जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु
जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आज (शुक्रबार) देखि सुरु गरेको छ ।
आजियाटा ग्रुपविरुद्धको रिट : अदालतले दुवै पक्षलाई छलफलमा बोलायो
उच्च अदालत पाटनले एनसेलमा रहेको सेयर बेच्ने आजियाटा ग्रुपको निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह
औषधि व्यवस्था विभागले प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्री गर्न सरोकारवालालाई आग्रह गरेको हो ।
एचआइभी नियन्त्रणमा नेपाललाई उल्लेखनीय उपलब्धि हासिल : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो ।
बैंकले नियमविपरीत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ
बुबा ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियाेगमा गोसाइँकुण्ड गाउँपालिका–५ सानो भार्खु बस्ने गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
‘विद्युतीय तार भूमिगतकाे काम बेवारिसे बन्यो’
काठमाडौँ उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने काम प्रभावकारी हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच समन्वय हुन नसक्दा सो काम प्रभावकारी हुन नसकेको हो ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।
सडकले अनुमति नदिँदा विद्युतीय तार भूमिगत गर्ने काम बेवारिसे बन्यो : कार्यकारी निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनु भएको छ ।