लहरेआँपको जुस बनाउन प्रशोधन केन्द्र
रामेछापको खाँडादेवी गाउँपालिका–३, भीरपानीस्थित सित्खामा लहरेआँप प्रशोधन केन्द्र निर्माण गरिएको छ । लहरेआँप उत्पादन राम्रो हुन थालेपछि कृषि ज्ञान केन्द्र रामेछाप र खाँडादेवी गाउँपालिकाले ३० लाख रुपियाँको लगानीमा प्रशोधन केन्द्र निर्माण गरेको हो ।
वडावासीले नै वडा कार्यालयको जग पुरे
वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्तावित वडा कार्यालय भवन निर्माणस्थलमा खनेको जग पुरेका छन् । वडावासीलाई पायक पुग्ने र केन्द्रबिन्दु पर्ने संसारीडाँडामा वडा कार्यालय निर्माण गर्न पटक–पटक गरिएको वडावासीको लिखित र मौखिक आग्रहलाई अटेर गरेर अपायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्न लागेपछि बाध्य भएर जग पुर्नु परेको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताउनुभयो ।
टाँसी–लाप्चापास पद मार्ग खुलेपछि सगरमाथा पुग्न सहज
टाँसी–लाप्चापास पद मार्ग खुलेपछि रोल्वालिङ हिमशृङ्खलाका हिमाल पार गरेर सगरमाथासम्म जान सजिलो भएको छ । रोल्वालिङ उपत्यका हुँदै सगरमाथासम्म पदयात्रा गर्न चाहनेका लागि विकल्पका रूपमा यो पद मार्ग बनेको छ। यो पद मार्ग निमार्णसँगै खुम्बु हुँदै सगरमाथा बेसक्याम्प जाने विदेशी पदयात्री बढेका छन् । यो पद मार्ग निकै अघि खुले पनि व्यवस्थापन नहुँदा विदेशी पर्यटकलाई आवतजावत कठिन थियो।
बोटमै रहे जुनार र सुन्तला
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित माझकुभिण्डेका किसानका बगैँचामा बोटले थेग्नै नसक्ने गरी फलेको पहेंलपुर जुनार र सुन्तला ।
हिमालय क्षेत्रमा मानव उद्धारका लागि तालिम
पदयात्रा तथा पर्वतारोहणमा जाँदा विपत्ति पर्ने र बेपत्ता हुनेहरूको उद्धारका लागि माउन्टेन गाइडलाई रिक्को प्रविधिको तालिम प्रदान गरिएको छ । मनासलु हिमाल आसपास, काठमाडौँ र नुवाकोटको ककनी क्षेत्रमा २५ जना नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक (माउन्टेन गाइड)हरूलाई पाँच दिने सर्च एन्ड रेस्क्यू तालिम दिइएको छ ।
सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालन
चितवन मेडिकल कलेजले सरकारी अस्पतालले लिने शुल्कमा उपचार गर्नेगरी सीएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ। मेडिकल कलेजले आफ्नो भगिनी संस्थाका रूपमा क्यान्सर अस्पताल सुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो।
यमुना–कालिका जोड्ने झोलुङ्गे पुल बन्दै
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ यमुनाडाँडा र वडा नम्बर ४ कालिका जोड्ने गरी स्थानीय सियाँलेखोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ। ५६ लाख ७८ हजार १३७ रुपियाँ लागतमा निर्माण हुने पुलको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलान्यास गर्नुभएको हो। स्टिल ब्रिज पार्टस्का लागि १५ लाख ४७ हजार ४८५ रुपियाँ ठेक्का सम्झौता भइसकेको र अन्य निर्माण उपभोक्ता समितिमार्फत हुने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो। सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत स्टिल ब्रिज निर्माण हुन लागेको हो।
बनेन भू–उपयोग नीति, भएन जग्गाको किनबेच
भरतपुर महानगरपालिका वडा नम्बर १९ शारदानगर टाउनकी इन्दिरा खनाल घिमिरे पैतृक सम्पत्ति भएर पनि उपभोग गर्न नपाउँदा आफू समस्यामा परेको बताउनुहुन्छ। कुखुरापालन व्यवसाय गर्दै आउनुभएकी उहाँ जमिन भएर पनि नगद नभएका कारण समस्या भोग्नुपरेको बताउनुहुन्छ।
खड्गी गुठीलाई ४७ लाख
काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।