झुलाघाटमा झन्डोत्तोलन गरी ओलीले सुरु गरे सङ्कल्प यात्रा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गर्नुभएको छ ।
बाजुराका कोटघर जीर्ण बन्दै
बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताउनुभयो ।
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ ।
विपिन रिहाइका लागि थप पहल गरिने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमास आक्रमणपछि बेपत्ता रहेका विपिन जोशीको बुवाआमासँग बुधबार महेन्द्रनगर पुगेर भेट गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले गृहजिल्ला महेन्द्रनगर पुगेर विपिन जोशीका बुवाआमासँग भेट गर्नुभएको हो । भेटका क्रममा विपिनका आमाबुवाले आफ्नो छोरोको शीघ्र रिहाइ गरी घर फर्काइदिन मन्त्री साउदसमक्ष अनुरोध गर्नुभयो ।
विभेदपूर्ण लिङ्ग छनोट अन्त्य लागि कार्ययोजना बन्दै
विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले कार्ययोजना बनाउन थालेको छ । लिङ्गमा आधारित विभेद अन्त्य गर्ने उद्देश्यका साथ सरकारले कार्ययोजना बनाउन थालेको हो ।
‘नमस्ते मेयर एप’ मा ४३० गुनासा
धनगढी उपमहानगरले ‘नमस्ते मेयर एप’ सञ्चालनमा ल्याएपछि जनगुनासो आउनेक्रम बढेको छ । उपमहानगरले २०८० वैशाख महिनादेखि नगरवासीका गुनासो लिने र सम्बोधन गर्न सुरु गरेको हो ।
शिक्षक दरबन्दी कटौती भएपछि विद्यार्थी आन्दोलित
कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।विद्यालयमा भएको शिक्षकको सरुवा गरिएको विरोध र आवश्यक शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
टिकापुरमा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया
कैलालीको टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबिन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । जानकी गाउँपालिका-७ गोलौरीकी ५३ वर्षीया रामकृष्णी महतोको ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
हत्या गरेको आरोपमा १४ पक्राउ
विवाहमा गएको एक युवकको कुटपिट गरी हत्या गरेको आरोपमा कैलाली प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।