चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण
मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ ।
बाल संरक्षण मापदण्ड बनाउन छलफल
बालबालिकासम्बन्धी ऐन अनुरूप बाल संरक्षण मापदण्ड बनाउनेबारे सरोकारवाला सङ्घ संस्थाले छलफल थालेका छन् । ऐनको दफा ५७ मा विद्यालय, बालबालिकासँग प्रत्यक्ष काम गर्ने प्रत्येक सार्वजनिक निकाय तथा निजी क्षेत्र एवं सामाजिक संस्थाले बालबालिकाविरुद्धको हिंसा वा बाल यौन दुव्र्यवहारको रोकथाम गर्न, बालबालिकाको संरक्षण सुनिश्चित गर्न र उजुरीको तत्काल कारबाही गर्नका लागि संस्थागत तहमा बाल संरक्षण मापदण्ड निर्माण गरी लागु गर्नुपर्ने व्यवस्था छ ।
तेल नहाल्ने निर्णयविरुद्ध अन्तरिम आदेश
पूर्वअरनिको यातायात प्रालिका गाडीले काभ्रेका तीन वटा पेट्रोल पम्पमा तेल नहाल्ने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । पूर्वअरनिको यातायात प्रालिको कात्तिक ३० गते बसेको बैठकले चामुण्डा आयल स्टोर पाँचखाल, पाँचकुमारी आयल स्टोर २८ किलो धुलिखेल र उग्रचण्डी आयल स्टोर बनेपामा डिजेल नहाल्न भन्दै गरेको निर्णयका विरुद्ध पेट्रोल पम्प सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।
फागुनसम्मका लागि खरिदार कर्मचारीको सरुवा स्थगन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार वा सोसरहका कर्मचारीको सरुवा आगामी फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायलाई मङ्गलबार परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मका लागि सरुवा स्थगित गरिएको जानकारी दिँदै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशनसमेत गरेको छ ।
केरुङ–काठमाडौँ रेलमार्ग सर्वेक्षण, नुवाकोटमा सकेर रसुवामा सुरु
नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । हाल चीनमा रहनुभएका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिनुभयो । “रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौँ खण्डको काम सुरु हुन्छ,” उहाँले भन्नुभयो, “अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।”
भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट
आर्थिक वर्ष २०७/र८० मा ४१ र चालु आवको हालसम्म छ वटा मुद्दा फर्छ्योट गरेको हो। फछ्र्योट गरिएकामध्ये कतिपय मिलापत्र गरेर टुङ्गिएका छन् भने केही मुद्दा अदालत पुगेका छन्।
वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेसँगै वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि बाटो खुलेको हो।
अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने एक पक्राउ
प्रहरीले अनलाइन ग्याम्बलिङ तथा अनलाइन क्यासिनो खेल खेलाउने काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका – ७ का २६ वर्षीय आकाश रेग्मीलाई पक्राउ गरेको छ ।
‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’
“विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यवसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भन्नुभयो, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”