सार्वजनिक जग्गा व्यापारीको कब्जामा
प्रतीक इच्छुक शर्मासल्यान, असोज १ गते । सल्यानको शारदा नगरपालिका–१, श्रीनगर बजारमा अत्याधुनिक सुविधासहितको बसपार्क बनाउने २०७६ सालदेखिको योजनाले अझै मूर्त रूप पाउन सकेको छैन। शारदा नगरपालिकाले सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको थियो। सल्यानको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित श्रीनगर बजारमा व्यवस्थित बसपार्क बनाउने शारदा नगरपालिकाको योजना कार्यान्वयन हुन नसकी योजनामै सीमित भएको छ। यसबाट जनघनत्व र सवारीसाधनको चाप बढ्दै गए पनि बसपार्क नहुँदा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढाएको जनगुनासो छ। पालिकाले बसपार्कका लागि ५९ करोड रुपियाँको डीपीआर पनि बनाइयो। बसपार्क निर्माणका लागि केही बजेटसमेत विनियोजन गरिएको छ। तर, दुई वर्ष बितिसक्दासमेत नगरपालिकाले व्यवस्थित बसपार्क बनाउन सकेको छैन।व्यवस्थित बसपार्क नहुँदा बजारको सौन्दर्य हराउँदै गएको स्थानीय मोहन नेपालीले बताउनुभयो। उहाँका अनुसार सार्वजनिक जग्गामा रहेको बसपार्कमा जथाभावी घरटहरा पनि निर्माण भइरहेको देखिएको छ। सार्वजनिक जग्गामा रहेको बसपार्क अव्यवस्थित छ। बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा मनपरी बस्ती पनि विस्तार भइरहेको देखिएको छ। नगरपालिकाले बसपार्क क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गर्दै १५ दिनभित्र त्यस क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना हटाउन सूचना जारी गरेको थियो। उक्त सूचनामा संरचना हटाउन अटेर गरेको पाइएमा नगरपालिका आफैँले आफ्नै स्रोतसाधनको प्रयोग गरेर सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने गरी सूचना निकालेको थियो।बसपार्क आसपासको क्षेत्रमा करिब ८७ रोपनी जग्गा सार्वजनिक रहेको छ। तर, नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण रोकेर व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न पहल थालेको लामो समय भइसक्दासमेत कामले पूर्णता पाउन सकेको छैन। नगरपालिकाले व्यवस्थित बसपार्क निर्माण गर्ने भनेर आश्वासन मात्रै बाँडेको र काम गर्न नसकेको स्थानीयको गुनासो छ। स्थानीय व्यापारी पुष्कर बस्नेतले सार्वजनिक जग्गा मिचेर घर बनाउने काम भइरहेको बताउनुभयो। उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले स्थानीय सरकारले पहल नलिँदा बसपार्क निर्माण कार्य अहिलेसम्म अगाडि नबढेको बताउनुभयो। बसपार्क व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताउँदै सार्वजनिक जग्गामा जथाभावी घरटहरा बनाउने काम तीव्र भएको उहाँको भनाइ छ। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले यसअघिको कार्यपालिका बैठकले बसपार्क बनाउने निर्णय गरेको भए तापनि कार्यान्वयनमा नआएको बताउनुभयो। उहाँले श्रीनगरमा बसपार्क बनाउन सङ्घीय र प्रदेश सरकारसंँग आवश्यक प्रक्रिया र छलफल भइरहेको उल्लेख गर्नुभयो।
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य
कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
दुुई दिनदेखि २६० जना धार्मिक पर्यटक ताक्ची र सिमकोटमा रोकिए
मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुु पर्ने धार्मिक पर्यटकहरु ताक्ची र सिमकोट रोकिनुु परेको छ । बुधवार रातीबाट बर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध हुँदा गन्तव्यमा लाग्नुु पर्ने पर्यटकहरु रोकिनुु परेको हो ।
सरकारकै योजना सुस्त
सङ्घीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा ल्याएको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रम दुई वर्ष बितिसक्दा पनि खासै उपलब्धिमूलक हुन सकेको छैन। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सङ्घीय सरकारले सुरु गरेको योजना प्रभावकारी बन्न सकेको छैन। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार निर्माण कार्य सुरु भएका धेरैजसो भवनको प्रगति पनि सुस्त छ। पहिलो चरणमा आर्थिक वर्ष २०७७/७८ मा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए। त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो। प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ।
सार्वजनिक जग्गामा व्यक्तिको रजाइँ
रास्कोट नगरपालिकाले सरकारी जग्गा मिचेर बनाइएको घर टहरा हटाउन सकेको छैन। दुई वर्षअघि नै नगरपालिकाले सार्वजनिक जग्गामा मिचेर बनाइएका घर टहरा हटाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि कार्यपालिका बैठकमा पूर्व उपप्रमुख मिम्मसरा बम शाहीको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन भएको थियो। नगरपालिकाको कार्यालय रहेको आरसीपी बजारको सरकारी जग्गा नै कब्जा गरेर स्थानीयले घर बनाएपछि त्यो खाली गराउने मनसाय नगर सभाको थियो। सरकारी जग्गालाई खाली गराउने सूचनासम्म नदिएर अघिल्लो सरकारको कार्यकाल नै सकियो। समितिले अर्को नगर सभामा प्रतिवेदन पेस गर्ने र त्यसैका आधारमा व्य
दुईवटा निर्माण कम्पनी कालोसूचीमा
सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीको सम्झौता तोडेको छ । खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता तोडेको हो ।
पाँच वर्षपछि लिमीमा मोबाइल सेवा सुचारु
नाम्खा गाउँपालिका – ६ को हिमालपारीको गाउँ लिमीमा मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको मोवाईल टावर निर्माण कार्य पुरा हुँदा मोवाईल सेवा सञ्चालनमा आएको हो ।
वीरेन्द्रनगरमा अपाङ्गता बाल अस्पताल सञ्चालन हुने
अपाङ्गता भएका बालबालिकाको पुनःस्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१ चनाबारीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालनको तयारी गरेको हो ।
राप्ती लोकमार्ग मर्मत गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालय सल्यानले राप्ती लोकमार्ग र त्यसका सहायक सडकको मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। जिल्लाका सडकको निर्माण, मर्मत पुनर्निर्माणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा जिल्लामा अवरुद्ध विभिन्न सडक र सहायक सडकको मर्मत तत्काल सुरु गर्न प्रजिअ विपिन आचार्यले निर्देशन दिनुभएको हो।