मन्थली–पुरानागाउँ सडक अलपत्र
रामेछाप सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र वडा नं ९ पुरानागाउँ जोड्ने सडक लामो समयदेखि अलपत्र अवस्थामा छ । सडक कालोपत्रे ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सनको लापरबाहीका कारण मन्थली–चिसापानी–पुरानागाउँ सडक लथालिङ्ग बनेको हो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडकको नाला तथा ग्याभिनसहित कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो ।
पाँच महिनामा पच्चीस सय जना वैदेशिक रोजगारीमा
काभ्रेपलाञ्चोक जिल्लाबाट चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि दुई हजार ५३९ जना विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मङ्सिर महिनासम्ममा इजाजतप्राप्त संस्थाहरूबाट श्रम स्वीकृति लिएर एक हजार ५६० पुरुष र ५४२ महिला गरी कुल दुई हजार १०२ जना वैदेशिक रोजगारीमा गएका छन् ।
चार्जिङ स्टेसन सञ्चालन
विद्युतीय सवारीसाधनका लागि चितवनको भरतपुर बसपार्कमा निर्माण गरिएको विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बसपार्कमा दुईवटा चार्जिङ बुथसहितको स्टेसन सञ्चालनमा आएको हो । मुग्लिनमा यसै हप्ताबाट चार्जिङ स्टेसन सञ्चालन आउने नेपाल विद्युत् प्राधिकरण चार्जिङ स्टेसन परियोजना इन्जिनियर सागर ज्ञवालीले जानकारी दिनुभयो ।
आजदेखि दैनिक चार घण्टा बाटो बन्द
पुल निर्माण गर्ने क्रममा पहाड काट्न चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड मङ्गलबारदेखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि सडक बन्द गरेर काम गर्नु परेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिकलगायत सबै पक्षसँग समन्वय गरेर बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सडक बन्द गरेर पहाड कटान गरिन लागेको हो ।
सुन्दर अष्टचैत्य
सिन्धुपाल्चोकको पेमाछल उद्यान केन्द्र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित नागीथामडाँडामा अवस्थित अष्टचैत्य ।
‘गोरखापत्रका सामग्री खोजेर पढ्नेखालका भएका छन्’
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पछिल्लो समयमा गोरखापत्रका समाचार सामग्रीमा परिवर्तन आएर पठनीय भएको बताउनुभएको छ ।
'गाउँपालिका महासंघ गोरखापत्र संस्थानसँग सहकार्य गर्न तत्पर छ’
गाउँपालिका राष्ट्रिय महासंघको नवनिर्वाचित नेतृत्वले स्थानीय शासनलाई अझ सबल बनाउन गोरखापत्र संस्थानसँग सहकार्य गरेर जाने तत्परता देखाएको छ ।
दोलखाको बिगुमा भिरबाट लडेर एक पुरुष बेपत्ता
दोलखाको बिगु गाउँपालिकामा भिरबाट लडेर एक पुरुष बेपत्ता हुनुभएको छ । बिगु गाउँपालिका –१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता हुनुभएको हो ।
भरतपुर विमानस्थलको आन्तरिक व्यवस्थापनमा सुधार
भरतपुर विमानस्थल कार्यालयले आन्तरिक व्यवस्थापनमा सुधार गरेको छ । यात्रुलाई सेवासुविधा दिन आन्तरिक व्यवस्थापन व्यवस्थित गरेको भरतपुर नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।