पत्रकार कुमाल प्रहरी नियन्त्रणमा
नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाका सहसचिव कर्ण कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
दलका नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा सक्रिय
कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ ।
राहत बोकेर रास्कोटका माओवादी नेता भूकम्प प्रभावित क्षेत्रमा
कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सङ्कलन भएको राहत सामग्रीलिएर नेताहरू भूकम्प प्रभावित क्षेत्र तिर गएका छन् । नगरका विभिन्न नागरिकबाट जम्मा गरेको राहत लिएर नेकपा (माओवादी केन्द्र) का नेताहरू त्यसतर्फ गएका हुन् ।
राष्ट्रिय सभा विधानतः : बलियो, व्यवहारमा कमजोर : नेत्री चपाईं
नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता स्पष्ट्याइएको छ ।
त्रिपालमुनि बस्दै आएका छ जना भूकम्पपीडितको मृत्यु
रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।
डिग्रे मेलामा लट्ठी नाच
मुसीकोट नगरपालिका–५, थर्पुस्थित डिग्रे साईकुमारी मन्दिरमा हरिबोधिनी एकादशी मेलामा डेढ लाख भक्तजनले दर्शन गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिनसम्म पाँच दिन भव्य मेला लाग्ने गर्छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मङ्सिर ७ गतेदेखि ११ गतेसम्म साईकुमारी मन्दिर परिसरमा डिग्रे मेला सञ्चालन भएको थियो । कर्णालीको प्रसिद्ध, धार्मिक र पर्यटकीय केन्द्रका रूपमा पूजापाठ गर्न र मेला भर्न आउनेको छुट्टै खालको विश्वास रहेको छ । अध्यक्ष केसीले भन्नुभयो, “मनले चिताएको कुरा पूरा हुने विश्वास छ । भक्तजनले सन्तान प्राप्तिको भाका गर्दै पूजा गर्ने गर्छन् । आकर्षक र रमणीयस्थल भएकोले पर्यटकीय गन्तव्य पनि हो ।”
रुकुम पश्चिमका तीन स्थानमा अस्थायी घर निर्माण अन्तिम चरणमा
‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार तीन स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
उत्तरी हुम्लाका उच्च क्षेत्रमा हिमपात
उत्तरी हुम्लाको उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । सोमबारबाट मौसममा बदली रहेको भएपनि मङ्गलबार बिहानबाट उच्च भेगमा हिमपात भएको हो ।
भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय रहेको बताउनुभएको छ । सोमबार प्रभावित क्षेत्रमा अवलोकन गरेर फर्किनुभएका नेपालले सबैले सकेको सहयोग गर्न आवश्यक देखिएको बताउनुभएको हो ।