अस्थायी आवास छिटो निर्माण गरौं : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अस्थायी आवासमा सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
‘गाउँको डाक्टर’ को निधनले स्थानीय शोकमग्न
गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतबार उहाँको निधन भएपछि गाउँवासी शोकमग्न भएका हुन् ।
राष्ट्रपति रनिङ शिल्ड हिमज्योतिलाई
गाउँपालिका केन्द्र सर्केगार्डमा सञ्चालन भएको सर्केगार्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिमज्योति मावि विजयी भएको छ । गाउँपालिकाका चार माविबिच भएको सो प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण पदक जितेर हिमज्योति मावि पहिलो भएको हो ।
कर्णाली सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर
कर्णाली प्रदेश सरकारकाे बजेट कार्यान्वयन विगतको तुलनामा कमजोर बनेको छ । चालु आर्थिक वर्ष (२०८०–०८१) मा सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।
अनुमतिपत्र बिनाका शिक्षक अध्यापन गराउँदै
कालीकोटको रास्कोट नगरपालिकामा कार्यरत अध्यापन अनुमतिपत्र बिनाका शिक्षकले अध्यापन गराइरहेका छन् । नगर प्रमुख धर्मराज शाहीको जोडबलमा नियुक्त भएका अध्यापन अनुमतिपत्र बिनाका शिक्षक अध्यापन जारी राखेका हुन् ।
भूकम्प : रुकुम पश्चिममा मृतकका परिवारले पाए नगद
जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।
भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई लाख राहत
रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो ।
सानीभेरी किनारमा पुरुषको शव फेला
रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।
यारी भन्सार कार्यालय बन्द
नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ । कार्यालय प्रमुख काठमाडौँ गएर बसेका छन् भने चीनको ताक्लाकोटबाट सामानहरू आई रहेको भए पनि कार्यालय बन्द गरिएको छ ।