उपमहानगरले भत्कायो अवैध संरचना
नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।
महाकाली सिँचाइ तेस्रो चरण : पाँच प्याकेजमा नहर निर्माणको तयारी
राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताउनुभयो ।
देशको विकास एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
रानाथारु समुदायको भाषा साहित्य सम्मेलन हुने
कैलालीको धनगढीमा पहिलो पटक रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भाषा जोगाउने उद्देश्यका साथ मङ्सिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन आयोजना गर्न लागिएको हो ।
धनगढीको सडक २१ मिटर बनाइँदै
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मुख्य सडक चौडा बनाइँदै छ । धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक १५ मिटर चौडा थियो । अब सेटव्यागसहित २१ मिटर हुने भएको छ ।
पर्यटक आकर्षित गर्न मिनी पार्क बन्दै
पर्यटक आकर्षित गर्नका लागि डुबरी तालमा मिनी पार्क बनाउन थालिएको छ।
छाडा पशु व्यवस्थापनका लागि गौशाला
स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
भूकम्पप्रभावित बालबालिकालाई नेविसंघको सहयोग
जाजरकोटका भूकम्पप्रभावितलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सहयोग गरेको छ । कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरूलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो ।
बाजुरामा ३५ सय घर पूर्ण जोखिममा
बाजुरामा ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका छन् । विसं. २०७९ माघ १० गते र २०८० असोज १७ गते गएको भूकम्पका कारण बाजुराका ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका हुन् ।