माथिल्लो मुगुको कार्मारोङ क्षेत्रको गुम्बा संरक्षणको पर्खाइमा
माथिल्लो मुगु (कार्मारोङ) जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकामा रहेका गुम्बाहरु भग्नावशेषमा परिणत भएका छन् । ती गुम्बाहरु १५ औं शताब्दीमा निर्माण भएको बताइएको छ । त्यहाँ मौलिक ऐतिहासिक सम्पदाका चित्रहरु रहेका छन् ।
सिमकोट बजारको आरसीसी पिच निर्माण हुँदै
सदरमुुकाम समेत रहेको सिमकोट बजार क्षेत्रको आरसीसी पिच गर्ने काम सुुरु भएको छ । बजार व्यवस्थित बनाउनकाे लागि ढलसहितको काम भएको हो ।
निःशुल्क स्वास्थ्य शिविर
नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ ।
सल्यान अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट जडान
सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
नबसेरै प्रदेश सभा बैठक स्थगित
आज बिहीबार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको छ । बिहीबार बिहान अवरुद्ध प्रदेश सभा बैठक खुलाउन सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएपछि आज बस्ने भनिएको बैठक बस्न नसकेको हो ।
हावाले मकै ढाल्यो, किसानको पीर बढ्यो
कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा न. ७, ८ र ९ मा हावाहुरीले मकैबाली ढालेको छ । गएराति चलेको ठूलो हावाहुरीका कारण किसानले लगाएको मकैबारी पुरै ढालेर सोतर बनाएको छ । समयमा पानी नपर्दा बाली लाउन नपाएर छट्पटिरहेका किसानका लागि फेरि अर्को बर्जपात आइलागेको छ ।
मालपोतका कर्मचारीसहित १३ जना दोषी ठहर
सुर्खेतको वीरेन्द्रनगरमा जग्गाधनीलाई थाहै नदिएर अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई सुर्खेत जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका चार जना कर्मचारीसहित १३ जनालाई किर्ते तथा ठगी गरेको कसूर ठहर गर्नु भएको हो ।
वित्तीय साक्षरतापछि कमाउँदै महिला
वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो ।
मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर
जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ ९क० कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
ज्येष्ठ नागरिकलाई सहयोग
सिन्जा गाउँपालिका–२ का ८१ जना ज्येष्ठ नागरिकलाई बर्खायाममा छाता र टर्च वितरण गरिएको छ । वडा कार्यालयले वर्षाका बेला ज्येष्ठ नागरिकको सहयोगका लागि छाता र टर्च वितरण गरिएको हो । वडाध्यक्ष तीर्थ वडले ज्येष्ठ नागरिकको सल्लाहअनुसार छाता र टर्च वितरण गरिएको हो । उहाँले भन्नुभयो, “वर्षामा छाता र राति बाहिर जान उज्यालो आवश्यक भएकाले टर्च उपलब्ध गराइएको हो ।”
चट्याङ लागेर दुई महिला घाइते
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ मा चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । मंगलबार परेको चट्याङ लागेर सुर्किमारे गाउँका ४६ वर्षिया लक्ष्मी ओली र बोहरा गाउँका ३० वर्षिया कौशिला महतारा बोहरा घाइते हुनुभएको हो ।
पीडितको गुनासो सुन्न प्रहरीको चियापान कार्यक्रम
स्थानीय स्तरमै पीडितहरुको गुनासो सुन्न जाजरकोट प्रहरीले चियापान कार्यक्रम आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा प्रहरीले पिडितहरुको समस्या र गुनासो बुझ्न चियापान कार्यक्रम आयोजना गरेको हो ।
कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगन भएको थियो ।
जीर्ण भवनमा कैदीबन्दीलाई सकस
कर्णाली प्रदेशका कारागारको भौतिक अवस्था कमजोर रहेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोट जिल्लाका अधिकांश जीर्ण र साँघुरा भवनमा कैदीबन्दीलाई सास्ती भएको अनुगमनका क्रममा पाइएको छ । कारागारहरूको भौतिक अवस्था कमजोर हुँदा कैदीबन्दीलाई सकस भएको हो ।
पहिरोले सदरमुकामकै बस्ती जोखिममा
सोमबारदेखि परेको निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा परेको छ ।
मुगुको रारा तालमा पुग्यो बिजुली
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य स्थल रारा तालमा बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्याएको हो ।
पहिरोमा पुरिएर एकजनाको मृत्यु
अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको पहिरोले पुरिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाही र स्विटजरल्याण्डका राजदूतबीच शिष्टाचार भेटवार्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मतदानस्थलमा पठाइँदै निर्वाचन सामग्री
असार २३ गते हुने बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले निर्वाचन सामाग्री रुजु गर्दै मतदानस्थलमा पठाएको छ ।
अछाम सदरमुकामका छ स्थानमा निषेधाज्ञा जारी
शान्ति, सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेन बजारका छ स्थानमा निषेधाज्ञा जारी गरेको छ । मंगलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मंगलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बजेट विनियोजन हुन्छ कार्यान्वयन हुँदैन
कर्णाली प्रदेश सरकारले स्थापना गर्ने भनिएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयले चार वर्ष बितिसक्दासमेत कुनै आकार ग्रहण गर्न सकेको छैन । कर्णाली सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भनेर आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेकोे थियो । त्यसयता सरकारले बर्सेनिबजेट विनियोजन गरे पनि विश्वविद्यालयका लागि कुनै प्रयत्न गरिएको छैन ।
कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष पनि कर्णालीका वडा–वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागू गर्ने भएको छ । चालू आर्थिक वर्षमा कर्णालीका ७१८ वटै वडामा उक्त कार्यक्रम लागू गरेको सरकारले आगामी आव पनि कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
घरैमा सामाजिक सुरक्षा भत्ता
सान्नीत्रिवेणी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले आइतबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले पाउने गरेका छन् । पालिकाले कर्मचारी परिचालन गरेर वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
श्रमदानमा बन्यो रारा पुग्ने पदमार्ग
जिल्लाका सरोकारवाला निकायको सक्रियतामा रारातालमा जाने छोटो रारा पर्यटकीय पदमार्ग निर्माण भएको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाइमा सो पदमार्ग निर्माण भएको हो ।