यातायात व्यवस्था कार्यालयद्वारा दस करोड बढी राजस्व सङ्कलन
तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित यातायात व्यवस्था कार्यालय, तनहुँले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १० करोड १७ लाख ८७ हजार २८० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
उम्मेदवार भीम श्रीसका ‘३७ वडाका ३७ प्रतिबद्धता’ सार्वजनिक
नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार भीम श्रीसले ३७ वडाका विशेषता र सम्भावनालाई समेट्दै ३७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
सामान्य गोठ भएका च्याङ्ग्रा खोर हिउँ चितुवाको निशानामा
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, किमलिङमा हिउँ चितुवाले गोठमा छिरेर नौ वटा च्याङ्ग्रा मारेको छ । कृषक मिग्मा गुरूङको गोठमा प्रवेश गरेको चितुवाले नौ वटा च्याङ्ग्रा घाइते बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले जनाएको छ ।
साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।
तनहुँमा चुनावको तयारी तीव्र : मतदान अधिकृत र सहायक अधिकृतलाई प्रशिक्षण
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ ।
१२ वर्षपछि बदलियो घुमाउने पुलको नक्सा
मुग्लिङनारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।
स्याङ्जामा नौ उम्मेदवारले खोले खाता
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत स्याङ्जामा उम्मेदवारी दिएका नौ जनाले मात्र बैँकको खाता खोलेका छन् ।
सडकमा जमेको हिउँ पन्छाउन डोजर प्रयोग
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५,साङ्ता गाउँ जोड्ने सडकमा विगत दुई महिनादेखि जमेको हिउँ फुटाउन मङ्गलबारदेखि डोजर प्रयोग गरिएको छ ।
उम्मेदवारको एजेन्डामा परेन बलेवा विमानस्थल
गत २०७९ सालको संसदीय निर्वाचनमा सबै उम्मेदवारको चुनावी एजेन्डा बलेवा विमानस्थललाई सञ्चालन गर्ने कुरा बनेको थियो । २०७४ ताका केही समय कच्ची धावनमार्गमै विमानले उडान भरेका थिए । २०७८ मा विमानस्थलको टर्मिनल भवन पुनर्निर्माण, धावनमार्ग कालोपत्रे गर्नुका साथै त्यसको सुरक्षार्थ काँडेतार लगाएपछि एक पटक जहाजले उडान भरेका छैनन् ।
बागलुङमा इजाजत प्राप्त हतियार बुझाउन अटेरी
बागलुङमा इजाजत प्राप्त हतियार बुझाउन हतियार धनिहरुले अटेरी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासनको आग्रहपछि बागलुङमा ५९ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।
दुर्घटनामा पाँच जनाको ज्यान गएपछि शोकमा तनहुँ
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सडकबाट तल खस्दा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएको घटनाले जिल्लाभर शोक छाएको छ । सोमबार बिहान करिब १ः३० बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बागलुङ आइपुगे चार लाख २० हजार मतपत्र
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ । बागलुङको दुई वटा निर्वाचन क्षेत्रका लागि दुई लाख सात हजार प्रत्यक्ष र दुई लाख १३ हजार समानुपातिक तर्फको मत पत्र आएको हो ।
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।
भिमाद–मसारडाँडा सडक आठ दिन बन्द
कालोपत्रे कार्य सञ्चालनका कारण भिमाद–मसारडाँडा सडक खण्ड आठ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । भिमाद नगरपालिकाले जारी गरेको सूचनाअनुसार सिद्ध गुफाअन्तर्गत केउलेदेखि मसारडाँडा जाने चौकसम्मको खण्ड मिति फागुन ११ देखि फागुन १८ गतेसम्म बन्द रहनेछ ।
मतदान अधिकृतहरुलाई निर्वाचन तालिम
प्रतिनिाधिसभा सदस्य निर्वाचन २०८२ का लागि म्याग्दीमा खटिने निर्वाचन अधिकृतहरुका लागि तालिम सुरुभएको छ ।
निर्वाचन सुरक्षामा कडाइ : तनहुँमा ११८ जनाले बुझाए हतियार
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका ११८ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतियार बुझाएका छन् ।
सङ्घर्ष र साहसको प्रतीक डाँगी
शारीरिक रूपमा अपाङ्गता भएर पनि सङ्घर्ष, साहस र असम्भवलाई सम्भव बनाउँदै प्रेरणाको स्रोत बन्नुभएको छ, शिक्षक धनेश्वर डाँगी ।
दोस्रो जिएम कप भलिबलको तयारी
मोफसलकै चर्चित जीएम कप भलिबल प्रतियोगिता आगामी फागुन २८ गतेदेखि सञ्चालन हुने भएको छ ।
धौलागिरि हिमाल
मुस्ताङको थासाङ गाउँपालिका–५ लाक्लुङ गाउँ नजिकै रहेको ‘ढेचो’ डाँडाबाट सोमबार बिहान कैद गरिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र ।
बागलुङका तीन पालिकामा एचपिभी खोप लगाउने सुरु
जिल्लाका तीन नगरपालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभी) खोप लगाउन सुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटन नगरपालिकाका किशोरीलाई एचपिभि खोप लगाउन सुरु गरिएको हो ।
म्याग्दीमा निर्वाचन तयारी : मतपत्र रुजु र प्याकिङ
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीमा जुटेका छन् ।
मुस्ताङमा बढ्यो चुनावी चहलपहल
मुस्ताङका बस्ती आसपासका डाँडा हिउँले छपक्कै ढाकिएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको मतदान गर्ने दिन नजिक आइपुगेपछि उम्मेदवार अहिले मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।
म्याग्दीमा मतदान अधिकृतलाई अभिमुखीकरण सुरु
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिृकत र सहायक मतदान अधिकृतलाई सोमबारदेखि अभिमुखिकरण सुरु गरिएको छ ।
तनहुँमा निर्वाचन तयारी तीव्र : १३५० मतपेटिका तयारी अवस्थामा
अमरराज नहर्कीतनहुँ, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा भौतिक र मानवीय व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लाभरि एक हजार ३५० वटा मतपेटिका आवश्यक पर्ने र ती सबै व्यवस्थापन भइसकेको छ ।कार्यालयको सूचना अधिकारी दुर्गामाया आलेका अनुसार मतदानका लागि आवश्यक मतपेटिकाहरू जिल्ला आइपुगिसकेको छ । आलेले भन्नुभयो, “धेरैजसो मतपेटिका पुरानै स्टकमा रहेका र केही थप गरी पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको छ ।’’ प्रत्येक मतदान केन्द्रमा जाने टोलीहरूले सर्वदलीय बैठकसहित निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट योगदान दिने तयारी समेत भएको छ।मतपेटिका र अन्य सामग्रीको व्यवस्थापनसँगै निर्वाचनका लागि खटिने मुख्य जनशक्तिको पनि टुङ्गो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको हो । विवरण अनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत खटिनेछन् भने क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र १५६ जना नै सहायक मतदान अधिकृत छनोट भएका छन् ।छनोट भएका यी कर्मचारीहरूलाई सोमबार बिहान ११ बजे दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष प्रशिक्षण दिइने कार्यक्रम तय भएको छ । तालिमपश्चात् आवश्यक कर्मचारी र निर्वाचन सामग्रीसहित उनीहरूलाई आ–आफ्नो कार्यक्षेत्र ९मतदान स्थल० मा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।जिल्लामा हाल २ लाख ५४ हजार ३९७ मतदाता कायम छन् । मतपत्रहरू यसअघि नै क्षेत्र नं १ को हकमा दमौली र क्षेत्र नं २ को हकमा दुलेगौँडामा सुरक्षित राखिसकिएको छ । निर्वाचनलाई लक्ष्य गरी मतदाता शिक्षाका लागि १० वटै पालिकामा स्वयंसेवक समेत परिचालन गरिसकिएको छ । जसले मतदान प्रक्रिया र बदर मत न्यूनीकरणबारे घरदैलोमै पुगेर जानकारी गराइरहेको कार्यालयले जनाएको छ ।