नौ हजार भूकम्पपीडितले पाए २२ करोड
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि रु २२ करोड नौ लाख ७५ हजार रकम निकासा गरिएको छ ।
ठेक्का अलपत्र बनाउने १७ कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा
ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ ।
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गैँडा मार्न बिस दिनको योजना, निकुञ्जमै मचान बनाएर सबै बन्दोबस्त
पछिल्लो पटक चितवन राष्ट्रिय निकुञ्ज भित्र खाडल खनेर दुई वटा गैँडा मार्नकालागि सिकारीलाई दश दिन लागेको अनुसन्धानबाट खुलेको छ । गत कात्तिक ३० गते मृत अवस्थामा भेटिएका दुवै पोथी गैँडालाई मार्न सिकारीहरू खाडल खनेर खानपिन सहितको बन्दोवस्तीका साथ निकुञ्ज भित्रै बसेका थिए ।
थप प्रभावकारी बनाउने प्रतिबद्धता
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, हालसम्मको प्रगति र सेवा प्रवाहका बारेमा समीक्षा गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यव्रmम कार्यान्वयन, प्रगति, कामको प्रभावकारिता र आगामी रणनीतिका बारेमा मुख्यमन्त्री र मन्त्रीहरूबिच छलफल भएको हो ।
‘जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य र सामरी उत्थान सेवाको आयोजनामा बिहीबारबाट ‘जातव्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ प्रदर्शनी सुरु भएको छ ।
दुई हजार छयहत्तर स्मार्ट बत्ती जडान
ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ । महानगरभरि नै रात्रिकालीन समयमा सहज रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । बिहीबार महानगरपालिका वडा नं २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गर्नुभयो । उक्त सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिकाभित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ ।
इयुको कालो सूचीबाट हटेन नेपाल
युरोपेली सङ्घ (इयु) ले नेपाललाई राखेको सुरक्षा सूची (कालो सूची) लाई निरन्तरता दिएको छ । इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुधबार कालो सूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएसँगै पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य अझै अनिश्चित बनेको छ ।
खागको तस्करी आरोपमा पक्राउ परेका आठ सार्वजनिक
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।