देशको विकास एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
रानाथारु समुदायको भाषा साहित्य सम्मेलन हुने
कैलालीको धनगढीमा पहिलो पटक रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भाषा जोगाउने उद्देश्यका साथ मङ्सिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन आयोजना गर्न लागिएको हो ।
धनगढीको सडक २१ मिटर बनाइँदै
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मुख्य सडक चौडा बनाइँदै छ । धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक १५ मिटर चौडा थियो । अब सेटव्यागसहित २१ मिटर हुने भएको छ ।
पर्यटक आकर्षित गर्न मिनी पार्क बन्दै
पर्यटक आकर्षित गर्नका लागि डुबरी तालमा मिनी पार्क बनाउन थालिएको छ।
छाडा पशु व्यवस्थापनका लागि गौशाला
स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।
भूकम्पप्रभावित बालबालिकालाई नेविसंघको सहयोग
जाजरकोटका भूकम्पप्रभावितलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सहयोग गरेको छ । कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरूलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो ।
बाजुरामा ३५ सय घर पूर्ण जोखिममा
बाजुरामा ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका छन् । विसं. २०७९ माघ १० गते र २०८० असोज १७ गते गएको भूकम्पका कारण बाजुराका ३५ सय भन्दाबढी घर पूर्ण जोखिममा रहेका हुन् ।
लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय
कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य हुनुभएका निसाद यतिबेला भने खुसी हुनुहुन्छ ।
‘जिससले प्रदेश र स्थानीय सरकारकाबिच पुलको काम गरेको छ’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश र स्थानीय सरकारकाबिच जिल्ला समन्वय समितिले पुलको काम गरेको बताउनु भएको छ ।