पर्यटकीय पूर्वाधारमा लगानी अभाव
महावुधाम कालीकोटको मुख्य पर्यटकीय स्थल हो। महावै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ। भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन्। धामसम्म पुग्नलाई पर्यटकले निकै सास्ती खेप्नुपर्छ। थुप्रै अप्ठ्यारा झेलेर भए पनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन्। कालीकोट र दैलेखको सिमानामा रहेको धाममा आवागमनमा निकै सास्ती हुने गरेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै पर्यटकको सहजताका लागि महावै गाउँपालिकाले गत वर्षदेखि धामसम्म पुग्न मोटर बाटो निर्माणको काम थालेको छ। पर्यटकलाई आवागमन र आवासका
आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाइने
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ । शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवर्धन तथा विकास गर्न पहल गर्ने बताउनुभयो ।
हिमपातपछि रोकिए निर्माण
दुई दिन लगातार परेको बाक्लो हिमपातका कारण उत्तरी हुम्लाका छ दर्जनभन्दा बढी विकासे योजनाका काम ठप्प भएका छन्। निर्माण कार्य भइरहेको स्थानमा हिउँ जमेका कारण काम गर्न नसकिने भएपछि योजनाको काम ठप्प भएको हो। नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अत्यधिक हिमपातले गर्दा गाउँपालिकाद्वारा सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी योजनाको काम ठप्प भएको जानकारी दिनुभयो।
बालमैत्री वडामै बालविवाह
तामझामसहित महत्त्वपूर्ण उपलब्धिका रूपमा बालमैत्री वडा घोषणा भएकै स्थानमा बालविवाह बढ्दै गएको छ। बालमैत्री घोषणा भएपछि कुशे गाउँपालिका–१ मा छवटा बालविवाह भएका छन्। नेपाल सरकारले ५१ वटा सूचक पूरा गरेका वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने कार्यविधि तयार पारेको छ। सोहीअनुसार कुशे गाउँपालिका–१ लाई गत वर्ष चैत १२ गते बालमैत्री वडा घोषणा गरिएको थियो।
गाडी बिग्रिएपछि हिउँ पन्छाउने काम रोकियो
सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने काम रोकिएको छ । विमानस्थलको हिउँ पन्छाउन व्यवस्था गरिएको गाडीमा आधा हिउँ पन्छाउने काम भइरहेका बेला समस्या देखिएपछि हिउँ फाल्ने काम अधुरो रहेको हो ।
किसानमैत्री नीति नहुँदा समस्या भएको गुनासो
स्थानीय तहले किसानमैत्री नीति निर्माण नगर्दा आफूहरू समस्यामा परेको किसानहरूले गुनासो गरेका छन् । व्यावसायिक रूपमा कृषि खेती गर्ने किसानभन्दा पावर पहुँचका भरमा सरकारी निकायबाट अनुदान पाउने गरेका कारण वास्तविक किसान मारमा परेको उहाँहरूको भनाइ छ ।
लेखा अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित अन्य दुई जना कर्मचारी र एक जना होटल सञ्चालकविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।
हिमपातले उडान बन्द, धावन मार्गको हिउँ हटाइँदै
जुम्लामा हिमपातले हवाई सेवा बन्द छ । मङ्गलवार देखी आएको लगातारको हिमपातले धावन मार्गमा हिउँ जमेपछि जहाज बस्न सकिरहेका छैनन् । आज बिहानै देखी हिउँ रोकिएको छ ।
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।