सडक निर्माणमा रुखकै उल्झन
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खब्बागाडे खण्डको कामले गति लिन सकेको छैन । समयमा सडक निर्माण नहुँदा सर्वसाधारणले अनावश्यक सास्ती
भूकम्पपीडितलाई एक वर्षभित्रै आवास
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्षभित्रै स्थायी आवास निर्माण गर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहको नेतृत्वमा छिटोछरितो अभियानका रूपमा भूकम्प प्रभावितको आवास निर्माण हुने जानकारी दिनुभयो ।
एक वर्षभित्र स्थायी आवास निर्माण गर्छौँ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक वर्षभित्र स्थायी आवास निमार्ण गरिसक्ने बताउनुभएको छ।
हरेक वडा केन्द्रमा इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभरिका सबै वडा कार्यालयसम्म इन्टरनेट पुर्याउने योजनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
सिँजामा पर्यटनको प्रचुर सम्भावना
सिँजा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । यस गाउँपालिका नेपालको राजधानी काठमाडौँबाट ८११.८ किमी पश्चिम र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट करिब २३०.५ किमी उत्तरतर्फ पर्छ । १५३.२९ वर्ग किमी कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका, पश्चिममा कालीकोट जिल्ला, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा हिमा र तातोपानी गाउँपालिका रहेका छन् । जुम्ला जिल्लाको आठ वटा स्थानीय तहमध्ये सिँजा गाउँपालिका पनि एक हो । यो गाउँपालिका साबिकको धापा, नराकोट र शनिगाउँ गाविस समावेश गरी बनाइएको हो । पछिल्लो जनगणना, २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ ।
वञ्चितीकरणमा अपाङ्गता भएका नागरिक
पञ्चपुरी नगरपालिका–२ का युवराज कँडेल दृष्टिविहीन हुनुहुन्छ । प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएका कँडेल अपाङ्गता भएकै कारण रोजगारीको अवसरबाट वञ्चित हुनु परेको छ । सरकारी सेवामा आरक्षणको व्यवस्थाबाहेक अन्य क्षेत्रबाट प्रदान हुने रोजगारीको अवसर लिन निकै समस्या हुने गरेको तितो अनुभव कँडेलको छ । उहाँले विभिन्न क्षेत्रमा रोजगारीका लागि पहल गरे पनि अपाङ्गता भएकै कारण वञ्चित हुनुपर्ने गरेको जानकारी दिनुभयो । कँडेलले भन्नुभयो, “क्षमता हुँदाहुँदै पनि अवसरबाट वञ्चित हुनु परिरहेको छ । काम गर्ने क्षमता भए पनि ओझेलमा पर्न‘ परिरहेको छ ।”
जाजरकोट भूकम्प: अस्थायी आवासका लागि चौबिस करोड पठाइयो
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम शुक्रबार एकै दिन झण्डै चौबिस करोड निकासा गरिएको छ ।
रुकुमपश्चिममा एमालेले बनायो २१५ अस्थायी आवास
“पुनर्निर्माणका लागि श्रमदान” भन्ने अभियान लिएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको नेकपा (एमाले) ले रुकुमपश्चिममा २१५ वटा अस्थायी आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।
बालबालिकालाई न्यानो कपडा वितरण
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स सङ्घले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–७ का भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । वडाका ६७५ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो ।