दरबन्दी छ, कर्मचारी छैनन्
जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसार कर्मचारी उपलब्ध नहुँदा सेवा प्रवाहमा समस्या भएको छ भने सेवाग्राही मर्कामा परेका छन् । अर्धन्यायिक निकायका रूपमा सेवा प्रवाह गर्दै आएको प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारणलाई सेवा प्रवाह, नियमित बजार अनुगमन, उजुरी तथा छानबिन गर्न समस्या देखिएको छ ।
टीकापुरमा भूमिहीन सुकुम्वासीको प्रदर्शन
टीकापुर नगरपालिका –१ का भूमिहीन सुकुम्वासीले छिटो निस्सा पाउनुपर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले नगरपालिकामा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
नेपालीलाई फुटाउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
हिमाली गाउँपालिका कवाडीमा दश शय्याको अस्पताल निर्माण
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-५ को कवाडीमा दश शय्याको अस्पताल निर्माण भएको छ । जटिल खालको रोगका लागि एक दिन हिँडेर कोल्टीमा उपचार गराउने समस्या भोग्दै आएका यहाँका स्थानीयले अबदेखि गाउँमै त्यो सेवा पाउने भएपछि उनीहरूको मुहारमा खुसी छाएको हो
उपमहानगरले भत्कायो अवैध संरचना
नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।
महाकाली सिँचाइ तेस्रो चरण : पाँच प्याकेजमा नहर निर्माणको तयारी
राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताउनुभयो ।
देशको विकास एमालेले मात्र गर्न सक्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
रानाथारु समुदायको भाषा साहित्य सम्मेलन हुने
कैलालीको धनगढीमा पहिलो पटक रानाथारु भाषा साहित्य सम्मेलन हुने भएको छ । रानाथारु समुदायको मौलिक कला, संस्कृति र भाषा जोगाउने उद्देश्यका साथ मङ्सिर २३ गते रानाथारु भाषा साहित्य सम्मेलन आयोजना गर्न लागिएको हो ।
धनगढीको सडक २१ मिटर बनाइँदै
सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको मुख्य सडक चौडा बनाइँदै छ । धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक १५ मिटर चौडा थियो । अब सेटव्यागसहित २१ मिटर हुने भएको छ ।