मालिकाका ५६ दरबन्दी खारेज
जेठ १ गतेबाट हट्ने भएपछि वैशाख ३१ गते कार्यालयमा आउनुभएका मालिका गाउँपालिका–३ का ४४ वर्षीय वीरबहादुर विश्वकर्माको मुहारमा खुसी थिएन्।
पोखरामा बस दुर्घटना, २२ जना घाइते
कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।
लमजुङका गुरुङ बस्तीमा घाटु नाचिँदै
वैशाख पूर्णिमाको अवसरमा लमजुङका गुरुङ गाउँहरुमा घाटु नाच नाचिएको छ । परम्परागत गुरुङ संस्कृतिमा आधारित घाटु नाचले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ ।
गण्डकीमा 'राइड सेयरिङ'लाई कानुनी मान्यता
गण्डकी प्रदेशमा राइड सेयरिङले मान्यता पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली पास गरेको छ ।
कुमाल भाषा सम्बन्धी प्रशिक्षण हुने
कुमाल समुदायले बोल्ने कुमाल भाषा लोप हुने अवस्थामा पुगेको छ । कुमाल परिवारमै भाषाको प्रयोग नगर्नाले पनि यो भाषा हाल लोप हुने अवस्थामा पुगेको हो ।
आयु खोलादेखि यार्सासम्म सडक मर्मत
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ ।
मरेको खसीको मासु बिक्री गर्ने पक्राउ
मरेको खसी काटी बेचविखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङमा थपियो पाँच झोलुङ्गे पुल
झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टिल ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका चार हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलु खेती
मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ ।
पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ
म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ ।
मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), वैशाख ३१ गते । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेको छ । अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त रेस्टुरेन्टमा वैशाख २९ गते साँझ छापा मारेको हो । रेस्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका वडा नं. ५ का २१ वर्षीय सलन गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेले जानकारी दिनुभयो । प्रहरीका अनुसार सञ्चालक लुङ्बा मकवानपुरको बकंैया गाउँपालिका वडा नं. ४ स्थायी बासिन्दा हुनुहुन्छ भने उहाँले सिर्जनाचोकस्थित उक्त रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।डिएसपी बस्नेतका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ यौन शोषण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बन्दीपुरमा पर्यटकको भीड
गर्मी छल्न तनहुँस्थित बन्दीपुरमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तराई तथा होचो स्थानमा उखरमौलो गर्मी बढीरहेको बेला बन्दीपुर चिसो हावा चल्ने र गर्मी नहुने भएकाले गर्मी छल्ने पर्यटकको रोजाईमा बन्दीपुर परेको हो ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ मा जलवायु असरकै चिन्ता
नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को अवसरमा सदरमुकाम जोमसोममा आयोजित कार्यशाला गोष्ठीमा जलवायु परिवर्तनले मुस्ताङमा असर गरेको वक्ताहरूको भनाइ छ ।
'विपद् तथा मानविय संवेदनामा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्छ'
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् तथा मानविय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
गोरखामा क्युआर कोडसहितको 'स्ट्रिट नम्बर' राख्न सुरु
गोरखा नगरपालिकाले भ्रमण वर्ष २०२५ लाई लक्षित गरी जिल्लाका मुख्य स्थानमा स्ट्रिट नम्बर राख्न सुरु गरेको छ ।
उपल्लो मुस्ताङ यात्राका रोमाञ्चक दृश्य
नेपालको मरुभूमि भनेर चिनिने उपल्लो मुस्ताङ (लोमान्थाङ) जाने पदमार्गका रोमाञ्चक दृश्य । लोमान्थाङ खुला र पठार क्षेत्र रहेको सिर्सिरे बतास, ऐतिहासिक गुफा, जैविक विविधतायुक्त हिमालको बीचमा रहेको उपत्यकाको रुपमा पनि परिचित छ ।
प्रदेश आयूर्वेद चिकित्सालयमा औषधी अभाव
तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश आयूर्वेद चिकित्सालयमा औषधीको अभाव छ । बजेट कटाैती हुँदा आवश्यकता अनुसारको औषधी खरिद गर्न नपाउँदमा अभाव भएको हो ।
हिमालबाट दुई करोड बढी रोयल्टी सङ्कलन
म्याग्दीमा पर्ने दुई वटा हिमाल आरोहणबाट दुई करोड बढी रोयल्टी सङ्कलन भएको छ ।
भिसी शेरबहादुर मोटरमार्गको कालोपत्र भएपछि स्थानीय खुसी
तनहुँको भानु नगरपालिकामा पर्ने भिसी शेरबहादुर मोटरमार्ग कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् ।
चोरमाराको पुल भाँचिदा रोकिएका साना गाडी पास हुन थाले, ठुला अझै लाइनमा
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका साना सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आउन थालेका छन् ।
तमान खोला गाउँपालिकाका एक सय सत्र घरमा खानेपानीका धारा जडान
यहाँको सबैभन्दा विकट तमान खोलागाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयको घरघरमा धारासहित पानीको सुविधा पुगेको हो ।
विकास पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित
म्याग्दीका क्रियाशिल तीन जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
घुम्टे लेकमा बढ्यो पर्यटकीय चहलपहल
बागलुङको गलकोट नगरपालिकाको हरिचौर, मल्म, पाण्डवखानी, ताराखोला गाउँपालिकाको हिल र ताराको सिमानामा पर्छ पर्यटकीय घुम्टे लेक ।