आठ वर्षदेखि पुल अलपत्र
डोटीको शिखर नगरपालिका–१०, बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन पक्की पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ। सो पुलको काम आठ वर्षमा २२ प्रतिशत मात्र सम्पन्न भएको छ। पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी)ले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो। मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजारमा ठेक्का लागेको हो। वि.सं. २०४९ मा निर्माण सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्न पुल निर्माणको कार्य अघि बढाइएको थियो। स्थानीयले पुल निर्माणको काम ढिला गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन्।
लाटोकोसेरो संरक्षणका लागि कैलालीमा उत्सव हुने
कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । किसानका साथीको रुपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरु र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो । माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
भूकम्पको डरले घर छोड्दै त्रिपालको बास
भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् ।गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो ।
‘बाल अधिकार प्रवर्द्धनमा इमानदार प्रयत्न गर्छु’
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाल अधिकार प्रवद्र्धनमा इमानदार प्रयत्न गर्ने बताउनुभएको छ। मुख्यमन्त्री रावलले भन्नुभयो, “बालबालिकाका अवस्थाको तथ्याङ्क लिन्छौँ र कार्यान्वयनका लागि गैरसरकारी क्षेत्रको ज्ञान, सीप, प्रविधिसमेतको सहयोग लिन्छौँ।”
च्याउ खेतीमा रमाउँदै कठरिया
कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका २६ वर्षीय श्रीराम कठरियाको पाँच जनाको परिवार च्याउ खेतीमा संलग्न छन्। सात वर्षअघि च्याउ खेतीमा लागेका श्रीरामले च्याउबाटै ३२ लाखको सम्पत्ति जोड्नुभएको छ। च्याउ खेती सिक्दैमा उहाँको दुई वर्ष बित्यो। दुई वर्ष कोरोनाका कारण च्याउको बीउ नै पाउनुभएन। पछिल्ला दुई वर्षको कमाइ हो यो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थपिए ५३ प्रजातिका माछा
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्।
बाल अधिकार प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्छु : मुख्यमन्त्री रावल
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावलले बाल अधिकारको प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्ने बताउनु भएको छ।
भूकम्पको डरले हिउँमाथि बसेर पढाइ
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले बालबालिकालाई हिउँमाथि पढाइ गर्दै आएको छ ।
‘बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ।