अलैँची बिक्रीबाट करिब तीन करोड आम्दानी
लामो समय अलैँचीको मूल्य नपाएका दोलखाका किसानले यो पटक प्रतिकिलो नौ सयदेखि १३ सय रुपियाँसम्म मूल्य पाएका छन् ।
मुक्त कमलहरीको एक दशक : अझै भएन दिगो व्यवस्थापन
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा “मुक्त कमलहरीको एक दशक -स्वतन्त्र बन्धक मजदुरका अनुभव र कथा_ को विषयमा छलफल भएको छ।
एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घट्यो
नेपालमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले घटेको छ । ३६ औँ विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरले आज सार्वजनिक गर्नुभएको तथ्याङ्कले यस्तो देखिएको हो ।
अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्र एक मत
मुलुकको अर्थतन्त्र सुधारका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । सरकार र निजी क्षेत्रबिच सहकार्य हुँदा मात्र देशको अर्थतन्त्र सुधार्न सकिने विश्वास लिइएको छ ।
लैङ्गिक हिंसाका घटनामा दलित महिला बढी पीडित
जातीय भेदभाव तथा छुवाछूत र लैङ्गिक हिंसाका घटनामा सबैभन्दा बढी दलित महिला परेको एक अध्ययनले देखाएको छ । दलित महिला सङ्घले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सो तथ्याङ्क देखाएको हो ।
हिमालय खबरको एक लाख ३४ हजार सहयोग
जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परेकाहरूको राहतका लागि हिमाल खबर मिडियाले १ लाख ३३ हजार ९७३ रुपियाँ सहयोग गरेको छ । सङ्कलित सो रकम नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीलाई हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गर्नुभयो ।
विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बिया जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारी बारा जितपुरसिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय दिपेश बास्कोटाले बल बहादुर थापासँग पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन रहेका थिए ।
बुद्धिचालमा विदेशी खेलाडीको वर्चस्व
हेटौँडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता–२०८० मा हालसम्म विदेशी खेलाडीले वर्चस्व बनाउन सफल भएको छ । प्रतियोगिताको पाँचौँ राउण्ड समाप्त हुँदा २३९३ रेटिङ भएका भारतीय खेलाडी सुभयान कुण्डुले बङ्गलादेशी अन्तर्राष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिनसँग बराबरीमा रोकिनुभएको छ ।