खेर गएको अल्लोबाट आयआर्जन गर्दै महिला
जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् ।
भूकम्प प्रभावितका लागि चौध करोड बजेट
बाजुराका भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खप्तड छेडेदह गाउँपालिकामा १४ घर, गौमूल गाउँपालिकामा ४२७ घर र हिमाली गाउँपालिकाका २६७ घरमा क्षति पुगेको छ । त्यस्तै स्वामिकार्तिक गाउँपालिकामा १४ घर, जगन्नाथ गाउँपालिकामा ३१ घर, बडीमालिका नगरपालिकामा ६६६ घर र बुढीगङ्गा नगरपालिकाका छ घरमा क्षति पुगेको पाइएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ का जमुना रोकायाको मृत्यु र एक जना घाइते भएका थिए ।
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
मालिकार्जुन जात्रामा भक्तजनको घुइँचो
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा आज आइतबार दार्चुला जिल्लाकै प्रसिद्ध जात्रा सुरुभएको छ ।
भूकम्पबाट आहत भएकालाई मिलेन राहत
बाजुराको बुढीगङ्गा नगरपालिका–२, नडाङ्गका तुलाराम नेपालीको परिवार खुला आकाशमुनि त्रिपालभित्र बास गरेर रात काटिरहनुभएको छ । गत असोज १६ गते गएको भूकम्पका कारण घर भत्किएपछि नेपालीको सात जनाको परिवार खुला आकाशमुनि बास्दै आएको छ ।
प्लास्टिकले ढाक्यो जाखोर ताल
प्लास्टिकमुक्त धनगढी उपमहानगरपालिकाकै जाखोर ताल प्लास्टिकले भरिन थालेको छ । प्लास्टिक निषेधित क्षेत्र भनिए पनि तालको यत्रतत्र जथाभावी प्लास्टिकको प्रयोग र उत्सर्जन गरेको देख्न सकिन्छ । यो उपमहानगरपालिकाभित्र प्लास्टिक प्रयोगमा रोक लगाएको दुई वर्ष भइसकेको छ । प्लास्टिकजन्य वस्तुबाट हुने फोहोर र वातावरणीय प्रदूषण रोक्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालयले २०७९ साल असोज १ गतेबाट नगर क्षेत्रमा प्लास्टिक प्रयोगमा रोक लगाएको थियो तर प्लास्टिक निषेधित यो पालिकाको वडा नम्बर ७ मा रहेको जाखोर ताल प्लास्टिकले कुरूप मात्रै नभई प्रदूषित पनि भइरहेको छ । आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य जाखोर तालमा रमाउन आउने पर्यटकले नै ताल क्षेत्रलाई प्रदूषित बनाइरहेका छन् । उनीहरूले आफूसँगै ल्याएको प्लास्टिक, पानीको बोतल, जुसका डिब्बा तालमा फाल्ने गरेका छन् ।
छ लाख बढीको अवैध सामान बरामद
कैलाली प्रहरीले दुई वटा पसलमा छापा मारेर बिना बिलको अवैधसामान बरामद गरेको छ ।
उपचार खर्च जुटाउन कृषिकर्ममा पूर्वलडाकु
शरीरमा गोलीका छर्रा छन् । कम्मरमुनि क्यान्सर भएको छ, तैपनि मनमा उत्साह बोकेर बैतडीका एक युवा कृषिकर्ममा सव्रिmय छन् । पञ्चेश्वर गाउँपालिका–१, (हालः पञ्चेश्वर–३) कुलाउका दीपक चन्द प्राणघातक रोग क्यान्सरसँग जुद्धै गाउँमा कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहनुभएको छ । शरीरका अन्य भागमा क्यान्सर रोग फैलिन नदिन उहाँको प्रत्येक तीन महिनामा किमोथेरापी हुने गरेको छ । उहाँले कृषिबाटै खर्चको जोहो गर्दै आउनुभएको छ ।
पक्की पुल चुनावी मुद्दामात्रै, काठेपुलले गुजारा
चुनावताका कैलालीको गौरीगङ्गा नगरपालिका–१० भैंसासुरस्थित लिक्मा (सुर्मा) नदीमा पक्की पुल बन्ने कुरा जोडतोडका साथ उठ्ने गर्छ। नेताहरुले नदीमा पुल बन्ने कुरालाई चुनावी मुद्दा नै बनाउने गर्छन्।