धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम संग्रहालय
एक दशक अगाडिसम्म बागलुङ नगरपालिका-४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।
कौरा नाचको संरक्षणमा जुटे युवा
लोक संस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराको रूपमा मगर समुदायको कौरा नाच लोप हुँदै जान थालेपछि पछिल्ला दिनमा यसको जगेर्ना गर्न पूर्वी नवलपरासीका मगर युवाहरू लागिपरेका छन् ।
बजेट र योजना कार्यान्वयनमा ढिला गर्ने छुट छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारबाट विनियोजन भएको बजेट र योजना कार्यान्वयनमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।
ट्राउट माछापालनमा आत्मनिर्भर बन्दै युवा (फोटो फिचर)
पैसा कमाउन विदेश जानुपर्छ भन्ने मान्यतालाई निरुत्साहित गर्न यहाँका तीनजना युवाले सामूहिक माछापालन गरेर उदाहरणीय काम गर्नुभएको छ ।
टुक्रे योजनामा नअल्झिन मुख्यमन्त्री पाण्डेको निर्देशन
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले टुक्रे योजनामा नअल्झिन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका कार्यालयहरूलाई निर्देशन दिनुभएको छ ।
भुरुङ चौकीलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
भुरुङ चौकी माविले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा भुरुङ चौकीले ११ स्वर्ण, छ रजत र चार कांस्य पदका साथ रनिङ शिल्ड र ३० हजार जितेको हो ।
सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुगेका पर्यटक (फोटो फिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न शनिबार पर्यटकको भिड लागेको छ ।
‘राष्ट्रको सुरक्षा सेनाको प्रमुख जिम्मेवारी’
नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्माले राष्ट्रिय विकासमा टेवा पुर्याउन सक्ने दक्ष जनशक्ति आजको आवश्यकता भएको बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराको १९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
सुन्तला प्रवर्द्धनका लागि डोको उपहार
स्याङ्जाको सुन्तला भने पछि लोकप्रिय रहेको छ। रसिलो र स्वादिलो सुन्तला कै कारण जिल्लाको सुन्तला प्रसिद्ध भएको हो। स्याङ्जामा प्रशस्त उत्पादन हुने सुन्तलाको बजारीकरणका लागि पालिकाले विभिन्न रणनीति अपनाउँदै आएका छन्।