ७८ दशमलव शून्य सात प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । यो पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा बढी हो ।
छुट्टियो फेवाको तालघर, गाडिए ६११ पोल
पर्यटन राजधानी पोखराको फेवातालमा पानीको उच्च सीमा (फ्लोड लेभल) छुट्टिएको छ । बर्खामा पानीको उच्च सीमा पहिचान गरी ताल परिधिको करिब १६ किलोमिटरमा छ सय ११ भौतिक पोल गाँडेर ताल क्षेत्र (तालघर) यकिन गरिएको हो ।
अघि बढेन नमुना सदरमुकामको काम
नयाँ जिल्ला घोषणा भएपछि नवलपरासीपूर्वको कावासोतीमा नमुना सदरमुकाम खडा गर्न शिलान्यास गरिएको सात वर्ष पुगिसक्दा पनि कामले गति लिन सकेको छैन । जम्मा चार वटा भवन बन्न सुरु भएकोमा हालसम्म थप कुनै प्रगति हुन नसकेको हो ।
बर्खाभरि सताउने फापरखेतको पहिरो
बेनी नगरपालिका–४, फापरखेत र मङ्गला गाउँपालिका–२, सिमलचौरको सिमाना पर्ने फापरखेतको पहिरोले यहाँका बासिन्दालाई बर्खाभरि सताउने गरेको छ । आकाश मडारिनै लाग्दा पहिरो झर्छ र आवतजावत रोकिन्छ, बेनी–दरबाङ सडकखण्ड नै बन्द हुन्छ ।
मुस्ताङको थासाङमा सुविधासम्पन्न प्रशासकीय भवन बन्ने
तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक ३० कोठको तीन तले नयाँ सुविधासम्पन्न प्रशासकीय भवन बन्ने भएको छ ।
जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यात्रा सहज
गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्ध भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुङ्गा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुङ्गामुढा ल्याएर थुपारेपछि यातायात चल्न सकेन ।
बाउन्न हेक्टरमा सिँचाइ सुविधा विस्तार
यहाँस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।
आयुर्वेद चिकित्साः फाइदा धेरै प्रचार थोरै
बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधासम्वन्न अस्पताल धाइरहेकै छन् ।
बाँझै जमिन भाडामा लिएर व्यावसायिक अकबरे खुर्सानी खेती
स्याङ्जाको वालिङ नगरपालिका–१२ की सीता थापाले गाउँमा फालिएको बाँझो जमिन भाडामा लिएर व्यावसायिक रुपमा अकबरे खुर्सानीको खेती सुरु गर्नुभएको छ ।
कालीगण्डकी करिडोरमा बस र कार ठोक्किँदा चार जना घाइते
कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को हरिचोक–याम्दी सडक निर्माणमा चरम ढिलासुस्ती भएको छ ।
एक लिटर दुधमा पाँच रुपियाँ अनुदान
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी सस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छसय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान दिएको हो ।
मादीनदी पुलको काम अन्तिम चरणमा
मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल अन्तिम चरणमा पुगेको छ ।
भोर्लेटार बजार
लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ स्थित भोर्लेटार बजार ।
जैमिनीमा नागरिक स्वास्थ्य उपचार कोष
दक्षिण बागलुङको जैमिनी नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारमा सहायता पुर्याउने उद्येश्यले एक अर्बको ‘नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्ने भएको छ ।
पहिरोमा वृद्धाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको गाडपारमा पहिरोमा परी वृद्धाको मृत्यु भएको छ । बुधबार विहान ११ः३० बजेको समयमा वस्ती पछाडिको भिरबाट खसेको पहिरो घरमा खसेपछि स्थानीय ७२ बर्षिया सीता फगामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।
हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान
‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ६० औँ शृङ्खलामा पोखरा महानगरपालिका–२२ स्थित कालाबाङ घरेडी बुद्धपार्कलगायतका क्षेत्र समेटेको छ ।
पर्यटकको मनै लोभ्याउने ‘बुकीपाटन’
हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पदयात्रा गर्दै पहाततर्फ उक्लिरहेका देखिन्छन् ।
लिगलिगकोटमा राष्ट्रिय झण्डा
गोरखाको पालुङटार नगरपालिका-२ लिगलिगकोटमा ६० फिट अग्लो फलामे खम्बामा ४० फिट उचाइको नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
बेनीको शिरमा ‘रावण पार्क’
म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ ।
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।
निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु
निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको मंगलबार भिरबाट लडेर मृत्यु भएको हो ।
बागलुङमा घरेलु हिंसा पीडितले न्याय खोज्न आउने दर घट्यो
पछिल्लो तीन वर्षमा घरेलु हिंसा पीडितले न्याय खोज्न आउने दर घटेको छ । यो दर घट्नुमा घटना कम भएको विषय सकारात्मक भए पनि उजुरीमै नआउने विषय भने खतरा भएको सरोकारवालाले बताएका छन् ।