खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन् ।
साढे चार महिनामा सशस्त्र र एसएसबीका एक सय ४५ संयुक्त गस्ती
दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिति बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ ।
एमाले अध्यक्षद्वारा सहिद दशरथचन्दको जन्मघरको अवलोकन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गर्नुभएको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुग्नुभएका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गर्नुभएको हो ।
बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमा
कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ । टीकापुर-२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो ।
झुलाघाटमा झन्डोत्तोलन गरी ओलीले सुरु गरे सङ्कल्प यात्रा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गर्नुभएको छ ।
बाजुराका कोटघर जीर्ण बन्दै
बाजुराका विभिन्न ठाउँमा रहेका तत्कालीन राजाका दरबार (कोटघर) जीर्ण बन्दै गएका छन् । बाइसे चौबिसे राजाको पालामा निर्माण गरिएका दरबार (कोटघर) मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् । तत्कालीन राजा मुकुद्रबहादुर सिंहको पालादेखि निर्माण गरिएको बुढीगङ्गा नगरपालिका–१, कुडीकोट दरबार पछिल्लो पुस्ताको बेवास्ताका कारण जीर्ण बन्दै गएको स्थानीय बुद्धिजीवी जहरसिंह थापाले बताउनुभयो ।
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ ।
विपिन रिहाइका लागि थप पहल गरिने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमास आक्रमणपछि बेपत्ता रहेका विपिन जोशीको बुवाआमासँग बुधबार महेन्द्रनगर पुगेर भेट गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले गृहजिल्ला महेन्द्रनगर पुगेर विपिन जोशीका बुवाआमासँग भेट गर्नुभएको हो । भेटका क्रममा विपिनका आमाबुवाले आफ्नो छोरोको शीघ्र रिहाइ गरी घर फर्काइदिन मन्त्री साउदसमक्ष अनुरोध गर्नुभयो ।
विभेदपूर्ण लिङ्ग छनोट अन्त्य लागि कार्ययोजना बन्दै
विभेदपूर्ण लिङ्ग छनोट अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले कार्ययोजना बनाउन थालेको छ । लिङ्गमा आधारित विभेद अन्त्य गर्ने उद्देश्यका साथ सरकारले कार्ययोजना बनाउन थालेको हो ।