तनहुँ जलविद्युतको काम नरोकिने
निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले दशैँको बिदामा पनि तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य निरन्तर चल्ने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन
प्रतिनिधि सभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उदघाटन् भएको छ ।
रोजगारी गुमाएर फर्केकालाई अनुदानमा अटो–रिक्सा
नवीन शिशिर विक बागलुङ, असोज १५ गते । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको कुमार राना तीन वर्ष अघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विश्वव्यापी फैलिएको कोरोनाको कारण उहाँले वैदेशिक रोजगारी गुमाउनुभयो । कामविहीन भएपछि उहाँ नेपाल फर्कन बाध्य हुनुभयो । नेपाल फर्के पनि उहाँ बेरोजगार नै बस्नुपर्यो । गाउँघरमा रोजगारका अवसर प्राप्त नभएपछि उहाँले फेरि विदेश जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर गाउँपालिकाले रानालाई स्वरोजगार बन्ने अवसर दिएको छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो–रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।गाउँपालिकाभित्रै चल्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटो–रिक्सा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो–रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो–रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीहरूमा चल्नेछन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो’’ अध्यक्ष शर्माले भन्नुभयो–‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरूमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर गाउँपालिकाले तोकेर अटो–रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो । अनुदानमा अटो–रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उहाँहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुनेछन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो–रिक्सा सञ्चालन, मर्मत र इन्धनको व्यवस्थापन अटो–रिक्सा सञ्चालक आफैँले गर्नुपर्नेछ । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो–रिक्साको लागि व्यवसायीले एक लाख ४७ हजार ४७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।अटो–रिक्सा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष । नवीन शिशिर विक
पिकअप भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु
तनहुँ, असोज १४ गते । पिकअप भ्यानको ठक्करबाट तनहुँमा एक पैदल यात्रुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तीव्र पारिएको छ ।
दशैंको बजार अनुगमन : केही पसलमा शिल
पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ। नवलपरासी जिल्लाको कावासोती, देवचुली, गैडाकोट नगरपालिका क्षेत्रमा अनुगमन थालिएको हो।
बाख्रापालनबाटै आत्मसन्तुष्टि
आलेको बाख्राफार्ममा अहिले ८० भन्दा बढी बाख्रा छन् । बाख्रा बेचेर वार्षिक रु. चार/पाँच लाख आम्दानी हुने गरेको छ । बाख्रा बिक्रीका लागि कुनै समस्या छैन । बाख्रा खरिदका लागि व्यापारी घरसम्मै आउने गरेका छन् ।
पाल्पाका २९ मतदान स्थल अति संवेदनशील
जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान स्थललाई सुरक्षा संवेदनशील सूचीमा राखेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।
मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा