नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने
उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
कांग्रेस बागमती प्रदेशको सम्मेलन पुसमा
नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलन आगामी पुसमा काठमाडौँमा हुने भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकले आगामी पुस ७ गते बागमती प्रदेशको पहिलो सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
बागमती सुधारअन्तर्गत संरचनागत त्रुटि सच्याउनु पर्नेमा जोड
बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनः निर्माण तथा सबलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनु पर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिनुभएको छ ।
दुर्घटनामा एकै परिवारका तीनको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एकै परिवारको तीन जनाएको मृत्यु भएको छ ।
पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।पार्टीको ६९ औँ केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो ।
गैँडा मारेको अभियोगमा आठ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा निकुञ्जले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । निकुञ्जले बिहीबार पत्रकार सम्ममेलनको आयोजना गरी जानकारी गराएको हो ।
मोटरसाइकल दुर्घटनामा आमा छोरीको मृत्यु
बिहीबार दिउँसो मकवानपुर गढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडक खण्डमा सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको हो ।
राक्सिराङमा ‘चेपाङलाई बिजुली कार्यक्रम’
मकवानपुरको राक्सिराङ गाउँपालिकाले अभियान सुरु गरेको छ । अहिले गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्याउने गरी काम भइरहेको छ । राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ ।