एमालेको मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा
सुदूरपश्चिमको बैतडी झुलाघाटबाट मङ्सिर १४ गते सुरु हुने नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग पदयात्राको तयारी पूरा भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
अविनाश चौधरीधनगढी, मङ्सिर १२ गते। अभद्र व्यवहार गरेको आरोपमा कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ का शेख मुनिर अहमदलाई पक्राउ गरेको छ। वडा नम्बर ७ का ५२ वर्षीय भोजराज विश्वकर्माले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै अहमदविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका अहमदविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्यादथप अनुमति लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। अहमदलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ। उनीबाट अन्य व्यक्तिसमेत विभिन्न किसिमबाट पीडित भएको भन्ने जानकारी आएकाले शेख मुनिर अहमदको नाममा कुनै जाहेरी/उजुरी भए सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सम्बन्धितलाई आग्रह गरेको छ।
आवास कार्यक्रमका घर अलपत्र
बाजुराको बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा आवास कार्यक्रमका घर अलपत्र परेका छन् । आर्थिक वर्ष २०७९-०८० मा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा बाढीपहिरोबाट विस्थापित भएका अम्कोटका स्थानीयलाई स्थापित गर्ने गरी आवास कार्यक्रम सुरु गरिएको हो ।
निजी अस्पतालमा विपन्न र असहायको निःशुल्क उपचार
धनगढी उपमहानगरपालिकामा रहेका निजी अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार हुने भएको छ ।
संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार
चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । वि.सं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गर्नुभएको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।
मुख्यमन्त्रीका पिताद्वारा सात लाखको अक्षयकोष स्थापना
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पिता मङ्गलबहादुर शाहले सात लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
मौसम बदली भएसँगै चिसो बढ्यो
आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ । यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन् । जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
उग्रतारा मेलामा रतेडी र देहीजाँत
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला ‘देहीजाँत’ सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सोमबार रातिबाट रतेडी र मङ्गलबारबाट देहीजाँत लाग्ने छ । बिहान उग्रतारा भगवतीको विधिवत पूजाआजा सम्पन्न भएपछि दिउँसो मेला लाग्ने गर्छ । उग्रतारा मन्दिरका पुजारी लोकराज भट्टले अमरगढीका चार वटा गाउँबाट डोलीसहित देउरो र पूजापोखल मन्दिर पु¥याएपछि बिहान ४ बजेबाट पूजाआजा गरिने बताउनुभयो ।
एक हजार किसान आफैँ नहर सफा गर्न जुटे
कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।