बैङ्कको ब्याज तिर्न मजदुरी गर्छन् व्यापारी
मुलुकको आर्थिक मन्दीको मारमा कालीकोट पनि परेको छ । पछिल्लो समय कालीकोट सदरमुकाम मान्मको व्यापार घट्दा व्यापारीहरू भाडाका सटर छोड्न थालेका छन् । मुख्य बजारका सटरको भाडा मासिक १५ देखि २० हजारसम्म छन् । भाडा तिर्न नसकेर व्यापारीले सामान बोरामा थन्क्याएर सटर खाली गर्न थालेका छन् ।
आवास बनाउँदै स्वयम् सेवक
चिसो बढेको र त्रिपालमुनि बसेका भूकम्पपीडितलाई साथ दिन विभिन्न राजनीतिक दलनिकट नेता, कार्यकर्ता प्रभावित क्षेत्रका गाउँमा केन्द्रित भएका छन् । स्वयम्सेवक बनेर गाउँ पुगेका उनीहरू यतिबेला भूकम्पले भत्काएका र चर्किएका घरको व्यवस्थापन गर्नेदेखि अस्थायी आवास निर्माणका काममा सक्रिय छन् । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट, सानीभेरी र चौरजहारी क्षेत्रमा यतिबेला विभिन्न दलका सयौँ स्वयम्सेवक परिचालन भएका छन् ।
अस्थायी आवास बनाउन स्थानीय तहको कोषमा रकम जम्मा
भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जिल्लाका चार स्थानीय तहको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ ।
लगानी सम्मेलनको तयारीमा जुट्यो कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमै लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा निजी क्षेत्रलाई आकर्षित गरी लगानी भित्र्याउनका लागि चालु आवमै लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार लागेको हो ।
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा रुख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ ।
क्षतिपूर्तिसहितको अधिकार चाहिएका छ : मुख्यमन्त्री शर्मा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको अधिकार चाहिएको बताउनुभएको छ ।
मुगु हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान
मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ । प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्मालगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो ।
पालमा बस्दै आएकी बालिकाको चिसोले कठाङ्ग्रिएर मृत्यु
कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।
रारा तालमा जोखिमपूर्ण यात्रा
सौन्दर्यकी रानीका रूपमा लिइने रारा तालमा जोखिमपूर्ण रूपमा पर्यटकले डुङ्गा यात्रा गर्ने गरेका छन्। उनीहरूले लगाउने लाइफ ज्याकेट ज्यादै पुराना र च्यातिएका छन्। रारा ताल घुम्न चितवनबाट आएका र्याप्टिङ गाइड सुकबहादुर गुरुङका अनुसार रारा तालमा डुङ्गा यात्रा गर्नेले ज्यानको जोखिम मोल्नुपर्ने अवस्था रहेको छ । यात्रुले प्रयोग गर्ने लाइफ ज्याकेट पुराना र थोत्रा रहेको, १० जना क्षमताको डुङ्गामा १४ देखि १६ जनासम्म राखिने गरेको छ । पुराना र च्यातिएका लाइफ ज्याकेटले दुर्घटनामा सुरक्षाको कुनै प्रत्याभूति नदिने र डुङ्गाको क्षमताभन्दा बढी यात्रु राखिनाले कुनै पनि बेला दुर्घटना हुने सक्ने चेतावनी गाइड गुरुङले दिनुभयो ।