जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।
प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा सञ्चालित ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रमले नागरिकका गुनासो सम्बोधन गर्ने प्रयास गर्दै आएको छ । सुर्खेतस्थित सहकर्मी समाजले गत वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा ८६४ वटा गुनासा दर्ता भई आधाभन्दा बढी समाधान भएको जनाइएको छ । ४५६ वटा गुनासा समाधान भएका छन् । जसबाट एक हजार ६७१ जना सेवाग्राही लाभान्वित भएका छन् । ४० वटा गुनासा समाधानको प्रक्रियामा रहेको जनाइएको छ ।
रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाईली ठकुरीले विकासलाई योजनावद्ध रुपमा अघि बढाउन बहुमत सहित सरकार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो माओवादीको नेतृत्वमा स्थिर र बहुमतको सरकार नभए सम्म विकास गति लिन सक्तैन । जनताले चाहे जस्तो विकास र समृद्धिका लागि एकल बहुमत सहितको सरकार चाहिएको छ ।
बैङ्कको ब्याज तिर्न मजदुरी गर्छन् व्यापारी
मुलुकको आर्थिक मन्दीको मारमा कालीकोट पनि परेको छ । पछिल्लो समय कालीकोट सदरमुकाम मान्मको व्यापार घट्दा व्यापारीहरू भाडाका सटर छोड्न थालेका छन् । मुख्य बजारका सटरको भाडा मासिक १५ देखि २० हजारसम्म छन् । भाडा तिर्न नसकेर व्यापारीले सामान बोरामा थन्क्याएर सटर खाली गर्न थालेका छन् ।
आवास बनाउँदै स्वयम् सेवक
चिसो बढेको र त्रिपालमुनि बसेका भूकम्पपीडितलाई साथ दिन विभिन्न राजनीतिक दलनिकट नेता, कार्यकर्ता प्रभावित क्षेत्रका गाउँमा केन्द्रित भएका छन् । स्वयम्सेवक बनेर गाउँ पुगेका उनीहरू यतिबेला भूकम्पले भत्काएका र चर्किएका घरको व्यवस्थापन गर्नेदेखि अस्थायी आवास निर्माणका काममा सक्रिय छन् । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट, सानीभेरी र चौरजहारी क्षेत्रमा यतिबेला विभिन्न दलका सयौँ स्वयम्सेवक परिचालन भएका छन् ।
अस्थायी आवास बनाउन स्थानीय तहको कोषमा रकम जम्मा
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जिल्लाका चार स्थानीय तहको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ ।
लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ ।
क्षतिपूर्तिसहितको अधिकार चाहिएका छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको अधिकार चाहिएको बताउनुभएको छ ।