तनहुँमा ‘नाइरोबी फ्लाई’ सङक्रमणका पाँच जना विरामी भेटिए
तनहुँमा ‘नाइरोबी फ्लाई’ नामक किराबाट छालामा सङ्क्रमण फैलिएका पाँच जना विरामी भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ र ४ मा भेटिएको हो । प्रकोप बढेसंगै सजकता अपनाउन आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।
साढे १६ क्वीन्टल अवैध लसुन बरामद
जिल्ला प्रहरी कार्यालय नवलपुरले अवैध रुपमा ल्याइएको साढे १६ क्वीन्टल लसुन बरामद गरेको छ । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको लु २ ख २३५१ नम्बर बसबाट सो लसुन बरामद गरेको हो ।
अपाङ्गता भएकालाई पालिकाद्वारा बाख्रा सहयोग
जीविकोपार्जन सहज बनाउन तनहुँको भिमाद नगरपालिकाले अपाङ्गता भएकालाई माउ बाख्रा सहयोग गरेको छ । बाख्रा पाएपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् ।
मुस्ताङमा थ्रीजी सेवा विस्तार
मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलीकमको थ्रीजी मोबाइल नेटवर्क विस्तार भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ ताङ्वे र थासाङ गाउँपालिका –२ को छाक्ताङमा नेपाल टेलिकमको मिनिटावर स्थापना गरेर ताङ्वेमा थ्रीजी सेवा विस्तार गरिएको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले बताउनुभयो । थासाङ गाउँपालिकाको छाक्ताङमा साउन पहिलो हप्ताबाट सेवा विस्तार हुने श्रेष्ठको भनाइ छ ।
संसदीय निर्वाचनमा गठबन्धन गरेरै जानुपर्छ : कांग्रेस उपसभापति खड्का
रमेश पौडेलपोखरा, असार २४ गत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले संघ र प्रदेशको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनले पार्टीमा थप ऊर्जा प्राप्त भएको बताउँदै उहाँले आगामी निर्वाचनमा पनि नेपाली कांग्रेस पहिलो पार्टी बनाउने जिम्मेवारी कार्यकर्तामा रहेको धारणा राख्नुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आज पोखरामा भएको बैठकलाई सम्बोधन गर्नुहुँदै उपसभापति खड्काले वर्तमान सरकार बन्नुभन्दा अघि संविधान, नियम कानुन सबै मिचिंदै गएपछि तत्कालीन बाध्यात्मक परिस्थितिले गर्दा वर्तमान गठबन्धन बन्नपुगेको स्पष्ट पार्नुभयो । गठबन्धनको चुरोलाई सबै कार्यकर्ताले मनन गरी आगामी निर्वाचनमा पनि गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘‘संसदीय निर्वाचनमा गठबन्धन हुने नहुने कुरा पार्टीले निर्णय गर्नेछ तर मेरो विचारमा गठबन्धन गरेरै जानुपर्छ र संविधानलाई सही मार्गमा ल्याई शान्ति प्रक्रियालाई पूरा गर्नुपर्छ ।’’ कार्यकर्ताहरुको गुनासोलाई सम्बोधन गर्दै नेता खड्काले स्थानीय तहको निर्वाचनमा टिकट बाँड्दा केही कमीकमजोरी भएका छन् । मैले पनि त्यसको जसअपजस लिनुपर्छ । अब हुने निर्वाचनमा यस्ता कमीकमजोरी सुधार गरी जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जोड्नुभयो, ‘‘गत स्थानीय निर्वाचनमा भएका कमीकमजोरीले गर्दा एकसय भन्दा बढी स्थानका पालिकामा पार्टीले हार ब्योहोर्नु परेको छ । सबै कमजोर पक्षलाई समीक्षा गर्दै नेपाली कांग्रेस पार्टीलाई जिताउन केन्द्रित हुनुहोस् ।’’ नेता खड्काले निर्वाचनमा टिकट वितरण गर्दा गुटका आधारमा नभई त्याग, योगदान र लोकप्रियतालाई आधार बनाएर मूल्याङ्कन हुनुपर्ने जिकिर गर्दै कांग्रेसलाई युगानुकूल रुपान्तरण गरी नयाँ पुस्तालाई समेटेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, मुलुकलाई रुपान्तरण गर्ने पनि कांग्रेस भएकाले अब कुरा होइन काम गर्ने समय आएको छ । पाटीभित्रको अनुशासनका बारेमा बोल्दै उहाँले निर्वाचनमा घात र अन्तर्घात मात्रै होइन पार्टीको नीति र सिद्धान्त विपरीत बोल्नेहरु माथि पनि सोच्ने समय आएको बताउनुभयो । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गत स्थानीय निर्वाचनमा भएका कमजोरीलाई समीक्षा गरेर अगाडि बढ्नुपर्ने प्रष्टयाउनुभयो । बैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनेमा जोड दिनुभएको थियो । बैठकमा जिल्ला समन्वय समिति स्याड्जाका सभापति श्रीप्रसाद जिटी र जिल्ला समन्वय तनहुँका सभापति कमलमोहन वाग्लेलाई बधाई ज्ञापन गरिएको थियो । त्यसैगरी, प्रदेश सदस्य संज्ञा पौडेल पोखरेलको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको बैठकले प्रदेशभरका ११ जिल्ला समन्वय समितीको टिकट बितरणलाई अनुमोदन, निर्वाचन समीक्षा, बिपि स्मृति पुस्ताकालय स्थापना र सूचना सञ्चार तथा प्रचार विभागको कक्ष स्थापना गरी प्रभावकारीरुपमा परिचालन गर्ने निर्णय गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
जिल्लाको लामो र अग्लो झोलुङ्गे पुल चिउरीमा
गल्याङ नगरपालिका–७ पेलाकोट र ८ चिउरी जोड्न आँधीखोलामा झोलुङ्गे पुलको निर्माण भएको छ ।
दरौखोलामा दश हजार माछाका भुरा छाडियो, माछा मार्न रोक
अर्जुनचौपारी गाउँपालिकाले दरौखोलामा विभिन्न जातका १० हजार माछाका भुरा छाडेको छ । मत्य विकास केन्द्र, मिर्मीको सहयोगमा अर्जुन चौपारीले रहु तीन हजार, नैनी तीन हजार र गरदी चार हजार माछाका भुरा दरौ खोलामा छाडेको हो ।
मल वितरणपछि किसानलाई राहत
नवलपुरले बुधबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावको समस्यामा परेका किसानलाई राहत भएको छ । लामो समयदेखिको रासायनिक मल अभावको समस्या नवलपुरमा समाधान हुने कृषि सामग्री कम्पनी पूर्वी नवलपरासीका शाखा प्रबन्धक शोभा न्यौपानेले बताउनुभयो ।
नदीजन्य वस्तु सङ्कलनमा कडाइ
पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन् र निकासीमा कडाइ गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी इक्युप्मेन्ट’ प्रयोग गरी हुने अवैध उत्खनन रोक्न यस्तो कडाइ गरेको हो ।कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढी बालुवा आउने भएकाले अवैध उत्खनन, सङ्कलनर ओसारपसार हुने गरेको थियो ।
जनताको सेवक भएर काम गर्नुहोस् : उपसभापति खड्का
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्याङ्जाका जनप्रतिनिधिहरुलाई जनमुखी भएर काम गर्न आग्रह गर्नुभएको छ ।
महिलाको शिर उँचो बनाउन प्रतिबद्ध : अध्यक्ष हीरा
राजनीतिक दलले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको गुनासोबीच पर्वतको मोदी गाउँपालिकामा नेकपा एमालेले हीरादेवी शर्मालाई अध्यक्ष उम्मेदवार बनायो । निर्वाचनमा विजयी शर्माले मोदी गाउँपालिकाको आगामी पाँच वर्षको नेतृत्व सम्हाल्नुभएको छ ।
आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक सञ्चार मैत्री हुने बताउनु भएको छ।
खुकुरी प्रहारबाट युवक घाइते
तनहुँको व्यास नगरपालिका –१२ घाँसी कुवामा खुकुरी प्रहारबाट मङ्गलबार राती एक युवक गम्भीर घाइते भएका छन् । सोही ठाउँस्थित एएम हाईवे होटल एण्ड लजमा सोही लजका साहु म्याग्दे गाउँपालिका –७ का अर्जुन बिक र व्यास नगरपालिका –३ बस्ने वर्ष २७ को रिसफ ठकुरी लगायतबीच झगडा हुँदा ठकुरी घाईते भएको प्रहरीले जनाएको छ ।
चट्याङले विद्युतगृहमा क्षति : ३७६ घरधुरी अन्धकारमा
पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोटस्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ ।
तीन बस्तीमा गाडी पुगेपछि स्थानीयमा खुसियाली
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–२ का तीन वटा बस्तीमा एकसाथ गाडी पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । यसै आर्थिक वर्षबाट सुरु भएको सडक निर्माण कार्य पुरा भएर गाडी सञ्चालनमा आई बस्ती बस्तीमा गाडी पुुगेपछि स्थानीयले स्वागत सहित खुशी मनाउनुु भएको हो ।
बेँसीसहर–चामे सडक एक साता बन्द हुने
बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो । सडक ढलान तथा स्तोरोन्तिका लागि पूर्णरूपमा एक हप्तासम्म सवारीसाधन आवागमन रोकेर काम अघि बढ्ने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिनुुभयो । सङ्घीय सरकारको रु ६० लाखमा श्रीकृष्ण निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको छ ।
आम्दानीको राम्रो स्रोत ‘ड्रागन फ्रुट’
नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ लगायतका स्थानमा यसको व्यावसायिक खेती प्रारम्भ गरिएको छ । असार महिना किसानहरू धान रोपाइँमा व्यस्त देखिन्छन् तर कावासोती–१७ गोछडा निवासी नवराज सुवेदीलाई ड्रागन फ्रुट खेतीको रेखदेख गर्न भ्याइनभ्याइ छ । बोम अर्गानिक कृषि फर्मका सञ्चालक सुवेदीको दैनिकी ड्रागन फ्रुट’ खेतबारीमा बित्ने गरेको छ । बिहान उठ्ने बित्तिकै उहाँ ड्रागन फ्रुट’ खेती भएको ठाउँमा पुग्नुहुन्छ ।
वन्यजन्तुका कारण सोह्र लाख क्षतिपूर्ति
डिभिजन वन कार्यालय लमजुङले वन्यजन्तुबाट क्षति भएकालाई १६ लाख ४२६ रुपियाँ राहत वितरण गरेको छ । चितुवा र भालुको आक्रमणबाट घाइते नागरिक तथा घरपालुवा जनावरबाट भएको आक्रमणको क्षतिपूर्तिबापत यो रकम वितरण गरिएको हो ।
हत्केलामा ज्यान, पढाइमा ध्यान
व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।
एक लाख ८० हजार नगदसहित १३ जुवाडे पक्राउ
तनहुँ प्रहरीले एक लाख ८० हजार ४३० रुपियाँ नगद सहित १३ जुवाडे पक्राउ गरेको छ
हेलिकोप्टरबाट चोरी शिकारीको सामग्री ढुवानी
हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा चोरी, शिकारी तथा वनजन्य सामग्रीहरु हवाई मार्गबाट ढुवानी हुने गरेकोमा सरोकारवालाहरुले सचेत गराएका छन् ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
लमजुङको पहिरोले मनाङ यात्रा सकस
हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ ।
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ ।