प्रकोपजन्य घटनामा गरिने उद्धार कार्यको प्रर्दशनी
मनसुुन तथा अन्य प्रकोपबाट हुनसक्ने सम्भावित घटना तथा क्षतिका लागि सुुरक्षाकर्मीले गर्नुपर्ने उद्धार कार्यको प्रर्दशनी गरिएको छ । प्रकोपजन्य कुनै घटना भए त्यसका लागि गरिने उद्धार कार्यबारे जानकारी गराउन उक्त प्रर्दशनी गरिएको हो ।
सर्पकाे टोकाइबाट अछाममा एक गर्भवतीको मृत्यु
सर्पले टोकेर अछामको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटीमा गर्भवती रहेका एक महिलाको मृत्यु भएको छ । सर्पको टोकाइबाट लयाँटी निवासी ३२ वर्षीया रामपुरा शाहीको मंगलबार मृृत्यु भएको मृतकका जेठाजु लालबहादुर शाहीले जानकारी दिनुभयो ।
वीरेन्द्रनगरको एकीकृत भवन शिलान्यास
वीरेन्द्रनगर नगरपालिकाको बहु–प्रतिष्ठित एकीकृत भवन निर्माण हुने भएको छ । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन नगरपालिकाको भवनको शिलान्यास गरिएको हाे ।
बलात्कार आरोपमा एक व्यक्ति पक्राउ
दाङको तुलसीपुर उपमहानरपालिका–७ निवासी ३६ वर्षीय रामबहादुर ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
हुम्लाकाे यारीमा सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सुुरु
नाम्खा गाउँपालिका–५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि संभाव्यता अध्ययन सुुरु भएको छ । यसका लागि काठमाडौंबाट आएका टोलीले स्थलगत रुपमा यारी पुुगेर अध्ययन सुुरु गरेको हो ।
समन्वय समिति सल्यानमा गठवन्धन विजयी
जिल्ला समन्वय समिति सल्यानमा सत्ता साझेदार दलको गठवन्धन विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका वेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असवीर बुढाथोकी विजयी हुनुभएको हो ।
पिप्लाङका आगलागी पीडितलाई राहत सहयोग
चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाइ कर्णाली सरकारले राहत उपलब्ध गराएको छ । गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत प्रदान गरिएको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौ रकम बराबरको राहत सामग्री अग्नि पीडितलाई सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयो ।
मानव अधिकारको संरक्षण गर्नु सबैको दायित्व
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मानवअधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आइतबार सुर्खेतमा आयोजित कर्णालीमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यका निकायसँगै हरेक नागरिकले इमान्दारितापूर्वक कर्तव्य पालना गर्न सके मानवअधिकारको संरक्षण हुने बताउनुभयो । मुख्यमन्त्री शाहीले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन् भएकोतर्फ सचेत बन्नुपर्ने धारणा राख्नुभयो । संविधानमा सबैको हकअधिकारको सुनिश्चितता भएको भन्दै उहाँले त्यसको पालनाका लागि राज्य, निजी क्षेत्र, नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक योगदान गर्नुपर्ने बताउनुभयो ।
आगलागीबाट एक करोड ८१ लाखबढी क्षति
दक्षिणी हुम्लाको चंखेली गाउँपालिका–४ को पिप्लाङ गाउँमा भएको आगलागीबाट एक करोड एक्कासी लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
विद्यालय बन्द गरेर शिक्षक विद्यार्थी यार्सा टिप्न व्यस्त
रुकुम पूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलन गर्न गएपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा संकलनका लागि गएका हुन् ।
घाइते महिलाको हेलिकोप्टरबाट उद्धार
भीरबाट लडेर घाईते हुुनुुभएकी एक जना बृद्ध महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकी महिला नाँम्खा गाउँपालिका – ६ तील गाउँकी ९० वर्षीया याङ्जोम लामा रहनुुभएको छ ।
लिलाम नहुँदा लाखौँ मूल्य बराबरको काठ कुहिँदै
यहाँ गैरकानुनी रुपमा ओसार पसारका क्रममा वरामद भएको काठ लिलाम नहुँदा राखेको ठाउँमै कुहिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा कुहिन थालेका हुन् । चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका छन् ।
जाजरकोटमा सार्वजनिक सवारी साधनमा टाइम कार्ड
जाजरकोट , जेठ २७ गते। जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले शुक्रबारबाट यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ।तीव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएपछि यसलाई न्यूनिकरण गर्न यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो। छिन्चु जाजरकोट सडकखण्डमा चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधन, खलंगादेखि कुदु हुँदै छेडाचौरसम्मका लागि टाइम कार्ड लागू गरिएको हो। टाइम कार्ड लागू भएपछि समय भन्दा अगावै सवारी साधन तोकिएको स्थानमा आइपुगेमा कार्वाही गरिने ट्राफिक प्रहरीको भनाइ छ।टाइम काड लागू भएपछि एक अर्काबीच प्रतिस्पर्धा कम हुने भएकाले दुर्घटनासमेत कम हुने सवारी चालकको भनाइ छ।
जाजरकोटको जीप दुर्घटनामा मृतक तीनै जनाको सनाखत
जिल्लाको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।
जाजरकोटमा जिप दुर्घटना, दुईको मृत्यु, नौ जना घाइते
जाजरकोटको जुनिचाँदे– ५ बलेपुइना नजिक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको र पाँच जना सामान्य भएको प्रहरीले जनाएको छ ।
हुम्लामा सुुपथ मुख्यमा तेल र मैदा बिक्री
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको सिमकोट शाखाबाट खाने तेल र मैदा बिक्री गरेको छ । उपभोक्ताको मागलाई ध्यानमा राखी लिमीटेडको प्रादेशिक कार्यालयद्वारा उपलब्ध भएको उक्त तेल र मैदा बिक्री गरिएको हो ।
हुम्लामा मोतिबिन्दुको शल्यक्रिया
हुुम्ला जेठ २६ गते । दुुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४५ जनाले आँखाको मोतिबिन्दुका बिरामीको शल्यक्रिया भएको छ । काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको आर्थिक सहयोग तथा आँखा अस्पताल हुुम्लाको समन्वयमा उक्त शिविर सञ्चालन भएको हो । अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराको अनुुसार आँखा शिविरमा ४८ जनाको आँखाको शल्यक्रिया भएकोमा त्यसमा ४५ जनाको मोतिबिन्दु र अन्य तीन जनाको सामान्य शल्यक्रिया भएको छ । उहाँले शिविरमा कुल ६३७ जनाको आँखाको सामान्य जाँच भएकोमा एक सय जनालाई निःशुुल्क चश्मा वितरण गरिएको बताउनुुभयो । शिविरका संयोजक नाम्ख्याल लामाले उपचारका लागि आउने बिरामी मध्य अधिकांशमा मोतिबिन्दुका बिरामी रहेको बताउनुुभयो । उहाँले हुुम्लामा यो रोग बढी पाइएको बताउदै अधिकांश बृद्धबृद्धामा यो रोग पाइएको बताउनुुभयो । उहाँले शिविरमा गरिएका शल्यक्रिया सबै सफल रहेको र दुुई जना बिरामीको उपचार भने गर्न नसकिएको बताउनुुभयो । शिविरमा उपचार गर्ने बालबालिकादेखि युवायुवतीसम्म सहभागी हुनुुभएको थियो ।
जाजरकोट जिससमा सत्ता गठबन्धन विजयी
जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएको छ । सता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका कालीबहादुर खत्री र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह विजयी हुनु भएको छ ।
मृतक पक्ष र प्रहरी बीचमा सहमतिः पाँच दिनपछि शव उठाउने
शिवराज ढुंगाना मंगलसेन, जेठ २५ गते । मृतक पक्ष र प्रहरीबीचमा सहमति भएपछि पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको पाँच दिनपछि शवको परीक्षण हुने भएको छ । शव परीक्षण, किटानी जाहेरी दर्ता र अनुसन्धान गर्नेमा मृतकका दाजु डम्बरबहादुर शाही र अछाम प्रहरीका प्रहरी निरीक्षक कैलाश विष्टबीचमा सहमति पत्रमा हस्ताक्षर भएपछि शव उठाउन पीडित पक्ष सहमत भएको हो । मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।प्रहरीले किटानी जाहेरी नलिएको भन्दै पीडित पक्षले शवको परीक्षण गर्न नमानेपछि हराएको सात र मृत फेला परेको चौंथो दिनमा विनोदको शव घटनास्थलमै रहेको थियो । हत्याराको कानूनी कार्वाहीको सुनिश्चितता नभएसम्म शव उठान पीडित पक्ष सहमति भएको थिएन । कार्वाही गर्न सभामुखको निर्देशन सभामुख अग्निप्रसाद सापकोटाले पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । बुधबारको प्रतिनिधिसभामा बैठकमा घटनाका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई कार्वाही प्रक्रिया अघि बढाउन सभामुखले निर्देशन दिनुभएको हो ।
अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम
अपाङ्गता भएका युवा-युवतीलाई सिलाइ कटाइ तालिम प्रदान गरिएको छ । हालसम्म बेरोजगार रहँदै आउनु भएका उक्त समुहका युवा-युवतीलाई स्वरोजगारी सृजना गर्न उक्त तालिम प्रदान गरिएको हो ।
स्वास्थ्य शिविर सञ्चालन
जाजरकोटको शिवालय गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले आयुर्वेद तथा योगसम्बन्धी निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेको हो । शिविरमा २५० जनाले स्वाथ्य परीक्षण गराएका छन् ।
हुम्लामा ३० प्रतिशत रोपाइँ सम्पन्न
हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती हुने गरेको छ ।
कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
नवीन सुवेदी सुर्खेत, जेठ २४ गते। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सरकारकोतर्फबाट प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अंगिकार गरेको समृद्ध कर्णाली कर्णालीवासीको दीर्घकालीन सोच अनुरुप आर्थिक सामाजिक रुपान्तरण एवं गरिबी निवारणतर्फ नीति तथा कार्यक्रम लक्षित रहेको छ। कर्णाली विकासको प्रमुख आधार “६ 'ब' अर्थात् बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार’’ सबैको सहकार्य र सरोकारको मूल उद्देश्य लिई विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ। प्रदेश अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रूपमा विकास गर्ने, जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोगमार्फत् स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय तह समेतको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य तथा स्क्रिनिङ्ग शिविर एवम् टेलिमेडिसिन सेवा सञ्चालन गर्ने कार्यक्रममा समेटिएको छ। यस्तै, मातृ-शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने, जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि गरिँदै आएको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेश भित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने, औषधि तथा स्वास्थ्य उपकरण लगायतका सामग्रीको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्न प्रदेश आपूर्ति केन्द्र सञ्चालनमा ल्याउने, विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा सहिद परिवार, एचआईभी संक्रमित व्यक्ति लगायतका वर्गको संरक्षण, आयवृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रमलाई निरन्तरता दिइएको छ। बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिने, कर्णाली प्रदेशमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्नसक्ने आवश्यक खेलकुद पूर्वाधारको विकास गर्न प्रदेश रङ्गशाला निर्माणको कार्यलाई तीव्रता दिने उल्लेख छ। किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गर्ने, उच्च मूल्ययुक्त कृषि उत्पादन र बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरी व्यावसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषि प्राविधिक स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने, प्राङ्गारिक मल तथा जैविक विषादीमा कृषकको पहुँच अभिवृद्धि गर्न मल तथा जैविक विषादी उत्पादन, प्रशोधन र ढुवानीमा अनुदान दिने, भू-उपयोग नीति तर्जुमा गरी भूमिको चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्दै करार, सहकारी र सामूहिक खेती तथा बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ। बगैंचा एक स्वामित्व अनेक भन्ने मूल नाराका साथ सम्पूर्ण कृर्षकलाई कलष्टरमा एकीकृत गरेर स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने, कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिने, पशुपन्छीको स्वास्थ्य उपचार सेवाका लागि पशुपन्छी विकास निर्देशनालय अन्तरगतको प्रयोगशालालाई प्रदेशस्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति गर्ने प्रदेश प्रमुख परियारले बताउनुभयो। उहाँले कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने “मुल्यवान“ लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएर बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ्ग, लेबलिङ्ग तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गर्ने र आगामी आर्थिक वर्ष २०७९/८० लाई “कर्णाली वृक्षारोपण वर्ष“ घोषणा गरेर कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ।
जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भेरी नगरपालिका १ रिम्नाका ४८ वर्षीय खिमबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।