रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु. २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ ।
संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार
ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ ।
अस्पतालमा निरीक्षण
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सदरमुकाम बँेसीसहरस्थित प्रदेश अस्पताल लमजुङको बुधबार आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अस्पताल प्रशासन र स्वा
छोराले गरे बुवाको हत्या
नवीनराज कुइँकेललमजुङ, जेठ १ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । बुधवार बिहान ५७ वर्षीय नवराज गुरुङको जेठा छोरा लु बहादुरले हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय लमजुङले गुरुङको हत्या आरोपमा उनका छोरा लु बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ । वैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा तत्काल टोली खटाएको थियो। प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको, आँखासहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको भेटिएको थियो। घटनास्थल र शवको अवस्थाले अस्वाभाविक मृत्यु भएको शङ्का लागेपछि थप अनुसन्धान गर्दा मृतकको छोराले हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।अनुसन्धानका क्रममा मृतकका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङले राति बुवा र आफूबिच घरायसी विषयमा भनाभन हुँदा लाठी प्रहार गरी बुवाको हत्या गरेको बयान दिएका छन्। बयान र प्रमाणको आधारमा उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेसम बोहोराले जानकारी दिनुभयो ।उनी विरुद्ध जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले जानकारी दिनुभयो ।
उपल्लो मुस्ताङको मनोरम दृश्य
उपल्लो मुस्ताङ यात्रामा रमणीय दृष्य अवलोकनका लागि जाँदा बाटोमा देखिने प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने गरेको छ ।
गति लिँदै कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल
स्याङ्जाको कालीगण्डकी –१ कारिकोट र गुल्मीको रुरु गाउँपालिका जोड्ने कालिगण्डकी मोटरेबल स्टिल ट्रस पुल १३ बर्षपछि निर्माण कार्यले गति लिएको छ ।
पोखराको लामेआहाल दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको हो ।
आयुखोलादेखि यार्सासम्म सडक मर्मत
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ । पर्यटकियको रोजाइमा परेको गणेश हिमाल र कालोपोखरी पुग्ने सडक बर्खा सुरु भएसँगै धार्चे गाउँपालिका – ६ काशीगाउँ र वडा नम्बर २ केरौजा जोड्ने सडक गाउँपालिकाले मर्मत गर्ने कार्य सम्पन्न गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
उपाधि भया एफसी पोखराको पोल्टामा
भया एफसी पोखराले अर्जुनचौपारी गाउँपालिका–१ खेलमैदानमा आयोजित प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि जितेको छ ।
मालिकाका ५६ दरबन्दी खारेज
जेठ १ गतेबाट हट्ने भएपछि वैशाख ३१ गते कार्यालयमा आउनुभएका मालिका गाउँपालिका–३ का ४४ वर्षीय वीरबहादुर विश्वकर्माको मुहारमा खुसी थिएन्।
पोखरामा बस दुर्घटना, २२ जना घाइते
कास्कीको पोखरा महागनरपालिका २२ मा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तुपाबाट पोखरा फर्किंदै गर्दा घुम्तीमा ग १ ख ३८८६ नम्बरको माइक्रोबस सडकमै पल्टिएको हो ।
लमजुङका गुरुङ बस्तीमा घाटु नाचिँदै
वैशाख पूर्णिमाको अवसरमा लमजुङका गुरुङ गाउँहरुमा घाटु नाच नाचिएको छ । परम्परागत गुरुङ संस्कृतिमा आधारित घाटु नाचले संस्कृतिको संरक्षणसँगै आन्तरिक पर्यटक पनि आकर्षित गरेको छ ।
गण्डकीमा 'राइड सेयरिङ'लाई कानुनी मान्यता
गण्डकी प्रदेशमा राइड सेयरिङले मान्यता पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली पास गरेको छ ।
कुमाल भाषा सम्बन्धी प्रशिक्षण हुने
कुमाल समुदायले बोल्ने कुमाल भाषा लोप हुने अवस्थामा पुगेको छ । कुमाल परिवारमै भाषाको प्रयोग नगर्नाले पनि यो भाषा हाल लोप हुने अवस्थामा पुगेको हो ।
आयु खोलादेखि यार्सासम्म सडक मर्मत
उत्तरी गोरखाको आयुखोलादेखि यार्सासम्म सडक मर्मत भएको छ ।
मरेको खसीको मासु बिक्री गर्ने पक्राउ
मरेको खसी काटी बेचविखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
बागलुङमा थपियो पाँच झोलुङ्गे पुल
झोलुङ्गे पुलको जिल्ला बागलुङमा पाँच पुल थपिएका छन् । जैमिनी नगरपालिकामा दुई, निसीखोलामा एक र ढोरपाटन नगरपालिकामा एक स्टिल ट्रस्ट र एक झोलुङ्गे पुल थपिँदा सो क्षेत्रका चार हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलु खेती
मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि बाँझो रहेको बारीमा व्यावसायिक आलुखेती गरेको छ । पालिकाले क्याङमा आलुखेती थालेको हो ।
गौशालाका लागि १७ रोपनी जग्गा प्रदान
बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको छ ।
पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ
म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ ।
मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), वैशाख ३१ गते । कास्की प्रहरीले मानव बेचबिखनको आरोपमा पोखरामा ३ जनालाई पक्राउ गरेको छ । पोखराको सिर्जनाचोकमा रहेको मनिका रेस्टुरेन्टमा प्रहरीले छापा मारेर ५ महिलाको उद्धार गरी ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आवास (सेफ हाउस) मा राखेको छ । अवैध यौन क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त रेस्टुरेन्टमा वैशाख २९ गते साँझ छापा मारेको हो । रेस्टुरेन्ट सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका वडा नं. ५ का २१ वर्षीय सलन गुरुङ पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेले जानकारी दिनुभयो । प्रहरीका अनुसार सञ्चालक लुङ्बा मकवानपुरको बकंैया गाउँपालिका वडा नं. ४ स्थायी बासिन्दा हुनुहुन्छ भने उहाँले सिर्जनाचोकस्थित उक्त रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।डिएसपी बस्नेतका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाइ यौन शोषण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बन्दीपुरमा पर्यटकको भीड
गर्मी छल्न तनहुँस्थित बन्दीपुरमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तराई तथा होचो स्थानमा उखरमौलो गर्मी बढीरहेको बेला बन्दीपुर चिसो हावा चल्ने र गर्मी नहुने भएकाले गर्मी छल्ने पर्यटकको रोजाईमा बन्दीपुर परेको हो ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ मा जलवायु असरकै चिन्ता
नेपाल प्रेस युनियनले आयोजना गरेको ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को अवसरमा सदरमुकाम जोमसोममा आयोजित कार्यशाला गोष्ठीमा जलवायु परिवर्तनले मुस्ताङमा असर गरेको वक्ताहरूको भनाइ छ ।