प्रदेश सरकारको जलाधार संरक्षण नीति
कर्णाली प्रदेश सरकारले जलाधार संरक्षण नीति अवलम्बन गरेको छ । प्रदेशका विभिन्न जिल्लामा सम्भावित स्थान छनोट गरी जलाधार संरक्षणको योजना अनुरूप काम गर्न लागिएको हो ।
मानसिक स्वास्थ्य उपचारमा बजेट बढाउन सुझाव
दिनदिनै बढ्दै गएको मानसिक स्वास्थ्यको उपचारको क्षेत्रमा बजेट बढाउन सुझाव दिइएको छ ।
चैतदेखि असारसम्म रारा घुम्ने मौसम
यतिबेला नेपालको सबभन्दा ठुलो रारा ताल घुम्ने मौसम सुरु भएको छ । अन्य मौसमभन्दा चैतदेखि असार महिनासम्मको समयलाई रारा ताल भ्रमणका लागि उपयुक्त मानिन्छ ।
भारतीय तरकारीले किसानलाई सङ्कट
जाजरकोटको शिवालय गाउँपालिकाका किसानले भारतबाट आयात भएका सस्तो दरका तरकारीका कारण आफ्नो उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको वडा नं. १ र २ का किसानले आफूहरूले उत्पादन गरेको तरकारी भारतीय सस्तो तरकारीले बजार नपाएको गुनासो गरेका हुन् ।
हुम्लाको कालिकामा ४.५ म्याग्निच्युडको भूकम्प
हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
मुगुमा जडीबुटीबाट ९३ लाख राजश्व सङ्कलन
आर्थिक वर्ष मुगुमा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ ।
कर्णाली नदीमा बेवारिसे शव फेला
कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ लालीघाट नजिक कर्णाली नदीमा बेबारिसे शव फेला परेको छ । बजार नजिकै बुधबार बिहान ८ः५५ बजेको समयमा कर्णाली नदीको किनारामा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनायको छ ।
दुर्गमको विद्यालयमा आवासीय सुविधा
हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको हल्जीमा रहेको सामुदायिक विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको छ ।
शिक्षा क्षेत्रको बजेटमा वृद्धि
कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको छ । अघिल्ला आर्थिक वर्षहरूभन्दा चालु आवमा शिक्षा क्षेत्रको बजेटमा वृद्धि गरेको हो ।
एसइईको दौडभन्दा शैक्षिक सुधार महत्वपूर्ण
गत चैत ७ गतेदेखि सुरु भएको माध्यमिक तहको एसइईलाई मर्यादित ढङ्गले सञ्चालन गर्नलाई जिल्लाका सरोकारवाला निकायले अनुगमन गरेका छन् ।
बेलिब्रिज निर्माणले आवतजावतमा सहज
हिमाली जिल्ला हुम्लामा भित्रिने यातायातका साधनहरुलाई अब खोला तर्नु नपर्ने भएको छ । यसअघि बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको पिलु खोलामा पुल नहुँदा खोला तर्नु पर्ने अवस्था रहेको भए पनि हाल बेलिब्रिज सञ्चालनमा आएपछि उक्त समस्या हटेको हो ।
रास्कोटमा सडक स्तरउन्नती हुँदै
कालीकोटको रास्कोट नगरपालिकाको मुल सडकको स्तरउन्नतीको काम सुरु भएको छ । संघ सरकारको चार करोड ५० लाख सहयोगमा नगरको मुल सडक खण्डको वडा नं ४ लडेखोलादेखि पोत्मारासम्मको पाच दशमल पाँच अर्थात साढे पाँच किलोमिटर सडकको स्तरवृद्धीको काम सुरु भएको हो ।
विद्युतीय गाडी दुर्घटनामा चार विद्यार्थी घाइते, चालक फरार
दैलेखमा विद्युतीय गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
बोलेरो दुर्घटनामा आठजना घाइते
कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ डाडामाडुमा बोलेरो दुर्घटना भएको छ । सुर्खेतबाट कुमालगाउँ कालीकोटतर्फ आउँदै गरेको बोलेरो दुर्घटनामा आठ जना घाइते भएका छन् ।
विद्युतीय ‘सर्ट सर्किट’ ले बढ्दै छ आगलागी
गत बुधबार रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, सेरीगाउँमा आगलागी भयो । सुरक्षाकर्मीसहितको उद्धार टोलीले आगो नियन्त्रणमा लिएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगिएको छ । आगलागीबाट करिब १८ लाख रुपियाँको क्षति भएको प्रहरीको अनुमान छ ।
क्षयरोगी उपचारबाट वञ्चित
कर्णाली प्रदेशमा लक्ष्यको आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् । उपचारमा आएकाभन्दा बाहिर रहेकालाई उपचारमा ल्याउन चुनौती देखिएको छ ।
प्रशंसा नगरेको भन्दै शिक्षकको सरुवा
कालीकोटको रास्कोट नगरपालिकाको बडीमालिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृष्णप्रसाद बरालले फेसबुकमा नगरप्रमुख धर्मराज शाहीको प्रशंसा नगरेको भन्दै नियमविपरीत सरुवा गरेको आरोप लगाइएको छ ।
राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन समस्या
जिल्लाको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गर्नुभएको छ ।
राताम्य पहरा, वसन्त बहार (फोटो फिचर)
वसन्त यामसँगै फेरिने पालुवाहरुले मात्र हैन राष्ट्रकै गरीमा समेत रहेको थरीथरीका लालीगुराँसका फुलहरुले पहराहरुलाई समेत सिन्दुरे बनाइदिएको छ । अक्करे कालो पत्थरिलो भिरमा समेत बान्की दिँदै फुलेको लालीगुराँसले मानौ निर्जन भित्ताहरुमा प्राण भरिदिएको छ ।
हुम्लामा रैथाने बालीको मूल्य निर्धारण
जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।
माओवादी जाजरकोटको सात वटै पालिकाकाे अधिवेशन सम्पन्न
नेकपा माओवादी केन्द्र जाजरकोटले जिल्लाका सात वटै पालिकाको अधिवेशन सम्पन्न गरेको छ।
अवरुद्ध भएको सर्केगार्ड सडकको निर्माण कार्य सुचारु
कर्णाली करिडोरको हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड बजार क्षेत्रको डेढ वर्षदेखि अवरुद्ध हुँदै आएको सडकको निर्माण कार्य सुरु भएको छ ।
दलित सशक्तीकरण विधेयक पारित
कर्णाली प्रदेशका दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्नका लागि करिब छ वर्षअगाडि तयार भएको दलित सशक्तीकरण विधेयक बिहीबार कर्णाली प्रदेश सभाबाट पारित भएको छ ।
प्रहरी चौकी उच्च जोखिममा
जनताको जीउधनको सुरक्षाका लागि रातदिन खट्ने प्रहरीका लागि स्थापना भएको प्रहरी चौकी आफैँ जोखिममा रहेको छ ।