श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको हो ।
अपाङ्गता भएकालाई अवसरको खाँचो
साहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि अवसर नपाएको गुनासो गरेका छन् ।
बाङसिङमा स्वास्थ्य चौकीको नयाँ भवन
आँधीखोला गाउँपालिका–४ बाङसिङमा स्वास्थ्य चौकीको नयाँ निर्माण भवनको निर्माण गरेको छ । पुरानो चुहिने भवनबाट सेवा दिँदै आएकोमा अब नयाँ भवनबाट सेवा प्रदान गर्ने
चार महिनामा १२ हजार विदेशी पर्यटकद्वारा घोडेपानी भ्रमण
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पछिल्लो साढे चार महिनामा करिब १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
थकाली भाषा र संस्कार लोप हुने चिन्ता
मुस्ताङको थाकखोला क्षेत्र उद्गमस्थल भएका थकाली समुदायले मुख्य पहिचान थकाली भाषा, संस्कृति तथा संस्कार एवम् सभ्यता लोप हुने चिन्ता व्यक्त गरेका छन् ।
कुचोको डाँठले हिर्काउँदा बुबाको मृत्यु, छोरा पक्राउ
बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् । कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।
सीपले बदलियो गृहिणीको जीवनशैली
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् ।
‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’
गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिँदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो ।
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु आर्थिक वर्षमा सडक, मोटेरेबल पुुल, भवन र झोलुङ्गे पुुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ ।