‘सरकार घर बनाइदेऊ’
भूकम्प गएलगत्तै सरकारको प्रत्यक्ष उपस्थितिले हौसिएका भूकम्पपीडितहरूले घर बनाइदिन सरकारसँग माग गरेका छन् । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारको आशा र भरोसामा बाँचेको बताएका छन् । उनीहरूले सरकारले जनताको घाउमा मलम लगाउन पुगेको बताउँदै अल्पकालीन र दीर्घकालीन रूपमा आवास निर्माणको काममा सहयोग गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।
पहिचान नखुलेको शवको दाहसंस्कार
रुकुमपश्चिममा पहिचान नखुलेको एक शवको दाहसंस्कार गरिएको छ । मङ्सिर १० गते जिल्लाको सानीभेरी गाउँपालिका–३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा भेटिएको शव आज आइतबार दाहसंस्कार गरिएको हो ।
कर्णाली नदीमा विश्वकै लामो र्याफ्टिङ हुने
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ ।
मङ्सिरभित्र अस्थायी टहरा निर्माण गरिसक्न मन्त्री शर्माको आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर महिनाभित्र भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्न आग्रह गर्नुभएको छ । जाजरकोटको नलगाड नगरपालिकामा आइतबार जनप्रतिनिधि र कर्मचारीसङ्ग छलफल गर्दै मन्त्री शर्माले सो आग्रह गर्नुभएको हो ।
नेपाल समृद्ध बनाउन एकल सरकार चाहिन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखको राकममा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा विद्यार्थीलाई सहयोग
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएको विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
बाढी पहिरो पीडितलाई खाद्यान्न सहयोग
गत भदौ ३ र ४ गते परेको अविरल वर्षासँगै गएको बाढी पहिरो पीडितलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दश लाख मूल्य बराबरको खाद्यान्न राहत सहयोग उपलब्ध गराएको छ।
भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यमलाई निःशुल्क इन्टरनेट सेवा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यमलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बताउनुभएको छ ।
रुकुमपश्चिमका भूकम्पपीडितलाई सञ्चारमन्त्रीद्वारा न्यानो कपडा हस्तान्तरण
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच सय थान सिरक हस्तान्तरण गर्नुभएको छ ।